Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

''सनी लियोनजस्तै देखिन्छौ' भन्दा चित्त दुख्छ'

(0 votes)
''सनी लियोनजस्तै देखिन्छौ' भन्दा चित्त दुख्छ'
वर्षा शिवाकोटी जति चर्चामा छिन्, त्यति धेरै काम गरेकी छैनन् । फिल्म 'नाइँ नभन्नू ल २' बाट अभिनयमा डेब्यू गरेकी उनलाई यही फिल्मले चर्चामा ल्याइदियो । तर, फिल्ममा उनको भूमिका चर्चा भएअनुसार थिएन । सोही फिल्मका कारण म्युजिक भिडियोमा भने उनलाई कामको चाप नै छ । वर्षासँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः
nepalipatro-nagarik
अहिले कामको खडेरी छ वा वर्षा भइरहेको छ ?

दुवै छैन भन्नुपर्ला । म्युजिक भिडियोको काम गरिरहेकी छु । फिल्म 'पशुपतिप्रसाद'को प्रमोसनमा पनि अलिअलि कुदिरहेकी छु । बल्ल ब्याचलरको फाइनल इयरको परीक्षा सकियो । अब दुईतीन वर्ष ढुक्क भएर काम गर्ने सोचमा छु ।

भनेपछि पढाइ र कामलाई सँगसँगै लग्दा गाह्रो भइरहेको थियो ?

हो नि । ब्याचलर जोइन नगरीकन अभिनयमा लागेको भए कुरा अर्कै हुन्थ्यो । तर, बीबीए पढ्दापढ्दै अभिनयमा लागेकी हुनाले दुवैलाई सँगसँगै अघि बढाउनु चुनौतीपूर्ण रह्यो । पढाइ र काम दुवै सँगसँगै गर्दा अलिअलि गाह्रो नै हुँदो रहेछ । पढाइमा दबाब हुन्थ्यो । ६–६ महिनामा परीक्षा दिनुपथ्र्यो । एकदम गाह्रो हुन्थ्यो । बल्ल फाइनल एक्जाम सकियो । अब फ्री भएँ । राम्रो कामको अफर आयो भने अब दुईतीन वर्ष राम्रैसँग लाग्ने सोच छ ।

पढाइमा त तपाईं 'फस्टगर्ल' रे !

त्यस्तै भन्नुपर्ला । स्कुलदेखि नै फस्ट हुँदै आइरहेकी हुँ । प्लस टूमा पनि फस्ट नै भएँ । ब्याचलरमा भने ब्याक लागेन, त्यस्तो राम्रो पनि भएन ।

त्यसो भए त यो क्षेत्रमा लाग्दा अभिभावकबाट 'पढाइ बिग्रिएला' भन्ने दबाब पनि खेप्नुभयो होला ?

हो नि । मेरो परिवारमै कला क्षेत्रमा लाग्ने म पहिलो हुँ । म चाहिँ सानैदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थेँ । पारिवारिक जमघट होस् या कुनै कार्यक्रम, म नाचिहाल्थेँ । तर, अभिभावकले भने पढाइको चिन्ता सधैँ गर्नुहुन्थ्यो । 'पढाइ पहिलो प्राथमिकतामा हुनुपर्छ' भन्नुहुन्थ्यो । अहिले पनि भन्नुहुन्छ । मैले जब फिल्म 'नाइँ नभन्नू ल २' मा छोटो भए पनि राम्रो भूमिकामा अभिनय गर्न पाएँ, त्यसपछि प्रतिक्रिया पनि राम्रै आयो । परिवारबाट पनि पढाइलाई असर नपारिकन काम गर्न सहयोगै मिलेको हो । मैले पनि अहिलेसम्म आफूलाई मेन्टेन गरिरहेकी छु ।

भूमिका छोटो समयको भए पनि तपाईं त्यो फिल्मबाट राम्रैसँग नोटिस्ड हुनुभयो है ?

त्यस्तै भन्नुपर्ला । निर्माण टिमबाट पनि मलाई 'डेब्यू हिरोइन' भनेरै प्रचार गरियो । पोस्टरमा पनि मेरो भूमिका मुख्य भएको झल्काउने खालकै तस्बिर राखियो । त्यही भएर धेरैले मलाई चिनेका हुन् । मेरा आफन्त, साथीभाइ पनि त्यतिबेला निकै उत्साहित थिए । पछि फिल्म हेरिसकेपछि भने निराश भएछन् । 'कति सानो रोल रैछ तिम्रो त' भनेर प्रतिक्रिया दिइरहेका थिए । तर, म खुशी नै थिएँ । मैले भूमिका चित्त बुझेरै अभिनय गरेको थिएँ । म फेरि यो क्षेत्रमा हिरोइन नै बन्छु भनेर आएको पनि त होइन । मलाई मन प¥यो र म कन्भिन्स्ड भएँ भने जस्तोसुकै भूमिका पनि काम गर्छु ।

त्यसरी 'नोटिस्ड' हुनुभएको मान्छे लामै समय फिल्ममा देखिनुभएन नि ?

फिल्ममा अफर नै नआएको त होइन । तर, पढाइका कारण थुप्रै रिजेक्ट गर्नुप¥यो । फेरि, म यो क्षेत्रमा नयाँ पनि थिएँ । त्यही भएर अलमलिएको पनि हो । केही काम गर्नुभन्दा अघि निर्देशक विकास आचार्य दाइसँग सल्लाह लिन्थेँ । हत्तपत्त फिल्ममा हात हाल्न पनि डर लाग्यो । बीचमा 'रामलीला' भन्ने फिल्ममा काम गर्ने कुरा पनि भयो । पछि त्यो फिल्म त्यत्तिकै भयो । त्यसपछि त झन् काम गर्नै निर्णय सुनाउनुअघि सोच्नुपर्ने देखियो । फिल्ममा काम नगरे पनि म्युजिक भिडियो त थुप्रै गरियो । करिब ५०–६० म्युजिक भिडियोमा अभिनय गरिसकेँ ।

'नाइँ नभन्नू ल २' मा खेल्ने मौका चाहिँ तपाईंलाई कसरी जुर्यो ?

दुई वर्ष अघिको कुरा हो । मिस्टर एन्ड मिसेस कलेजको कार्यक्रम भइरहेको थियो । मैले पनि नृत्य प्रस्तुत गरेकी थिएँ । त्यहाँ निर्णायकका रूपमा एकजना सञ्चारकर्मी पनि हुनुहुन्थ्यो । मेरो नृत्य हेरिसकेपछि उहाँले 'फिल्मको अफर आयो भने एक्टिङ गर्न सक्छौ ?' भनेर सोध्नुभएको थियो । म पनि फिल्ममा भन्नेबित्तिकै फुरुङ्ग भएर 'सक्छु' भनिदिएँ । पछि निर्देशक विकास आचार्य दाइ 'नाइँ नभन्नू ल २'का लागि एकजना 'फ्रेस केटी चाहियो' भनेर उहाँलाई भन्नुभएछ । मकहाँ कुरा आइपुग्यो । फिल्ममा सुरजसिंह ठकुरी, प्रियंका कार्की, जीवन लुईंटेल, सरोज खनाललगायत कलाकारको अभिनय छ भनेको सुन्दा उत्साहित भएँ । अनि, सीधै सुटिङ भइरहेको सेटमै गए । विकास दाइले पनि 'भनेको जस्तै फेस' भेटे भन्नुभयो । म त नर्भस भइसकेकी थिएँ । 'अभिनय गर्न सक्दिनँ होला' भने । विकास दाइले 'तिमी कन्फिडेन्ट मात्र भएर आऊँ, अरू हामी गर्छौं' भन्नुभयो । त्यतिबेला फिल्मको छायांकन सकिनै लागेको थियो । त्यसरी मैले काम पाएकी हुँ ।

'नाइँ नभन्नू ल २'मा 'छोटो भूमिका रहेछ' भनेर गुनासो गर्नेहरू तपाईंको दोस्रो फिल्म 'पशुपतिप्रसाद'बाट सन्तुष्ट होलान् ?

'पशुपतिप्रसाद' पूर्णरूपमा चरित्रप्रधान फिल्म हो । त्यही भएर स्वाभाविक रूपमा यो फिल्ममा अभिनेता खगेन्द्र लामिछाने नै फोकस हुनुहुन्छ । तर, मेरो भूमिका पनि कमजोर छैन । मेरो क्यारेक्टर अलिकति सस्पेन्स नै छ । त्यही भएर ट्रेलरमा झसक्क देखाइएको मात्र हो । 'हिरोइन पनि छ है फिल्ममा' भन्ने महसुस गराउनका लागि मात्र मलाई ट्रेलरमा देखाइएको हो । अरू दुईतीनजना प्रमुख पात्र त अझ देखाइएकै छैनन् । अर्को कुरा, म यो फिल्ममा 'लिडिङ हिरोइन' हुन्छु भनेर काम गरेको पनि होइन । कथा मनपरेर काम गरेकी हुँ । र, मलाई विश्वास छ यो फिल्मबाट मेरा शुभचिन्तकहरू पहिलेको जस्तो निराश नहोलान् । फिल्म हेरिसकेपछि मेरो चरित्रबाट 'कन्भिन्स्ड' होलान् भन्ने लागेको छ ।

'पशुपतिप्रसाद'को हिरोइन बन्ने अफर चाहिँ तपार्इंलाई कसरी आइपुगेको हो ?

'नाइँ नभन्नू ल २' र निर्देशक दीपेन्द्र के. खनालको फिल्म 'झोले'को पोस्टप्रोडक्सन एकै ठाउँमा भइरहेको थियो । त्यतिबेलै दीपेन्द्र दाइसँग मेरो भेट भएको थियो । उहाँले त्यतिखेर नै मलाई 'मेरो अर्काे फिल्ममा' भन्नुभएको थियो । त्यही कुरा अनुरूप पछि उहाँहरूले 'पशुपतिप्रसाद'मा मलाई लिनुभएको हो ।

तपाईं जो सँग काम गर्नुहुन्छ, त्यसले अर्कोलाई सिफारिस गरिदिन्छ है ?

त्यस्तै भन्नुपर्ला । मैले अहिलेसम्म अभिनय सिकेको पनि छैन । नाच्न चाहिँ सानैदेखि जान्दछु । 'एक्सप्रेसन'चाहिँ दिनसक्छु जस्तो लाग्थ्यो । तर, काम गर्दैै जाँदा सबैले स्विकारी नै रहनुभएको छ । जसकारण म पनि 'मोटिभेट' हुँदै गए । फिल्म 'सुब्बा साब'मा पनि सरोज खनाल दाइका कारण पुगेकी हुँ । नयाँ हिरोइनको खोजी भइरहँदा उहाँले मेरो नाम लिइदिनुभएछ । 'नाइँ नभन्नू ल २'मा सँगै काम गरेपछि उहाँ मबाट प्रभावित हुनुभएको क्यारे ।

तपाईं डेब्यू फिल्मबाट हुनुभयो । तर, चर्चा म्युजिक भिडियोमा छ नि ?

त्यो पनि हो । मैले सुनेको छु, धेरैले यो क्षेत्रमा चर्चा कमाउन लामो समय संघर्षदेखि गरिरहनुभएको छ । कतिले मसँगै पनि कुरा गर्नुहुन्छ । त्यो सुन्दा त म 'लक्की' रहेछु भन्ने महसुस हुन्छ । फिल्ममा पनि 'हिरोइन' नै नभई 'हिरोइन'का रूपमा चर्चा कमाउने सायद म नै होला ।

हामीकँहा हिरोइन भएपछि फिल्ममा 'लभ पर्ने', 'नाँच्ने', 'गाउने' सबै हुनुपर्छ भन्ने मान्यता छ । तपार्ईंलाई यस्तो चरित्रमा चाहिँ कहिले देख्न पाइन्छ ?

मलाई एउटा राम्रो कलाकार बन्ने इच्छा छ । खासमा अभिनय नै गर्न सक्दिनँ भनेर हिँडेको मान्छे हुँ म । तर, यहाँसम्म आइपुगेँ । प्रत्येक फिल्ममा आफूलाई निखार्दै लैजाने सोचमा छु । फिल्म 'सुब्बा साब'मा मलाई दर्शकले एउटा प्रेमिका, श्रीमतीदेखि बुहारीसम्म सबै रोलमा देख्न सक्नुहुनेछ ।

'रिल'मा त देख्न पाइने भो । रियलमा चाहिँ कहिले देख्न पाइने हो ?

अहिले बिहे गर्ने त कुरै छैन । करिअर बनाउनतिर लागेको छु ।

यति राम्री हुनुहुन्छ । मरिमेट्ने 'फ्यान' त थुप्रै होलान् ?

त्यस्तो हिट पनि भइसकेको छैन । ठूलो क्रेज बनिसकेको छैन् । बनाउने क्रममा छु । नढाटी भन्नुपर्दा अब त कसैले प्रस्ताव गरिहाल्यो भनेपछि जिस्केको जस्तो लाग्छ । 'फ्यान' ठानेर वास्तै गर्दिनँ । पहिले–पहिले कलेजमा जसरी प्रस्ताव आउँथ्यो, त्यसरी अहिले आउँदैनन् । कसैले गरिहाल्यो भने पनि मनैदेखि भनेको कि रमाइलो गरेको हो भन्ने 'कन्फ्युज' भइन्छ ।

फिल्म क्षेत्रमा त मोडल निराजन प्रधानसँग तपाईको प्रेम चर्चा पनि खुबै चल्यो ?

हो नि । तर, हामीबस्च त्यस्तो कुनै सम्बन्ध थिएन । म्युजिक भिडियो गर्ने क्रममा लगातार भेट भइरहने, भूकम्पको बेला राहत वितरण अभियानमा सँगै भएका कारण थुप्रैले नकरात्मक रूपमा चर्चामात्र चलाइदिएका हुन् । हामीले भ्यालेन्टाइन डेको बेला सँगै फोटोसुट गरेपछि पनि थुप्रैले शंकाको दृष्टिले हेरेछन् । तर, हामी मिल्ने साथीमात्र हौँ ।

तपाईं फिल्म क्षेत्रमा एक्कासी आइपुग्नुभयो । आफूले सोचेको भन्दा के फरक पाउनुभयो ?

राम्रा–राम्रा फिल्म बनिरहेको समयमा म यो क्षेत्रमा आइपुगेँ । स्थिति राम्रो भइरहेका बेला म यो क्षेत्रमा आइपुगेको जस्तो लाग्छ । बाहिरबाट यो क्षेत्रलाई जति नकरात्मक रूपमा हेरिन्छ, त्यस्तो छ जस्तो लागेन । थरीथरीका मान्छे भेटेँ । सबैलाई चिन्ने मौका पाइँदोरहेछ । 'सुब्बा साब'को सुटिङका क्रममा एक महिना चितवन बस्दा उपत्यका बाहिर कलाकारलाई ठूलो सम्मान हुँदोरहेछ भन्ने पनि थाहा पाएँ ।

तपाईंलाई के–के कुरामा चित्त दुख्छ ?

यो क्षेत्रको छाप नै यस्तरी बसेको छ कि आफ्नै मान्छेले पनि 'नेगेटिभ वे'मा हेरिदिन्छन् । त्यतिबेला चाहिँ दुःख लाग्छ । 'यो क्षेत्रमा लाइफ नै छैन । पढिरहेको मान्छे किन यहाँ अड्किएको होला' भन्दै कुरा काट्छन् । त्यतिबेला चित्त दुख्छ । सबैलाई कन्भिन्सड गर्न नै गाह्रो हुन्छ । अर्को कुरा, कलाकार भएपछि 'ओपन्ली' हिँड्न पाइँदैन रहेछ । साथीसँग घुम्न जाँदा होस् वा फेसबुकमा फोटो अपलोड र स्ट्याटस लेख्दा, निकै सचेत हुनुपर्दाे रहेछ । झन् केटासाथीसँग त हिँड्नै नहुने, 'यसको त योसँग लभ प¥यो' भन्दिहाल्छन् ।

तपाईंलाई थाहा छ, तपाईंको अनुहारलाई बलिउडका हिरोइनसँग दाँजेर हेर्छन् नि ?

किन थाहा नहुनु ? अस्ति भर्खर शुक्रवारमै 'ब्लोअप' छापिँदा थुप्रै अनलाइन र पत्रिकाले 'सनी लियोनजस्तो' भनेर छापे । मलाई पनि थुप्रैको प्रतिक्रिया त्यस्तै आयो । त्यतिबेला त मलाई एक घण्टामा ६ सयवटा फ्रेन्ड रिकवेस्ट आयो । हटाउँदाको सास्ती भयो । धेरैले मलाई कैट्रिना कैफ र जरिन खानजस्तो जस्तो पनि भन्छन् । कैट्रिनासँग दाँज्दा त खुशी लाग्छ । तर, सनीसँग दाँज्दा चाहिँ अलि दुःख लाग्छ । उनी नराम्री भएर त होइन, तर नराम्रो छापका कारण ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।