1 Falgun, 2072 |
Menu

अर्थ

istl

अध्यक्ष दाहालले ल्याए इन्ड्रोइड एप

(0 votes)
अध्यक्ष दाहालले ल्याए इन्ड्रोइड एप
काठमाडौं— एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक एन्ड्रोइड एप सञ्चालनमा आएको छ। विधि प्रालिले डेभलप गरेको 'प्रचण्ड' नामको दाहालको एप बिहीबार सञ्चालनमा आएको हो।
nepalipatro-nagarik
दाहालका निजी सचिव जोखबहादुर महराले पार्टी अध्यक्षलाई जनतासँग प्रत्यक्ष सम्वादका लागि सचिवालयले सूचना प्रविधिको प्रयोगमा विशेष ध्यान दिएको उल्लेख गरे।

समाजवादी क्रान्तिका लागि तथा रुपान्तरण सहितको पार्टी पुननिर्माणको अभियानमा एपले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महराले बताए। 'समाजवादी क्रान्तिका लागि रुपान्तरण सहित पार्टी पुनर्निर्माणको यो अभियानमा हामी विचारको विकास गर्न गइरहेका छौं', उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जनता तथा कार्यकर्तामा प्रत्यक्ष सम्पर्क र सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ सिंगो पार्टी र अध्यक्ष क.प्रचण्डका दैनिक गतिविधिहरु हामीले आजबाट मोवाइल एपमार्फत सार्वजनिक गर्ने कार्यको पनि शुभारम्भ गरेका छौं।'

अहिले एन्ड्रोइड अपरेटिसङ सिस्टममा मात्र उपल्बध प्रचण्ड एप केही दिनमै आइओएस अपरेटिङ सिस्टममा पनि उपलब्ध हुने बताइएको छ।

कस्तो छ प्रचण्ड एप

नेपालमा १२ वर्षसम्म भएको हिंसात्मक युद्धको नेतृत्व गरेका दाहालको एपको होममा उनले राष्ट्रसंघमा सम्बोधन गर्दै गरेको तस्विर राखिएको छ। दोस्रो ट्याबमा उनको जीवनी पाठकले पढ्न सक्नेछन्। मेसेजमा उनले सर्वसाधारणलाई सम्बोधन गर्ने किसिमका कन्टेन्ट राखिनेछन्। 'अभिवादन! प्रचण्डको आधिकारिक एप्स डाउनलोड गर्नुभएकोमा धन्यवाद', यस्तै मसेजे त्यहाँ हुनेछन्। सेड्युलमा दाहालका राजनीतिक तथा अन्य गतिविधिको सूचि रहनेछ भने दस्तावेज तथा विज्ञप्तिका लागि डाटाबेस/विज्ञप्ति रहेको छ। मिडिया कभरेल, फोटो र भिडियो पनि एपबाट हेर्न सकिने बनाइएको छ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।