Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

बिहार र युपीमा मधेस बहस

(0 votes)
बिहार र युपीमा मधेस बहस
भारत (लदनीया)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ बुँदे माग पूरा गराउन ६ महिनादेखि जारी मधेस र नाका अवरोधबारे भारतको युपी र बिहारमा बहस सुरु भएको छ। स्थानीय पूर्व विधायक र सत्ताधारी दलका नेताको अगुवाइमा मधेस मुद्दाबारे बहस चलाइएको हो। युपीको सीमाबाट सुरु भएको मधेस आन्दोलनलाई ऊर्जा प्रदान गर्ने कार्यक्रम अहिले नेपाल–भारत सीमावर्ती बिहारका सहरमा सञ्चालन भइरहेको छ।

nepalipatro-nagarik
यो कार्यक्रममा बिहारका सहरका नागरिक, यहाँका सत्ताधारी दलका नेता, मधेसीबाट मोर्चाका स्थानीय नेता, कार्यकर्ता र मधेस मुद्दा बोकेर आन्दोलनमा लागेका अन्य दलका नेताको सहभागिता रहने गरेको छ।

मधेस आन्दोलनको मजबुती प्रदान करने हेतु' नारा दिएर भारत–नेपाल सद्भाव समिति र भारत–नेपालमैत्री संवाद यात्रा नै गठन भएको छ, सिमापारि। यो समितिको अगुवाइ राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष रघुवंशप्रसाद सिंह, समाजवादी पार्टीका वरिष्ठ नेता देवेन्द्र यादव र पप्पु यादवले गरिरहेका छन्।

यी समितिको उदेश्य भनेको मधेस आन्दोलनलाई उचाइमा पुर्यालएर मधेसको माग सम्बोधन गराउन बल प्रदान गर्नु रहेको भारतीय नेताले भाषणमा भन्ने गरेका छन्।

माघ ४ गते सीमावर्ती भारतीय सहर जयनगरको किसान भवनमा आयोजित कार्यक्रममा देवेन्द्र यादवले भनेका थिए, 'मधेसमा जारी आन्दोलन सम्बोधन गर्नुको साटो नेपाली राज्यसत्ताले मधेसीमाथि गोली बर्साएर दमन गर्नु कुनै सर्तमा जायज होइन्।' उनले मधेसमा मधेसीको रगत बग्दा आफूहरूको मन दुखेको बताएका थिए।

...नेपालमा मधेसीलाई यहाँको राज्यसत्ताले गैरनेपालीसरह व्यवहार देखाएको छ, यो गलत हो,' यादवको भनाइ थियो। नेपालमा मधेसीको अधिकार सुरक्षित गराउन आफूहरूले भारत सरकारलाई पनि पहलनिम्ति आग्रह गरेको उनले बताएका थिए।

३ दिनअगाडि भारतीय सहर लौकाहामा भएको सभामा रघुवंश सिंहले भनेका थिए, 'नेपालमा मधेसीले अधिकारनिम्ति गरिरहेको शान्तिपूर्ण आन्दोलनमा राज्यबाट बर्बर दमन भएको छ, ठीक होइन।' अधिकार माग्दा जबाफमा गोली खानुपर्ने दयनीय अवस्थाबाट मधेसी गुजि्ररहेकोप्रति आफूहरूको सहानुभूति रहेको उनले बताए।

भारतीय सीमावर्ती सहरहरूमा भइरहेको संवाद यात्रामा सहभागी भइरहेका नेकपा माओवादी (मातृका) का नेता जगत यादव भन्छन्, 'भारतीय बिहार र युपीका सत्ताधारी दलका नेताको अभियान मधेस आन्दोलनको माग सम्बोधन गराउन दबाबनिम्ति हो।' सीमावर्ती भारतीय बिहार र युपीका नागरिकलाई मधेसमा भइरहेको आन्दोलन केका लागि? यो आन्दोलनमा नेपाली राज्य सत्ताको रबैया कस्तो छ? यसका लागि हामीले के सहयोग गर्नुपर्छ? भन्नेबारे जागरण फैलाएर दिल्लीलाई दबाब दिने अभियान हो यो।

यो सभामा हजारौं भारतीय नागरिकको सहभागीता रहने गरेको छ। मधेसबाट मधेसकेन्द्रित दलका २/४ जना नेता कार्यकर्ताको मात्र यो कार्यक्रममा सहभागिता रहने गरेको छ। मधेसका नेताले आन्दोलनको माग र राज्यको दमनकारी रबैयाबारे सभामा बोल्छन्।

तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय सदस्य महादेव साह ३ सभामा भाग लिएको बताउँछन्। उनले जयनगर, लौकाहा र लदनीयाको सभामा भाग लिए। साहका अनुसार यो अभियानका अगुवा भारतीय राष्ट्रिया जनता दलका नेता मंगनीलाल मण्डल, रघुवंश प्रसाद सिंह, देवेन्द्र यादव र पप्पु यादव छन्। यी भारतीय नेताको सीमावर्ती ५४ ठाउँमा जागरणसभा गर्ने कार्यक्रम छ। यो कार्यक्रम सम्पन्न भएपछि मधेसकेन्द्रित दलका प्रमुख नेतालाई सहभागी गराएर बिहारको राजधानी पटनामा कार्यक्रम गर्ने योजना छ।

पटनामा कार्यक्रम सम्पन्न गरेपछि राजधानी दिल्लीमा गएर भारत सरकारसमक्ष मधेसको माग सम्बोधन गराउन नेपाल सरकारलाई पहल गर्न दबाब सिर्जना गर्ने योजना छ। ५४ स्थानको कार्यक्रममा भारतीय नागरिकको मधेस आन्दोलनप्रति उभारले भारत सरकारलाई दबाब दिन वजन बढ्ने योजनाअनुरूप यो जागरणसभा आयोजना भएको बताइएको छ।

जागरण अभियान गरिरहेका भारतीय नेताहरू मधेसकेन्द्रित दल र मधेसको पहिचान आन्दोलनमा लागेका दललाई गोलबद्ध हुनसमेत अग्रह गरेको तराई–मधेस सद्भावना पार्टीका नेता साहले बताए। आन्दोलनरत मधेसकेन्द्रित दल एक ढिक्का भएर गठबन्धन नबनाए शक्ति विभाजनले राज्यलाई धक्का दिन शक्ति कम पर्ने भारतीय नेताहरूको बुझाइ छ।

प्रतिक्रिया

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...