Friday 24 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दूध र मासुमा पूर्वाञ्चल आत्मनिर्भर

(0 votes)
विराटनगर- पशुपालन व्यवसायमा पूर्वाञ्चलका किसान आकर्षित हुन थालेपछि दूध र मासुमा पूर्वाञ्चल आत्मनिर्भर भएको छ। राष्ट्रिय मापदण्डभन्दा बढी उत्पादन हुन थालेकाले पूर्वाञ्चल दूध र मासुमा आत्मनिर्भर भएको क्षेत्रीय पशुसेवा निर्देशनालय विराटनगरले जनाएको छ।

nepalipatr-april
निर्देशनालयका अनुसार राष्ट्रिय मापदण्डभन्दा दूधमा वार्षिक प्रतिव्यक्ति ५३ लिटर र मासुमा प्रतिव्यक्ति ३ किलो बढी उत्पादन हुने गरेको छ। नेपालले तोकेको मापदण्डअनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ५७ लिटर र मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्छ। पूर्वाञ्चलको उत्पादन राष्ट्रिय मापदण्डभन्दा बढी हुन थालेकाले दूध र मासुमा आत्मनिर्भर भइसकेको क्षेत्रीय निर्देशक सुदर्शनप्रसाद रेग्मीले जानकारी दिए। उनका अनुसार पूर्वाञ्चलमा आर्थिक वर्ष ०७१/७२ मा ६ लाख ४४ हजार ५ सय ९१ मेटि्रक टन दूध उत्पादन भएको छ। ३ वर्ष पहिलेको तुलनामा यो एक लाख मेटि्रकटनभन्दा बढी हो। आव ०७०/७१ मा पूर्वाञ्चलमा ६ लाख १६ हजार ७ सय ८८ र आव ०६९/७०मा पूर्वाञ्चलमा ५ लाख ३७ हजार २ सय ८४ मेटि्रकटन दूध उत्पादन भएको थियो। तथ्यांकअनुसार पूर्वाञ्चलमा गाई–गोरुको संख्यामा कमी आएको छ भने भैंसी–रा"गाको संख्या बढेको छ। आव ०७०/७१ मा गाई–गोरुको संख्या २६ लाख ४ हजार ८ सय ६४ भएकोमा आव ०७१/७२मा घटेर २५ लाख ८२ हजार ५ सय ५ मा झरेको छ। गाई–गोरुको संख्या घटे पनि भौंसी–रा"गाको संख्यामा भने वृद्धि भएको छ। अघिल्लो वर्ष ११ लाख ६२ हजार ९ सय २३ भैंसी–रा"गा पालन गरिएकोमा आव ०७१/७२मा बढेर १२ लाख ५ हजार १ सय ५२ पुगेको छ। लोकल गाई विस्थापित हु"दै गएको र कृषिमा यान्त्रीकरण बढेकाले गाई–गोरुको संख्यामा कमी आएको क्षेत्रीय निर्देशनालयले जनाएको छ।

व्यावसायिक पशुपालन फस्टाउन थालेपछि पूर्वाञ्चलमा दूधस"गै मासुको उत्पादन पनि उल्लेख्य मात्रामा बढेको छ। आव ०६९/७० मा ९५ हजार २ सय १५ मेटि्रकटन मासु उत्पादन भएको पूर्वाञ्चलमा आव ०७१/७२ मा बढेर ९८ हजार ९ सय २४ मेटि्रकटन पुगेको छ। राष्ट्रिय मापदण्डअनुसार प्रतिव्यक्ति वार्षिक १४ किलो मासु आवश्यक पर्छ। पूर्वाञ्चलको उत्पादनले प्रतिव्यक्ति वार्षिक १७ किलो मासु उपलब्ध हुन्छ। आव ०७०/७१ को तुलनामा ०७१/७२ मा बाख्रा र कुखुरापालनमा किसान आकर्षित भएका छन् भने भेडा र बंगुरपालनमा किसानको आकर्षण घटेको छ। पूर्वी उच्च पहाडी र हिमाली क्षेत्रमा पालन गरिने भेडामा लगानी बढी हुनुका साथै चरण क्षेत्र पनि मासिँदै गएकाले भेडापालन व्यवसाय बर्सेनि घट्दो छ। यस्तै, बंगुरको मासुको बजार प्रबन्ध नहु"दा किसानलाई मासु बेच्न समस्या हुन थालेपछि बंगुर पालनमा पनि कमी आएको छ।

अघिल्लो वर्षको तुलनामा आव ०७१/७२ मा पूर्वाञ्चलमा भेडाको संख्या घटेर १ लाख ७७ हजार ९ सय ५४ पुगेको छ। यो संख्या अघिल्लो वर्ष १ लाख ९६ हजार ४५ रहेको थियो। बंगुरको संख्यामा पनि कमी आएको छ। अघिल्लो वर्ष १० लाख २१ हजार ५ सय ७० वटा बंगुर पालन भएकोमा पछिल्लो वर्ष १० लाख ४ हजार ७ सय १२ मा झरेको छ। बंगुर र भेडापालन घटे पनि बाख्रा र कुखुराको संख्या भने बढेको छ।

पूर्वाञ्चलमा अघिल्लो वर्ष बाख्राको संख्या ३४ लाख ३३ हजार ३ सय १४ रहेकोमा आव ०७१/७२ मा बढेर ३४ लाख ७५ हजार ९ सय ३१ पुगेको छ। यस्तै, कुुखुराको संख्यामा पनि वृद्धि भएको छ। अघिल्लो वर्ष कुखुराको संख्या ९६ लाख २४ हजार २ सय ३४ वटा रहेकोमा आव ०७१/७२ मा बढेर ९९ लाख १७ हजार ५ सय ६१ पुगेको छ। कुखुराको मासुका लागि पूर्वाञ्चल आत्मनिर्भर भए पनि अण्डामा भने अझै आत्मनिर्भर हुन नसकेको निर्देशनालयले जनाएको छ।

निर्देशनालयको तथ्यांकअनुसार राष्ट्रिय मापदण्डका आधारमा प्रतिव्यक्ति प्रतिवर्ष ४८ वटा अण्डा आवश्यक पर्ने भए पनि पूर्वाञ्चलको उत्पादनले प्रतिव्यक्ति ३२ वटा मात्रै पुग्छ। पूर्वाञ्चलमा वार्षिक १ लाख ८४ हजार ९ सय ९७ वटा अण्डा उत्पादन हुने गरेको छ।

प्रतिक्रिया

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

६ महिना थन्किएको चिनियाँ जहाज बन्यो

काठमाडौं- गएको ६ महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको एउटा चिनियाँ जहाजले बल्ल उडान गर्ने भएको छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनमा निर्मित १८ सिट क्षमतायुक्त 'वाई१२–ई' सिरिजको जहाजलाई आगामी...

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...