Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

देउवा आक्रोसित, मधेसी मोर्चालाई हिंस्रक जत्थाको संज्ञा

(0 votes)
देउवा आक्रोसित, मधेसी मोर्चालाई हिंस्रक जत्थाको संज्ञा
काठमाडौं— नेपाली कांग्रेसका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मधेसी मोर्चाविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। नेता देउवाले कांग्रेस पूर्व महामन्त्री विमिलेन्द्र निधी, नेताहरु आनन्दप्रसाद ढुंगाना, लीला कोइराला तथा रामकृष्ण यादबको घरमा मोर्चाले गरेको 'अराजनीतिक' र 'हिंस्रक' भएको उल्लेख गरेका छन्।
nepalipatro-nagarik

केही दिन पहिले नेता निधीको घरको पर्खाल भत्काएर मोर्चा कार्यकर्ताले घरभित्र राखेको मोटरसाइकलमा आगजनी गरेका थिए।

देउवाले जारी गरेको विज्ञप्ति
deuwa
कांग्रेसका नेता तथा कार्यकर्तालाई हतोत्साही बनाउने दुस्प्रयास स्वरुप मधेसी मोर्चा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले जनकपुर स्थित निधिको घरको पर्खाल भत्काएकोमा देउवाले निन्दा एवं भत्सर्ना गरेका छन्।

बुधबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टीको अधिवेशन सन्दर्भमा सञ्चालन भइरहेका विभिन्न कार्यक्रमहरु बिथोल्न उद्दण्ड र अराजक समूहले गरेका गैरकानूनी र अराजक गतिविधिलाई तुरुन्त रोक्न र घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।

पार्टीको अधिवेशनको स्थानीयदेखि केन्द्रीय तहसम्म लोकतान्त्रिक अभ्यास भइरहेको अवस्थामा अवरोध पुर्या उने र कार्यकर्तालाई हतोत्साहित नगर्न उनले मोर्चालाई चेतावनी दिएका छन्।

यो पनि पढ्नुहाेस्

बिमलेन्द्र निधीको घरमा मोर्चा कार्यकर्ताले आगो लगाए

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।