Sunday 19 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

मिलेमतोमा टुंगिन्छन् वैदेशिक रोजगार पीडितका मुद्दा

(0 votes)
काठमाडौं- युथ मेनपावर कम्पनीलाई एक लाख ६० हजार रुपैयाँ बुझाएर मलेसिया उडेका सोलुखुम्बु, गोली–६ राम्सेका फुदोर्जे शेर्पाको वैदेशिक रोजगारी सफल नभए पनि उनले मेनपावरलाई तिरे अनुसारको रकम फिर्ता पाएनन्।

nepalipatr-april
६ महिना अघि वैदेशिक रोजगारीमा गएका १९ वर्षीय फुदोर्जेको मलेसियामा स्वास्थ्य जाँच हुँदा अयोग्य भएको रिपोर्ट आएपछि उनी स्वदेश फर्केका हुन्। राजधानीको अकावर मेडिकलमा स्वास्थ्य परीक्षण गर्दा योग्य भएका फुदोर्जेले स्वदेश फर्केलगत्तै मेनपावरलाई तिरेको रकम फिर्ता पाउन वैदेशिक रोजगार विभागमा निवेदन पनि दिए। कैयन दिन विभाग धाएपछि त्यहाँका कर्मचारीले फुदोर्जे र युथ मेनपावर कम्पनीबीच मिलापत्र गराइदिए।

मिलापत्रपछि उक्त मेनपावरले उनलाई ५० हजार रुपैयाँ फिर्ता गर्योफ। एक लाख ६० हजार रुपैयाँ खर्च गरेका फुर्दोजेले ५० हजार रुपैयाँमा चित्त बुझाउनुको कारण मेनपावरसँगको 'लडाइँ' जित्न नसकिने ठाने। विभागका कर्मचारीले पनि उक्त मुद्दालाई ऐन अनुसार अघि बढाउनुको साटो मिलापत्र गर्नु नै हितकर ठाने। 'विभागका कर्मचारीले मिलापत्र गर्ने हो भने ५० हजार रुपैयाँसम्म प्राप्त हुन सक्ने तर मुद्दा अघि बढाए रकम पाउने/नपाउनेबारे टुंगो नहुने बताएपछि ५० हजार रुपैयाँमै चित्त बुझाएँ,' फुदोर्जेले भने, 'पूरै रकम पाउने टुंगो नभएपछि थोरै रकम लिएर भए पनि मेनपावरसँग मिलापत्र गर्नु पर्योै।' वैदेशिक रोजगारीमा एक लाख ६० हजार रुपैयाँ गुमाएका फुदोर्जे आजकाल काठमाडौंमा ज्यामी काम गर्दैछन्। मेनपावरसँग मिलापत्र गरेका उनले स्वदेशको स्वास्थ्य परीक्षणमा 'फिट' र मलेसियामा 'अनफिट' हुनुको वास्तविकताबारे भने कुनै जानकारी पाएका छैनन्।

त्यस्तै, संयुक्त अरब इमिरेट्स जान मेनपावरलाई ८० हजार रुपैयाँ तिरेका मोरङ, उर्लाबारीका रामकुमार श्रेष्ठको पनि वैदेशिक रोजगारी सफल हुन सकेन। युएईको एक फर्निचर उद्योगमा काठ ओसार्ने कामका लागि वैदेशिक रोजगारीमा गएका श्रेष्ठलाई विदेशमा सिकर्मीको काम गर्नु परेपछि उनको वैदेशिक रोजगारी असफल भएका हो। 'काठ ओसार्ने भनेर सम्झौता गरेको व्यक्तिले सिकर्मीको काम गर्न सक्ने अवस्था थिएन,' उनले भने, 'आफूले जान्दै नजानेको काम गर्नु परेपछि समस्या भयो। अनि स्वदेश फर्कनु पर्यो ।' स्वदेश फर्केपछि श्रेष्ठले पनि मेनपावरलाई बुझाएको रकम फिर्ता पाउन विभागमा उजुरी दिए। तर, उनलाई पनि मेनपावरले सुरुमा लिएको रकम फिर्ता गर्न नमानेपछि विभागका कर्मचारीले मिलापत्र गर्न सल्लाह दिए।

मिलापत्र गरेपछि जिएआर मेनपावरले उनलाई २० हजार रुपैयाँ थमाइदियो। वैदेशिक रोजगारीको चाहनाले ६० हजार रुपैयाँ गुमाएका श्रेष्ठलाई अहिले उक्त रकमको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या परेको छ। 'सयकडा तीन प्रतिशत ब्याजमा लिएको रकम मेनपावरलाई बुझाएको हुँ,' उनले भने, 'एकातिर वैदेशिक रोजगारी असफल भएपछि र अर्कोतर्फ मेनपावरले लिएको रकम फिर्ता पाउन नसकेपछि आर्थिक अवस्था वर्वाद भएको छ।'

पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने युवायुवती ठगिने क्रम बढे पनि पीडितका उजुरी भने कारबाहीविना टुंगिने गरेका छन्। यद्यपि वैदेशिक रोजगार ऐन २०६४ ले वैदेशिक रोजगारी सम्बन्धी मुद्दालाई फौजदारी मानेको छ। ऐनले वैदेशिक रोजगारी सम्बन्धी मुद्दालाई फौजदारी मानेकाले त्यस्ता मुद्दाहरूमा मिलापत्र गर्न नपाइने कानुन व्यवसायीहरू बताउँछन्। तर, सरकारी कर्मचारीले मेनपावरलाई बचाउनका लागि पीडितसँग मिलापत्र गराउँदा वर्षौदेखि बदमासी गरिरहेका मेनपावरहरूले उन्मुक्ति पाइरहेका छन्। ऐनले वैदेशिक रोजगारी सम्बन्धी मुद्दालाई फौजदारी मानेका कारण किटानी परेका मेनपावर विरुद्ध मुद्दा चलाइनु पर्ने र गल्ती अनुसार कारबाही गरिनु पर्ने कानुन व्यवसायीको धारणा छ। लामो समयदेखि वैदेशिक रोजगारी सम्बन्धी मुद्दालाई उठाउँदै आएका अधिवक्ता वीरवलकाजी राई वैदेशिक रोजगार ऐन २०६४ अनुसार गल्ती गर्ने पीडकलाई कारबाही हुनुपर्ने बताउँछन्। 'तर, अहिलेसम्म पीडितसँग मिलापत्र हुनेबित्तिकै पीडकलाई कारबाही हुने प्रचलन बस्न सकेको छैन,' राईले भने, 'जसले गर्दा ऐनले गरेको व्यवस्था अनुसार पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन्।'

पीडितहका अनुसार अहिले विभागले गरिरहेको कामले बदमासी गर्ने मेनपावरलाई संरक्षण गरिरहेको छ। वैदेशिक रोजगार पीडित रामु यादवले ठगी धन्दामा लागेका मेनपावरलाई कारबाही नहुँदा दिनैपिच्छे वैदेशिक रोजगारीमा जाने युवायुवती ठगिने क्रम जारी रहेको गुनासो गरे। 'ठगी गर्ने मेनपावरसँग रकम असुल गर्नु कुनै कारबाही होइन,' उनले भने, 'कसले कति र कुन हदको ठगी गरेको छ। सोही अनुसार कारबाही नगरिए वैदेशिक रोजगारीमा बढेको विकृति, विसंगति रोकिँदैन।'

विभागका कानुन निर्देशक गोविन्दप्रसाद उपाध्याय वैदेशिक रोजगार ऐन २०६४ नै गोलमटोल रहेकाले काम गर्न समस्या भइरहेको बताउँछन्। 'ऐनले वैदेशिक रोजगारी सम्बन्धी मुद्दालाई फौजदारी माने पनि सम्पत्ति जोडिएकाले देवानी प्रकृतिका छन्,' उनले भने, 'फौजदारी मुद्दालाई आधार मान्ने हो भने पीडकलाई कारबाही गर्नु पर्ने हुन्छ। तर, अर्कोतर्फ देवानी प्रकृतिका मुद्दामा पीडितको सम्पत्ति फिर्ता गरे पुग्छ।' उपाध्यायले वैदेशिक रोजगार ऐन २०६४ परिमार्जन गर्न आवश्यक रहेको बताए। वैदेशिक रोजगार न्यायाधीकरणका अध्यक्ष सुरेन्द्रवीर सिंह बस्न्यात विद्यमान ऐन अनुसार मेलमिलाप गरेकै भरमा वैदेशिक रोजगारीका मुद्दा नसकिने बताउँछन्।

विभागका अनुसार आर्थिक वर्ष ७०/७१ मा वैदेशिक रोजगारीको क्रममा ठगिएको, कम पारिश्रमिक पाएको भन्दै मेनपावर, दलाल विरुद्ध २५ सय ५१ उजुरी परेका थिए। त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा उजुरीको संख्या बढेर २६ सय ७९ पुग्यो । चालु आर्थिक वर्षको ६ महिनामा मेनपावर विरुद्ध ८ सय बढी उजुरी परेका छन्। तर, अहिलेसम्म ठगीको आरोप खेपेका कुनै पनि मेनपावरलाई विभागले कारबाही गर्न सकेको छैन। कतिपय पीडितको रकम फिर्ता गराउनेबाहेक मेनपावरलाई कारबाही नगरेपछि यसको भित्रीपाटो खोजी हुनु पर्ने पीडितहरूो माग छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकाल पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका युवाहरू आफ्नै कारणले फर्कने र त्यसको दोष मेनपावरलाई दिने क्रम निकै बढेको दाबी गर्छन्। 'विभागमा गएर मापदण्डविनाका उजुरी दर्ता गर्ने अनि मेनपावर कम्पनीलाई बदनाम गर्ने क्रम बढेको छ,' उनले भने।

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...