Tuesday 21 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

निगम जहाजको इन्जिन स्टार्ट नहुँदा...

(0 votes)
काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको एउटा ठूलो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत नयाँदिल्लीका लागि उडान भर्न तयार थियो । जहाजमा १ सय २२ जना यात्रु सिट बेल्ट बाँधेर बसेका थिए।
nepalipatr-april
'ककपिट' भित्र रहेका कमान्डर युवराजकुमार (वाइके) भट्टराई र को–पाइलट नरबहादुर (एनबी) विश्वकर्मा जहाज उडाउन तयारी अवस्थामा बसेका थिए । जब दुई पाइलटले जहाजको इन्जिन 'स्टार्ट' गर्न खोजे, भएन । 'के भयो ?' क्षणभरमै थाहा भयो– जहाजको बायाँ इन्जिन स्टार्ट भए पनि दायाँ इन्जिन स्टार्ट भएको थिएन ।

चालकदलले फेरि प्रयास गरे, दायाँ इन्जिनले काम गरेन । उनीहरूले आधा घन्टासम्म भरमग्दुर प्रयास गरे तर केही सीप लागेन । त्यसपछि जहाजका इन्जिनियरहरूलाई जानकारी दिइयो र पुनः स्टार्ट गर्ने अर्को प्रयास भयो । उनीहरूको पनि केही लागेन । गन्तव्य पुग्न आतुर जहाजभित्रका यात्रु आक्रोशित थिए । सबैलाई सम्झाइ–बुझाइ बाहिर निकालेर चालकदल ककपिटबाट बाहिर आए । जहाज मर्मतमा इन्जिनियरहरू लागिरहे ।

यो घटना सोमबार दिउँसो ४ बजे त्रिभुवन विमानस्थलको हो । वायुसेवा निगमको १ सय ९० सिट क्षमतायुक्त र कलसाइन '९एन–एसिए' भएको 'बि७५७' सिरिजको जहाज काठमाडौंबाट दिल्ली जाने नियमित तालिकाअनुसार उडान भर्ने तयारीमा थियो । यो जहाज अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा उत्पादन भएको हो । निगमले खरिद गरेको करिब ३० वर्ष भइसकेको छ ।

सम्बद्ध स्रोतका अनुसार यो जहाजको दायाँ इन्जिनतर्फ रहेको 'फ्युल भल्भ' नखुलेपछि इन्जिन स्टार्ट नभएको हो । चालकदल र यात्रु बाहिर आएपछि इन्जिनियरले डेढ घन्टा लगाएर साँझ साढे ६ बजे जहाज मर्मत गरे र उड्न तयार भएको घोषणा गरे ।

'त्यसपछि सबै यात्रु आ–आफ्ना सिटमा बसे र चालकदलले जहाज स्टार्ट गर्न खोजे, फेरि त्यही समस्या आयो, दायाँ इन्जिन स्टार्ट नै भएन,' स्रोतले मंगलबार नागरिकसँग भन्यो, 'यो समस्याले सबैको 'निद हराम' गरिदियो । पुनः यात्रुलाई बाहिर निस्किन आग्रह गरियो तर, यात्रुले मान्दै मानेनन् । बल्ल–बल्ल फकाएर बाहिर निकालियो ।'

त्यसपछि निगम व्यवस्थापनले '९एन–एसिबी' कलसाइन आफ्नो यस्तै अर्को जहाजबाट दिल्ली उडान गर्न खोजे पनि इन्जिनियरिङ विभागले त्यो जहाजको 'ल्यान्डिङ साइकल' सकिएको भन्दै उडाउन नमिल्ने बताएको स्रोतले जानकारी दियो ।

त्यसपछि अर्को साढे दुई घन्टासम्म निरन्तर प्रयास गर्दै मर्मत गरिए पनि फ्युल भल्भ नखुलेपछि बाध्य भएर निगम व्यवस्थापनले दिल्ली उडानै रद्द भएको घोषणा ग¥यो । दिल्ली पुग्न दिउँसो १ बजे नै विमानस्थल छिरेका यात्रु यतै अड्किए । 'अब म जीन्दगीमा कहिल्यै पनि नेपाल वायुसेवा निगमको जहाजबाट यात्रा गर्दिनँ,' त्यही जहाजबाट दिल्ली जान लागेको एक भारतीय यात्रुले आक्रोश पोखे, 'मलाई त ट्राभल एजेन्सीले निगमको टिकट नकाट भनेकै थियो तर मैले नै होइन यसैमा जान्छु भनेको बिजोग भयो ।' एक नेपाली यात्रु भने '६ वर्षपछि पहिलो पटक निगमको जहाजमा उड्न लागेको यतिविधि कष्ट पाइयो' भन्दै गुनासो गर्दै थिए ।

भएभरका यात्रु जहाजबाट बाहिर आउनासाथ निगमले हालै खरिद गरेका दुई जहाज एयरबस 'ए३२०' केही मिनेटको अन्तरमा विमानस्थलमा अवतरण गरेका थिए । त्यो देखेपछि यात्रुले त्यही नयाँ जहाजमा भए पनि दिल्ली लान माग गरेका थिए । 'चालकदलले एसिबी जहाजको दायाँ इन्जिनतर्फको फ्युल भल्भमा समस्या आएको भनेर लगबुकमा चार–चार पटक लेखिसकेका रहेछन्,' सम्बद्ध स्रोतले भन्यो, 'तर, इन्जिनियरिङ विभागले वास्तै गरेको रहेनछ ।'

दुई दशकभन्दा बढी अवधिदेखि निगमको बोइङ ७५७ उडाउँदै आएका एक वरिष्ठ क्याप्टेनले पनि इन्जिनियरिङ विभागको 'लापरबाही' का कारण बेलाबेला यस्तो समस्या आउने गरेको बताए । 'हवाई उडानजस्तो अति संवेदनशील विषयमा पनि गम्भीर नहुने हो भने दुर्घटना टार्न कसैले सक्दैन,' आफ्नो नाम उल्लेख नगर्ने सर्तमा ती क्याप्टेनले भने, 'यसमा व्यवस्थापनको लापरबाही पनि उत्तिकै देखिन्छ ।'

सोमबार दिउँसोदेखि मर्मत प्रयास गरिएको उक्त जहाज राति झन्डै ११ बजे उड्न तयार भएको थियो । त्यो जहाजले राति साढे ११ बजे मलेसियाको क्वालालम्पुर उडान गरेको थियो । सोमबार दिल्ली जान नपाएका यात्रुलाई भने निगमले मंगलबार बिहान अर्को बि७५७ ९एन–एसिबीबाट पठाएको थियो ।

प्रतिक्रिया

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।