Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अर्थमन्त्रीले कर्मचारीलाई भने- आमाको दूध खाएर आमालाई नसराप्नोस्

(0 votes)

काठमाडौं — अर्थमन्त्री शंकरप्रसाद कोइरालाले स्वरोजगार कोष सञ्चालक बोर्डको बैठकलाई सम्बोधन गर्दै आमाको दूध खाएर आमालाई सराप्ने काम नगर्न कर्मचारीलाई आग्रह गरेका छन्। कोषप्रति सर्वसाधारणको नकारात्मक धारणा रहेको उल्लेख गर्दै उनले सबै गतिविधि पारदर्शी बनाउन निर्देशन दिए।

nepalipatro-nagarik
कोषबाट ऋण लिने व्यक्तिको तीन पुस्ते र सहकारी संस्थाहरुको पृष्ठभूमि वेबसाइटमा राख्न निर्देशन दिँदै कोइरालाले कोषको पाँच वर्षे गतिविधिको समीक्षा गर्ने बेला आएको उल्लेख गरे। 'बैंकर्सहरुको दादागिरीबाट कोषलाई मुक्त पार्नुपर्छ', उनले भने 'आगामी दिनमा कोषले गर्ने कामको रोडम्याप लिएर आउनुस् , म जस्तो पनि सहयोग गर्न तयार छु।'

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले कोषको पैसा लिएपछि तिर्नु पर्दैन भन्ने अफवाहबाट मुक्त हुनु कोष पदाधिकारीलाई सुझाव दिए। अर्थ सचिव शान्तराज सुवेदीले एक वर्षमा ५० हजार युवालाई स्वरोजगार बनाउने उद्देश्यबाट शुरु भएको कोष बीचमै अलमलिएकाले यसलाई गतिशिल बनाउन आवश्यक रहेको उल्लेख गरे।

श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान प्रधानले अरबौं लगानी गर्ने संस्था राजनीतिक नियुक्तिमा नभएर वित्तिय संस्थाको कार्यशैलीमा चल्नुपर्ने बताए। कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मी र कार्यकारी निर्देशक विनोद गुरागाईंले सहकारीको माध्यमबाट गाउँ पैसा पुर्‍याउन सफल भएको दाबी गरे।

प्रतिक्रिया

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...