Tuesday 15 Baishak, 2072 |
Menu

अर्थ

sagoon

सरकारको आर्थिक नीति अझै दोधारे

(0 votes)
काठमाडौं - मुलुकले खुला बजार अर्थनीति अँगालेको दुई दशक कटे पनि सरकार र निजी क्षेत्रले आर्थिक नीति अझै स्पष्ट नभएको बताएका छन्। सार्वजनिक संस्थान निजीकरण अवस्था, चुनौती, सम्भावना, भावी कार्यदिशा विषयमा मंगलबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारी र निजी क्षेत्रका अधिकारीले मुलुकको आर्थिक नीति अझै स्पष्ट नभएको धारणा राखेका हुन्।
अर्थ मन्त्रालय निजीकरण इकाईका उपसचिव वासुदेव शर्माले समग्र निजीकरणको अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै निजीकरणको नीतिमा सरकार अझै पनि दोधारे अवस्थामा रहेको बताए।
'मुलुकमा सार्वजनिक संस्थान निजीकरण गर्न सुरु भएदेखि नै यसमा दोहोरो चरित्र देखिँदै आएको छ,' उनले भने, 'कुनै सरकारले निजीकरण ठिक छ भन्छ, कुनैले छैन भन्छ। सरकारपिच्छे नीतिलाई आफ्नै ढंगले परिभाषित गर्न खोजिएको छ।'
प्रजातान्त्रिक सरकार भएका बेला निजीकरणले गति लिने गरेको उनले बताए। 'गैरप्रजातान्त्रिक सरकारका बेला निजीकरण होइन, संस्थान चलाउने कुरा उठ्छ,' उनले भने।
अर्थ सचिव शान्तराज सुवेदीले खुला बजार अर्थतन्त्रमा सरकार स्पष्ट भएको जानकारी दिँदै समयअनुसार नीतिमा केही परिवर्तन भएको बताए। 'हामी निजीकरणमा दक्षिण एसियामै अगाडि छौं,' उनले भने। नेपालमा ६ किसिमबाट संस्थान निजीकरण गरिएको उनले बताए।
सरकारले कस्तो संस्थान निजीकरण गर्ने र कस्तोलाई नगर्ने भन्ने स्पष्ट नीति बनाउन नसकेको उनले स्वीकारे। 'चलेका संस्थानलाई निजीकरण गर्ने भन्ने अहिलेको सरकारको नीति हो,' उनले भने।
निजीकरण गरेका क्षेत्रमा पनि सरकार फेरि जान सक्ने सुवेदीको भनाइ छ। पोखराको (दुग्ध संस्थानको शाखा निजीकरण भएको) उदाहरण दिँदै उनले त्यहाँ फेरि सरकारले दुग्ध व्यवसाय संचालन गर्न सक्ने बताए। सरकार गएका ठाउँमा निजी क्षेत्रले सरकारसँग प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए। 
मुलुकको निजी क्षेत्र अझै 'कर्पोरेट' बन्न नसकेको र प्रायः उद्योग–व्यवसाय परिवारबाट सञ्चालन हुँदै आएको उनले उल्लेख गरे। 'निजी क्षेत्र कर्पोरट बन्न नसकेका कारण कतिपय निजीकरण गरिएका उद्योग राम्रोसँग चल्न नसकेका हुन्,' उनले भने। 
'सरकारले संस्था निजीकरण गर्दा व्यवसायीले राम्रोसँग उद्योग चलाउने र त्यसबाट रोजगारीका साथै सरकारले राजस्व पाउने उद्देश्य राखेको थियो,' उनले भने, 'तर, यो पूरा हुन सकेन। यसमा व्यवसायी र सरकार दुवै जिम्मेवार छन्।' सरकारले निजी क्षेत्रलाई कर छुट, लगानी वातावरण र गैरकर अवरोध समस्या हटाएर सहयोग गरिरहेको उनले जानकारी दिए।
अर्थका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले सरकारको नीतिमा स्थिरता आएमात्र स्वदेशी र विदेशी लगानी आउने बताए। 'सन् १९९६ पछि निजीकरणमा समस्या देखिन थालेको हो,' उनले भने, 'त्यसअघिका वर्ष कुनै समस्या देखिएको थिएन।' एमाले सरकारमा आएपछि निजीकरण गति सुस्त भएको हो भन्ने उनको संकेत थियो। 
संसारमा कतै पनि सरकारले व्यापार गरेर विकास गरेको छैन भन्दै उनले सरकार निजी क्षेत्रको सहयोगीमात्र बन्नुपर्ने धारणा राखे। 'व्यक्तिलाई जिम्मेवारी दिए ऊ दिनरात खट्छ, अपनत्व ग्रहण गर्छ र विकास गर्छ,' उनले भने, 'संसारमा यस्तै भएको हो।' नेपाल वायुसेवा निगम र विदेशी मुलुकका हवाई सेवा संस्थाको उदाहरण दिँदै उनले भने, 'सरकार निजी क्षेत्रको सहयोगीमात्र बन्नुपर्छ, हस्तक्षेपकारी होइन।' 
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले पनि खुला बजार र निजीकरण नीतिमा सरकार लामो समय स्पष्ट हुन नसकेको बताए। 'एउटा उद्योग निजीकरण गर्ने अर्को त्यस्तै उद्योग चलाउन खोज्ने सरकारको यो कस्तो नीति हो?,' उनले भने, 'यस्तै दोधारे नीतिकै कारण निजी क्षेत्र अहिलेसम्म पनि अलमलाएर बस्न बाध्य भएको छ।' सरकारले निजीकरण गरेका संस्थाको अहिलेको अवस्थाबारे पनि अध्ययन गर्न उनले सुझाव दिए।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष हरिभक्त शर्माले लोप भइसकेका प्रविधियुक्त उद्योग निजी क्षेत्रलाई दिएरमात्र समस्या समाधान नहुने बताए। 
सरकारले सन् १९९० देखि सार्वजनिक संस्था र उद्योगलाई निजीकरण गर्न सुरु गरेको थियो। कार्यपत्र प्रस्तोता शर्माका अनुसार २००८ सम्म ३० संस्था निजीकरण गरिएकामा ११ मात्र सञ्चालनमा छन्। यसमध्ये पाँच संस्था अहिले पनि नाफामा चलेका छन्। सरकारले सुरुमा सम्पत्ति र व्यवसाय बिक्री गरेर तीन संस्था निजीकरण गरेको थियो। सरकारले यी संस्था निजीकरण गरेर ६ अर्ब ४३ करोड रुपैयाँ पाएको थियो।
संकटमा सहयोगी बन्यो सञ्चार

संकटमा सहयोगी बन्यो सञ्चार

काठमाडौं-शनिबार मन्ध्यान्ह भूकम्प जानेबित्तिकै सामाजिक सञ्जाल फेसबुक र टि्वटरमा सन्देश पोस्ट हुन थाल्यो। फेरि धक्का जाँदा पनि सतर्क रहन सन्देशहरु पोस्ट भए। एकैचोटी ठूलो धक्का जाँदा सर्वसाधरण अत्तालिदा सूचनाको माध्यम...

संखुवासभा टु सगुन

संखुवासभा टु सगुन

शक्तिशाली राष्ट्रको आर्मी हेडक्वार्टरमा वार्षिक १ करोड कमाउने जागिर थियो गोविन्द गिरीको। अमेरिकाको आर्मी हेडक्वार्टर पेन्टागनमा काम गरिरहेका गिरीले आफ्नो कमाइलाई त्यतिखेर भुले, जतिखेर उनले सर्च इन्जिनका दुई साम्राज्य गुगल...

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखराको पर्यटन विकासमा आइएफसीको चासो

पोखरा-विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले पोखराको पर्यटन विकासमा सघाउने भएको छ। त्यसका लागि आइएफसीको प्रारम्भिक अध्ययन टोली आएको छ। टोलीले बिहीबार स्थानीय स्तरका प्रशासनिक निकाय र पर्यटन...

चिनियाँ जहाज तीन महिनासम्म उडाउने निर्णय

चिनियाँ जहाज तीन महिनासम्म उडाउने निर्णय

काठमाडौं-लामो माथापच्चीपछि नेपाल वायुसेवा निगम सञ्चालक समितिले एउटा ठूलो चिनियाँ जहाजलाई थप तीन महिनासम्म उडाउने निर्णय गरेको छ। चिनियाँ जहाजका प्राविधिक समस्या तीन महिनाभित्र समाधान नभए भएकालाई फिर्ता पठाउने र...

खराब कम्पनी धमाधम कालोसूचीमा

काठमाडौं— पूर्वाधार तथा जलविद्युत आयोजना तोकिएको समयमा निर्माण नगर्ने, ठेक्का लम्ब्याउने र खराब वित्तीय अवस्था भएका कम्पनीलाई सार्वजनिक खरिद अनुमगन कार्यालयले धमाधम कालोसूचीमा राख्न थालेको छ।

तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस

तीन वर्षभित्र लामो दूरीमा सबै डिलक्स बस

पोखरा—पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ। यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले उक्त योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार...

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि धमाधम थपिँदै नयाँ होटल

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएपछि धमाधम थपिँदै नयाँ होटल

पोखरा— कृष्ण केसीले करिब १० करोड रुपैयाँ लगानीमा लेकसाइडमा ह्वाइट पर्ल नामको होटल खोल्दैछन्। ४० कोठे होठल आउने असोजसम्ममा सञ्चालन गर्ने उनको तयारी छ। लेकसाइडमै अर्का व्यवसायी मदन केसीको ४३...

विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

विश्वमा कुन रङको कार सबभन्दा बढी बिक्छ ?

लण्डन–ग्राहकले सबैभन्दा पहिला के हेर्छ? ब्रान्ड, मोडल वा कारको रङ? कारको बिक्रीमा रङको भूमिका कतिको हुनेगर्छ? अमेरिकाको एक अनुसन्धान कम्पनीले हालै गरेको अटोमोटिब ट्रेड नामक सर्वेक्षणले संसारमा सबैभन्दा बढी कुन...