Friday 29 Magh, 2072 |
Menu

अर्थ

istl

सूचना प्रविधि कुम्भ मेला सुरु

(0 votes)
सूचना प्रविधि कुम्भ मेला सुरु
काठमाडौं–२२औं संस्करणको सूचना प्रविधि कुम्भ मेला शुक्रबार काठमाडौंमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सुबिसु क्यान इन्फोटेक १०१६ (इन एसोसिएसन विथ हुवावे) मा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायकलगायतले आफ्नो उत्पादन तथा सेवाका स्टल राखेका छन्।
nepalipatro-nagarik

करिब २ घन्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीले मेला उद्घाटन गर्दै प्रविधिलाई देश विकासका लागि प्रयोग गर्नुपर्ने बताए । उनले प्रविधिलाई कृषि, उद्योग, व्यापारलगायत हरेक क्षेत्रमा प्रयोग गरेर देश विकास गर्नुपर्नेमा जोड दिए । कतिपय अवस्थामा प्रविधिको गलत प्रयोगले समाज खलबल्याउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुनसमेत उनले आग्रह गरे । 'प्रविधि प्रयोग गर्ने नाममा समाज र देशमा नकारात्मक सन्देश जाने काम गर्न हँुदैन,' ओलीले भने ।

उक्त अवसरमा क्यान फेडरेसनका अध्यक्ष विनोद ढकालले 'इ–नेपाल' घोषणा गरेर नेपाल अघि बढ्नुपर्ने भन्दै जबसम्म ग्रामीण भेगसम्म सूचना प्रविधिको पहुँच पुग्न सक्दैन, तबसम्म देश विकास हुँदैन भन्ने विचार राखे ।

यस्तै, सुबिसु केबलका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवा प्रदायकलाई अत्यावश्यकीय सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे । इन्टरनेट नभई कुनै पनि काम असम्भव जस्तै भइसकेको उनले बताए । 'तर बढ्दो लोडसेडिङ र पेट्रोलियम अभावका कारण सेवा दिनसक्ने अवस्था नभएको स्मरण गराउँंदै उनले हालकै अवस्था रहिरहने हो भने आइएसपी सेवा प्रदायकले सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने पनि जानकारी दिए ।

शुक्रबारदेख सुरु भएको क्यान इन्फोटेक माघ १५ देखि २० गतेसम्म अर्थात ६ दिनसम्म चल्नेछ । मेलाको मुख्य प्रदर्शनी हलभित्र ४९ वटा र हलबाहिर ३ वटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेको क्यान इन्फोटेकमा चार लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा आयोजकको छ । मेलामा सूचना प्रविधिका सामानमा भारी छुट दिइएकाले पनि अवलोकनकर्ताको भीड अघिल्ला वर्षभन्दा बढी हुने आयोजकले बताए ।

क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । 'बिजनेस डे' मा भने सम्पूर्ण अवलोकनकर्ताका लागि १ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । आयोजकले विश्वबजारमा पछिल्लो समय विकास भएको सूचना प्रविधिलाई नेपालका युवापुस्तासँग जोड्ने महŒवपूर्ण माध्यम क्यान इन्फोटेक बनेको बताएका छन् ।

विश्वमै पहिलोपटक म्युजिक नेपालले गीतसंगीतको पाइरेसी नहोस् भनेर सुरु गरेको म्युजिक एटिएम मेलाको प्रमुख आकर्षण बनेको आयोजकको दाबी छ । एटिएमझैं मेसिनबाट उपभोक्ताले गीत संगीतलाई आफ्नो स्टोरेज डिभाइसमा राख्न सक्ने भन्दै आयोजकले एमपी थ्री गीतको पाँच रुपयाँ र भिडियो गीतको दस रुपैयाँ मूल्य तोकिएको बताए । म्युजिक एटिएममा अन्य एटिएममा जस्तै डिजिटल टच डिस्प्ले छ । जसमा विभिन्न स्रस्टा र कलाकारले सिर्जना गरेका एल्बमलाई क्लिक गरेपछि गीत तथा भिडियोको लिस्ट आउँछ ।

आफूले चाहेको गीत आएपछि त्यसलाई ओके गरेर सेलेक्सन गरी लिस्ट बनाउने र एटिएम कार्डजस्तै गरी पैसा हालेपछि मेसिनको डिजिटल बारकोड रिडरले एकिन गरेर लिन्छ । त्यसपछि मेसिनमा पेनड्राइभ वा सिडी राखेर आफूले रोजेको गीत डाउनलोड गर्न सकिन्छ । मेलामा राखिएजस्तो एटिएम मेसिनको दुई लाख पचास हजार पर्ने र चाँडै नै डिलरमार्फत नेपालभरि नै यसको प्रर्वद्धन गर्ने लक्ष्य रहेको म्युजिक नेपालले मेलामा जनाएको छ ।

प्रतिक्रिया

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...