Thursday 28 Magh, 2072 |
Menu

अर्थ

istl

'शंकर डाक्टर'का अनेक सपना

(0 votes)
'शंकर डाक्टर'का अनेक सपना
काठमाडौं- लाजिम्पाटस्थित थिएटर भिलेजको मञ्चमा कलाकारले मंगल धुन बजाइरहेछन्। नकारात्मक सोच र चिन्तनले जकडिएको वर्तमान परिवेशलाई शुद्धीकरण गरिरहेको छ यसले। बत्तीको झिलिमिलीले प्रेक्षालयमा खचाखच दर्शकहरूको ध्यान खिचिरहेको छ। सधैंजस्तो नाटक मञ्चन गरिने यहाँको माहोल बेग्लै छ।
nepalipatro-nagarik
बिहीबार भिलेजमा नाटक महोत्सव थिएन। त्यहाँ कुनै प्रहसन मञ्चन गर्न लागिएको थिएन। जीवनका पाँच दशकभन्दा बढी झापा तथा पूर्वी पहाडका ग्रामीण भेगमा निस्वार्थ सेवा गरेर लाखौं बिरामीको जीवनलाई मंगल बनाएका वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. शंकरप्रसाद उप्रेतीको 'जीवन एक सपना' संस्मरण लोकार्पण कार्यक्रम थियो। अध्यक्ष, प्रमुख अतिथि राख्ने परम्परा तोड्दै बिनाऔपचारिकता कार्यक्रम सुरु गरियो।

कार्यक्रम सञ्चालक अर्चना थापाले बोलाएपछि वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले वैदिक पराम्पराअनुरुप दियो बालेर कार्यक्रम आरम्भ गरे। डा. उप्रेती, काइँला र साहित्यकार कृष्ण धरावासीले संयुक्त रूपमा किताब सार्वजनिक गरे। काइँलाले किताबमा डा. उप्रेतीको जीवनका सांगोपांगो अनुभव समेटिएकाले भावी पुस्ताका लागि सिकाइ सामग्री हुने बताए।

'अहिलेसम्म मैले अतिथि भएर धेरै किताबका बारेमा आफ्ना विचार राखेको छु, तर, नढाँटीकन भन्नुपर्दा अधिकांश किताब पूरै नपढीकनै समीक्षात्मक टिप्पणी गरेको छु,' उनले भने, 'लामो समयपछि 'शंकर डाक्टर'को यो किताब मात्र पूरै पढेर टिप्पणी गरिरहेको छु। किताबको 'प्लट'ले नै तानेर पूरै पढेँ।' दाजु काइँला (डा. शंकर)ले भाइ काइँला (आफू)लाई निरन्तर काव्य सिर्जनामा लाग्न प्रेरित गरे पनि त्यसलाई आफूले पूरा गर्न नसकेको उनको भनाइ थियो।

'उहाँले मलाई दैविक आराधना सम्झेर हरेक दिन कविताका केही लाइन लेख्न सल्लाह दिनुभएको थियो, तर, मैले त्यसलाई पूरा गर्न सकिनँ,' उनले सम्भि्कए, 'नसकेर वा लेखेको चित्त नबुझेर काव्य सिर्जनामा निरन्तर लाग्न सकिनँ।' उहाँले दिएको एउटा सल्लाह पनि मान्न नसकेकोमा आफूलाई ग्लानी हुने गरेको र अहिले उहाँको किताबबारे बोल्न पाउँदा गौरबान्वित भएको उनले बताए।

तेह्रथुमको चुहानडाँडामा जन्मिएका उप्रेतीले बाल्यकालमै गाउँबाट भागेर भारतमा विद्यालय शिक्षा तथा एमबिबीएस पास गरेर नेपाल फर्किएपछि लामो समयसम्म पूर्वी नेपालमा गाउँ–गाउँमा पुर्याभएको परोपकारी स्वास्थ्य सेवा महान रहेको विचार काइँलाले व्यक्त गरे। 'शंकर डाक्टरले एमबिबीएस पढ्न सुरु गर्नुभन्दा पहिले नै पढाइ पूरा गर्नासाथ ईश्वरलाई साक्षी राखी गाउँ फर्केर ५० वर्षसम्म विपन्न बिरामीको सेवा गर्ने भनी वाचा गर्नु भएको रहेछ, त्यही भएर उहाँले उच्चशिक्षा पढ्नुभएन,' काइँलाले भने, 'उहाँले कुनै पनि बिरामी जाँचेको शुल्क लिनुभएन, गरिब बिरामीलाई बिनापैसा औषधी दिएर पठाउनुहुन्थ्यो। बुढ्यौलीले छोए पनि आफूले कबोल गरेको ५० वर्ष पुर्याेएपछि मात्र उहाँले गाउँमा बिरामी जाँच गर्न छाडेर बल्ल छोराबुहारी (सञ्जीव उप्रेती र अर्चना)सँगै काठमाडौं बस्न थाल्नुभयो।'

डा. उप्रेतीमा उच्च आध्यात्मिक चेतना रहेको प्रसंग उल्लेख गर्दै त्यही चेतनाले उनलाई पुण्य काम गर्न घच्घचाएको काइँलाको भनाइ थियो। 'उहाँलाई हेरेर जीवनलाई धार्मिक तथा आध्यात्मिक बनाउन नसकेकोमा मलाई कहिलेकाही बेकामे भइएछ जस्तो पनि लाग्छ,' उनले भने, 'विदेश जाने क्रममा जहाज चढ्ने दिन बिहान पशुपतिनाथमा गएर पूजाआजा गर्नुबाहेक अन्य बेलामा जीवन भोगवादी भएर चलेको छ। दिलोज्यान दिएर परोपकारी काममा लाग्नु त मेरो जीवनका लागि टाढाको कुरा नै भयो।' किताबमा उहाँका जीवनको बाल्यकालदेखि बुढ्यौलीसम्मको विभिन्न आयाम समेटिएकाले सबैका लागि प्रेरणादायी हुनुका साथै आध्यात्मिक जिज्ञासुका लागि समेत प्रेरक हुने उनले बताए।

साहित्यकार कृष्ण धरावासीले डा. उप्रेतीसँग आफूले बिताएका क्षण स्मरण गर्दै उनले चिकित्सा पेसालाई विशुद्ध सेवाको रूपमा अपनाएको बताए। 'उहाँ सामान्य एमबिबीएस डाक्टर हुनुहुन्थ्यो, तर, उहाँले विशेषज्ञ डाक्टरसरह नै विभिन्न रोगका बिरामीको उपचार गर्नुभयो। उहाँकहाँ आएका अधिकांश बिरामी बिसेक भएरै फर्किन्थे,' उनले भने। उहाँको सामाजिक, राजनीतिक र चिकित्सकीय व्यक्तित्व परोपकारबाट निर्देशित रहेको उनको भनाइ थियो। 'उहाँले आफूसम्बद्ध कुनै पनि क्षेत्रलाई निजी कमाइको साधन बनाउनु भएन, उहाँ हमेसा पारमार्थिक सोचबाट निर्देशित हुनुहुन्थ्यो,' उनले भने, '२०१७ सालमा एमबिबीएस गरेका उहाँले पूर्व–पश्चिम राजमार्ग बन्नुभन्दा पहिलदेखि नै झापाका दुर्गापुर, शनिश्चरेलगायत विभिन्न ग्रामीण क्षेत्रमा रहेर किसान, मजदुर र गरिबको उपचारमा जुट्नुभयो। काठमाडौं गएर डाक्टरी पेसा चलाउने मोह उहाँका कहिल्यै पलाएन।'

पिताजीले राम्रा अक्षरमा लेखेको पाण्डुलिपी आफूले फेला पारेर सञ्जीव र अर्चनालाई देखाएपछि संस्मरण लेख्न आग्रह गरेको लेखकले सुनाए। 'छाप्नकै लागि अनि छापेर पैसा कमाउन भनेर मैले संस्मरण लेखेको होइन, विगतको अनुभव टिपोट गर्दै जाँदा ८–१० वटा कपी भरिएपछि अर्चनाकै जिद्दी र पहलमा यसले किताबको रुप लिएको हो,' उनले भने।

प्रतिक्रिया

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...