Thursday 5 Bhadra, 2071 |
Menu

अर्थ

काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन सम्झौता

(1 Vote)
काठमाडौं–हेटौंडा सुरुङमार्ग बनाउन सम्झौता
काठमाडौं– सरकार र निजी क्षेत्रको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडबीच काठमाडौंदेखि हेटौंडासम्म सुरुङमार्गका रुपमा लोकप्रिय छोटो दूरीको राजमार्ग निर्माण सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।
दुई दशकयता चर्चामा रहेको सुरुङमार्ग निजी क्षेत्र, सार्वजनिक क्षेत्र, साझेदार र समुदायको ३४ अर्ब लगानीमा निर्माण लक्ष्य राखिएको छ। चार लेनको ५८ किलोमिटर उच्चस्तरीय राजमार्गले हेटौंडालाई एक घन्टा १५ मिनेटमा राजधानीसँग जोड्नेछ। राजमार्ग निर्माण ४ वर्षको अवधि २०१६ डिसेम्बरसम्ममा पूरा गर्ने लक्ष्य छ।

भौतिक योजनामन्त्री छविलाल पन्तले नागरिकसँग कुरा गर्दै सम्झौतामा हस्ताक्षर भएको बताए। निजी क्षेत्रले देशमा पूर्वाधार विकासका लागि निर्माणको दायित्व बोकेको अहिलेसम्मको यो सबैभन्दा ठूलो र एकमात्र आयोजना हो।

जनजिब्रोमा सुरुङमार्ग भनेर चढे पनि यो राजमार्गमा सुरुङको लम्बाइ साढे ३ किलोमिटर मात्र हुनेछ। स्थानीय तहमा वातावरणीय प्रभाव पर्न नदिन अत्याधुनिक प्रविधि प्रयोग गरिने जानकारी कम्पनीले दिएको छ। सुरुङलाई सुरक्षित बनाउन अस्ट्रियाको नया“ प्रविधि अपनाइनेछ। राजमार्ग छोटो, सुरक्षित र आरामदायी बनाउन उपलब्धमध्येकै अत्याधुनिक सडक प्रविधि प्रयोग गरिने र वातावरण बिग्रिन नदिन आउने समस्या सुरुमै निराकरण गरिने जानकारी पनि कम्पनीले दिएको छ।

काठमाडौं–हेटौंडा सुरुङमार्गको लक्ष्य हेटौंडाबाट पश्चिमका क्षेत्रमा चल्ने यातायात सहज, सुगम र व्यवस्थित गर्नु रहेकाले सरकारद्वारा निर्माणाधीन काठमाडौं–निजगढ फास्ट ट्र्याक यसबाट प्रभावित नहुने जानकारी कम्पनीका उपाध्यक्ष तथा विकास रणनीतिकार लालकृष्ण केसीले दिएका छन्।

'फास्ट ट्र्याक बन्नै पर्छ, यसमा कुनै द्विविधा छैन। सुरुङ मार्ग र फास्ट ट्र्याकका बीच कहीँ पनि स्वार्थको टकराहट हु“दैन। फास्ट ट्र्याकले पूर्वी नेपाललाई राजधानीसँग जोड्छ भने हाम्रो लक्ष्य पश्चिममा सेवा विस्तार रहेको छ। हामी फास्ट ट्र्याकलाई सुविधा हुनेगरी सडक निर्माण गर्नेछौं,' केसीले भने।
चिया कोलकाताको हैकम

चिया कोलकाताको हैकम

श्रीअन्तु (इलाम)-‘कलर र फ्लेभरमा अझै ध्यान दिने, नत्र उताबाट डिमान्ड क्यान्सिल गर्छ,' रोलर मेसिन घुमिरहेको इलाम टी प्रोड्युसर्स प्रालिको कारखानाभित्र भेटिएका प्रोडक्सन म्यानेजर किसन गिरी चिया प्रशोधनमा संलग्न मजदुरलाई भन्दै...

बढी रकम कबोल्ने कतारलाई हजयात्री ठेक्का

बढी रकम कबोल्ने कतारलाई हजयात्री ठेक्का

काठमाडौं-गृह मन्त्रालयले साउदी अरबको मक्कामा हज गर्न जाने मुसलमान तीर्थयात्री लान–ल्याउन अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका लागि आह्वान गरेको टेन्डर बढी भाउ तोक्ने वायुसेवाले जितेको छ। सम्बद्ध स्रोतका अनुसार गृहअन्तर्गतको हज कमिटीले खाडी...

नेपालको आन्तरिक उडानमा जेट प्लेन

नेपालको आन्तरिक उडानमा जेट प्लेन

नेपालको नयाँ हवाई कम्पनी सौर्य एयरलाइन्सको पहिलो जहाज आज दिउँसो काठमाडौं‌ अवतरण गर्दैछ। बम्बार्डियर, क्यानाडाद्वारा निर्मित ५४ सिट क्षमताको सिआरजे २०० नेपालमा आन्तरिक उडान भर्ने पहिलो जेट प्लेन हुनेछ।

नाफाजति सबै जीवनलाई

नाफाजति सबै जीवनलाई

पोखरा-एउटा व्यावसायिक कम्पनीले नाफाको कति प्रतिशत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत समाजसेवामा लगाउँछ?सोच्नुहोला– आधा, एक, साढे एक वा दुई प्रतिशत। प्राय कम्पनीले सामाजिक उत्तरदायित्वमा खर्चने रकम यो भन्दा पनि कम हुन्छ।होइन, पोखराको...

निःशुल्क भिसा र टिकट दिन मलेसियालाई आग्रह

निःशुल्क भिसा र टिकट दिन मलेसियालाई आग्रह

काठमाडौं-नेपालीको प्रमुख श्रम गन्तब्य मलेसियालाई निःशुल्क भिसा र टिकट उपलब्ध गराउन आग्रह गरिने भएको छ। नेपाल आउन लागेका मलेसियाली मानव संसाधन मन्त्रीसामु यस्तो आग्रह गर्ने तयारी छ। श्रम तथा रोजगार राज्यमन्त्री...

झरी र लाठी चार्जबीच १८ हजार आवेदन

झरी र लाठी चार्जबीच १८ हजार आवेदन

काठमाडौं- एक हातमा चप्पल र अर्को हातमा फारम बोकेका वामिटक्सार गुल्मीका सुमनसिंह मल्ल बुधबार ललितपुरको च्यासल फुटबल मैदानमा असिनपसिन थिए। निलो पाइन्ट घुँडासम्म सारेका उनको त्यसमाथिको शरीर पनि हिलाम्ये थियो।

बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड

बैंकर रविनालाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं—बैंकर रविना देशराज श्रेष्ठले अन्तर्राष्ट्रिय अवार्ड जितेकी छिन्। मेगा बैंककी नायब महाप्रबन्धक समेत रहेकी श्रेष्ठले मलेसियाबाट प्रदान गरिने एसियास्तरीय '२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड' जितेकी हुन्।

फेरी बन्द भएपछि जाजरकोटमा महँगी

फेरी बन्द भएपछि जाजरकोटमा महँगी

जाजरकोट-छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत सल्यानको सल्लीबजार र सुर्खेतको राकमबीच चल्ने फेरी बन्द भएपछि जाजरकोटमा दैनिक उपभोग्य सामानको मूल्य बढेको छ।