Friday 17 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

'भूकम्प तराई पो झर्‍यो त !'

(0 votes)
'भूकम्प तराई पो झर्‍यो त !'
काठमाडौं- 'लौ, भूकम्प त तराई पो झर्योक!' सिराहाको समथर भू–भागमा बुधबार बिहान ४.२ म्याग्निच्युड स्केलको भूकम्प गएपछि राजधानीवासीले टिप्पणी गरिहाले। वैशाख १२ को अनुकम्पनले हैरान सर्वसाधारणमा सिरहा भूकम्पले अनौठो जिज्ञासा पैदा गरिदियो। बुधबार दिनभर यो विषय सामाजिक सञ्जाल र चिया–चर्चाको विषय बन्यो।
nepalipatr-april
भूकम्पविद भने यस्तो मान्न तयार छैनन्। चुरे र तराई क्षेत्रको भूकम्पको अध्ययन गरिसकेका भूकम्पविद डा. सोमनाथ सापकोटा भन्छन्, 'वैशाख १२ पछिका शक्तिशालीदेखि स–साना भूकम्पस"ग यसको कुनै सम्बन्ध छैन। सिरहा भूकम्पको स्रोत बेग्लै हो।'

उनका अनुसार वैशाखयताका भूकम्पस"ग यसको सम्बन्ध नभए पनि विसं १९९० र २०४५ का भूकम्पस"ग यसको सम्बन्ध छ। 'त्यतिबेलाका यी शक्तिशाली भूकम्पको शक्तिको स्रोत र सिरहाको भूकम्पको शक्तिको स्रोत एउटै हो। यस क्षेत्रमा एक/दुई वर्षको अन्तरालमा यस्ता भूकम्प गइरहेका छन्।'

डा. सापकोटाले दुई वर्षअघि तिब्बतियन प्लेटो र भारतीय प्लेटोको मिलनबिन्दु मानिने चुरे क्षेत्रका नदीकिनारको अध्ययन गरेका थिए। उनले सिंगापुरका प्राध्यापकस"ग मिलेर जमिनबाट पा"च/सय मिटर गहिराइमा रहेको प्लेटो र चट्टानको अवस्थाको अध्ययन गरेका थिए।

भूकम्पमापन केन्द्रका अर्का भूकम्पविद लोकविजय अधिकारीका अनुसार विसं १९९० मा संखुवासभामा ८.३ म्याग्निच्युड स्केल र २०४५ मा उदयपुरमा ६.७ म्याग्निच्युड स्केलको भूकम्प गएको थियो।

'त्यतिबेलाको भूकम्पले बनाएको फल्ट जोनमै अहिले भूकम्प गएको हो, त्यसैले पनि यसको सम्बन्ध अघिल्ला यी दुई भूकम्पस"ग छ,' उनले भने।

डा. सापकोटाका अनुसार उच्च पहाडी, हिमाली क्षेत्रमा जाने भूकम्प र तराई/चुरे क्षेत्रमा जाने भूकम्पको प्रकृतिबीच त्यत्तिकै भिन्नता छ। 'उच्च क्षेत्रमा जाने भूकम्पको गहिराइ १५ देखि २० किलोमिटर हुन्छ। समथर क्षेत्र वा चुरे/तराई क्षेत्रमा जाने भूकम्पको गहिराइ ५५/६० किलोमिटर हुन्छ,' उनले भने, 'भौगर्भिक बनावटअनुसार गहिराइ फरकफरक पर्छ।'

केन्द्रका अर्का भूकम्पविद मुकुन्द भट्टराईका अनुसार सिरहा पनि विगतमा गएका ठूला भूकम्पले असर पारेको स्थानमा पर्छ। 'त्यतिबेलाको भूकम्पले त्यस क्षेत्रको जमिनमा धा"जा पारेको थियो। त्यस क्षेत्रमा थुप्रै दरार पारेको थियो। त्यसैले पनि यसको सम्बन्ध विगतका ठूला भूकम्पस"ग छ,' उनले भने।

वैशाख १२ को गोरखा, बारपाक केन्द्र रहेको शक्तिशाली भूकम्पको दरार सिरहासम्म नपुगेको उनले जानकारी दिए। 'यो भूकम्पले गोरखादेखि दोलखा, रामेछाप र सिन्धुलीसम्म असर गरेको थियो। दरार पनि यी क्षेत्रमा मात्र सीमित छन्। यी स्थानबाट सिरहा धेरै टाढा पर्छ। त्यसैले पनि यो भूकम्पको सम्बन्ध वैशाख १२ र त्यसपछिका अनुकम्पनस"ग छैन,' उनले भने, 'त्यसैले गर्दा स्रोत पनि बेग्लाबेग्लै हुन्।'

पूर्व–पश्चिम राजमार्गको सिरहा खण्डबाट १८ किलोमिटर दक्षिण/पूर्वमा रहेको गौरीपुरनजिकै बुधबार बिहान ६ः१७ बजे ४.२ म्याग्निच्युड स्केलको भूकम्प गएको थियो।

स्थानीयले आवाजसहितको झट्का महसुस गरेको जानकारी लहानस्थित नागरिक संवाददाता मिथिलेश यादवले दिए।

बिहान भूकम्पको झट्कापछि गाउँलेहरु जमिनै हल्लाउने गरी कति ठूलो र कस्तो गाडी आयो भनेर घरबाहिर निस्केको जानकारी मलाई आएको थियो,' नागरिककर्मी यादवले भने, 'स्थानीयले आवाज सुनेको जानकारी दिएका थिए।'

अधिकारीका अनुसार वैशाख १२ यता दाङ–देउखुरीको नेपाल–भारत सीमानजिक कोइलाबास पारी भारतको भूभागमा अर्को नया" भूकम्प गएको थियो। यससहित वैशाख १२ यता तराईमा दोस्रोपटक नया" भूकम्प गएको हो।

पहाडी क्षेत्रमा भने यसअघि बाजुरा, पा"चथर र म्याग्दीमा नया" भूकम्प गएका थिए। वैशाख १२ यता शुक्रबार नुवाकोट केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युड स्केलको गोरखाको अनुकम्पन गएको थियो।

वैशाख १२ को भूकम्पपछि ४ म्याग्निच्युड स्केलमाथिका ४ सय २७ अनुकम्पन गएका छन्।

वैशाख १२ को शक्तिशाली भूकम्प र अनुकम्पनमा करिब ९ हजारले ज्यान गुमाएका थिए। ६ लाखभन्दा बढी घर पूर्ण रुपमा क्षति भएको थियो।

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।