Monday 11 Jestha, 2072 |
Menu

अर्थ

सरकारले व्यवसायीलाई सिआइपी अवार्ड दिने

(0 votes)
काठमाडौं - व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) ले नेपाली उद्योग, उद्योगी र व्यवसायीको सम्मानका लागि महत्वपूर्ण व्यावसायिक व्यक्ति (कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन–सिआइपि) अवार्डबाट सम्मान गर्ने भएको छ। 

राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेात्रको योगदान बढाउन यस क्षेत्रमा संलग्न उत्कृष्ट निर्यातकर्ता, विदेशी आयातकर्ता, लगानीकर्ता, रोजगारदाता तथा व्यवसायीलाई सरकारले यो अवार्डद्वारा सम्मान गर्ने भएको हो। केन्द्र यतिबेला आवर्ड प्रदानयोग्य दाबेदारको सूची तयारीमा जुटेको छ।
सरकारले गत वर्ष यो सम्मान दिन सम्मान एवं सुविधा कार्यविधि तयार गरेको थियो। कार्यविधिले तोकेको मापदण्डका आधारमा केन्द्रले सम्भावित दाबेदारको नाम तयार गरिसकेको छ। आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ मा भएको कारोबारका आधारमा केन्द्रले नाम तयार गरेको हो। सूची तयार गरेपछि त्यसमा सामावेश उद्योग, उद्योगी, व्यवसायी, रोजगारदाता र लगानीकर्ताको नाममा दाबी र विरोधका लागि सूचना प्रकाशन गर्नेछ।
केन्द्रले १७ विधामा सम्मान प्रदान गर्नेछ। तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा अग्रस्थानमा रहेका पाँच निर्यातकर्ता/उद्योगी, भारत निर्यात रकमका आधारमा प्रथम र दोस्रो निर्यातकर्ता/उद्योगी, रकमका आधारमा सबैभन्दा धेरै हस्तकला निर्यातकर्ता/उद्योगी, रकमका आधारमा सबैभन्दा धेरै कृषिजन्य वस्तु तथा जडीबुटी निर्यात गर्ने निर्यातकर्ता/उद्योगी सिआइपी अवार्डका लागि योग्य हुने केन्द्रले जानकारी दिएको छ।
केन्द्रले चीन र भारत निर्यातमा रकमका आधारमा प्रथम तथा दोस्रो स्थान हासिल गर्ने एक–एकजना नेपाली निर्यातकर्ता/उद्योगी, निर्यात व्यापारमा कुल रकमका आधारमा सबैभन्दा बढी निर्यात गर्ने महिला निर्यातकर्ता/उद्योगी, तेस्रो मुलुकतर्फको निर्यातमा अग्रस्थानमा रहेका पाँच उत्कृष्ट विदेशी पैठारीकर्ता, नेपाली वस्तुको पैठारी रकमका आधारमा उत्कृष्ट दुई–दुई भारतीय तथा चिनियाँ पैठारीकर्तालाई पनि सम्मान गर्नेछ।
उद्योग स्थापना तथा सञ्चालनमा सबैभन्दा बढी लगानी गर्ने उत्पादनमूलक उद्योगका उद्योगी/व्यवसायी, सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्यमी/व्यवसायी, बैंकिङ च्यानलमार्फत् सबैभन्दा धेरै रेमिटेन्स भिœयाउने कम्पनी, पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल, सबैभन्दा धेरै विदेशी पर्यटक भिœयाउने ट्राभल एजेन्सी, सबैभन्दा बढी कर बुझाउने कम्पनीले पनि सिआइपी सम्मान प्राप्त गर्नेछन्।
केन्द्रले निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने संघसंस्थातर्फ देहायका प्रत्येक संस्था तथा तेस्रो मुलुकमा हुने कुल निर्यातको सबैभन्दा बढी हिस्सा ओगट्ने तीन वस्तुगत संघ/संस्थाका प्रतिनिधिमूलक संस्थालाई पनि सम्मान प्रदान गर्नेछ।  

तर, सम्मानका लागि सरकारका आधिकारिक निकायबाट कालोसूचीमा राखिएका, बंैक तथा वित्तिय संस्थाको कर्जा चुक्ता गर्न नसकी कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी प्रमाणित  भएका, भ्रष्टाचार तथा आर्थिक अनियमिततामा संलग्न भएको प्रमाणित भएका, सम्मान प्रदान गर्नुभन्दा अघिल्लो आर्थिक वर्षसम्मको सरकारलाई तिर्नु बुझाउनुपर्ने कर बक्यौता रहेका उद्योग, व्यवसायी, उद्योगी, रोजगारदाता, लगानीकर्ता अयोग्य हुने पनि केन्द्रले जनाएको छ।
महिना दिनपछि सेयरबजार खुल्दै

महिना दिनपछि सेयरबजार खुल्दै

काठमाडौं-महाभूकम्पसँगै एक महिनायता बन्द  सेयरबजार आइतबार खुल्दैछ । वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका शक्तिशाली कम्पन प्रभावले सिडिएस एन्ड क्लियरिङ (सिडिएससी) लिमिटेड रहेको भवनमा क्षति पुगेपछि सेयरबजार बन्द थियो...

भूकम्पले सिन्धुपाल्चोकका ६ आयोजना क्षतिग्रस्त

भूकम्पले सिन्धुपाल्चोकका ६ आयोजना क्षतिग्रस्त

सिन्धुपाल्चोक- भूकम्पबाट सिन्धुपाल्चोकको जलविद्युत क्षेत्र नराम्ररी तहसनहस भएको छ । जिल्लाका साना–ठूला ६ आयोजना ठप्प छन् । दैनिक झन्डै ७० मेगावाट उत्पादन रोकिएको छ । यसबाट दैनिक १ करोड रुपैयाँ...

छुटपछि त्रिपालमा ‘ओभर इन्भ्वाइसिङ’

छुटपछि त्रिपालमा ‘ओभर इन्भ्वाइसिङ’

वीरगन्ज-सरकारले भन्सार महसुल लगायत अन्य कर छुट दिएको मौका छोपेर व्यापारीले त्रिपाल आयातमा अधिक मूल्यांकन (ओभर इन्भ्वाइसिङ) गर्न थालेका छन् । सामान्य अवस्थामा भन्सार महसुल छल्न न्यून मूल्यांकन गर्ने व्यापारीले...

जस्तापाता किन्न ४ अर्ब निकासा

काठमाडौं-सरकारले भूकम्पका कारण घरविहीन सबै परिवारलाई अस्थायी वासका निम्ति जस्तापाता किन्न उपलब्ध गराउने रकमका लागि ४ अर्ब रुपैयाँ निकासा दिएको छ। केही दिनअघि भूकम्पका कारण घर ध्वस्त भएका परिवारलाई अस्थायी...

ऋणको भाका सार्दै राष्ट्र बैंक

ऋणको भाका सार्दै राष्ट्र बैंक

काठमाडौं-विभिन्न बैंक तथा वित्तीय संस्थाले बुझाउनुपर्ने ऋणको भाका सार्न नेपाल राष्ट्र बैंक तयार देखिएको छ ।वैशाख १२ को महाभूकम्प र त्यसपछिका शक्तिशाली कम्पनबाट क्षतिग्रस्त उद्योग, व्यापार, होटल, हाउजिङ लगायतले लिएको...

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नानो जेनएक्स सार्वजनिक, कस्ता छन् फिचर?

नयाँ दिल्ली- रतन टाटाको ड्रिम प्रोजेक्ट 'आम मान्छेनका लागि गाडी' पूरा गर्न २००९ मा टाटा मोटर्सले नानो कार ल्याएको थियो। त्यसले सर्वसाधारणबीच स्थान जमाउन सकेन। सो ट्याग हटाउन टाटाले मंगलबार...

आन्तरिक उडान ५० प्रतिशत कटौती

आन्तरिक उडान ५० प्रतिशत कटौती

काठमाडौं-विनाशकारी भूकम्पपछि निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान ५० प्रतिशतसम्म कटौती गरेका छन् ।

सहयोग एकद्वार प्रणालीमार्फत : महत

सहयोग एकद्वार प्रणालीमार्फत : महत

काठमाडौं-अर्थमन्त्री रामशरण महतले भूकम्पबाट ध्वस्त मुुलुकको पुनःनिर्माणमा सरकारले एकद्वार प्रणाली चाहेको बताएका छन् । वैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि दातृनिकाय र अन्य संघसंस्थाले आफ्नै किसिमले सहयोग गरेका बेला मन्त्री...