18 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

आगलागीमा रु‍‍‍‍‍‍‍ ३० लाखको क्षति

(0 votes)
गोरखा– गए राति छुट्टाछुट्टै दुई ठाउँमा आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको छ।
nepalipatr-april
गोरखा नगरपालिका–७ स्थित गोरखकाली कपास उद्योग र गोरखा नगरपालिका–१ स्थित बसपार्कमा रहेको शङ्कर टेलर्समा आगलागी भएको हो ।

कपास उद्योगमा आगलागी हुँदा कपासका साथै यन्त्र जलेर नष्ट भएको सञ्चालक सुरेन्द्र भन्तनाले जानकारी दिनुभयो । उद्योगमा तयारी सिरक र डसना पनि जलेर नष्ट भएको छ । आगलागीबाट रु २० लाख क्षति भएको बताइएको छ ।

त्यस्तै गए राति ११ बजे शङ्कर टेलर्समा इस्त्रीमा विद्युत् चुहावट भई आगलागी भएको अनुमान गरिएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै आगो नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केशव रेग्मीले जानकारी दिनुभयो । आगलागीबाट रु १० लाखको क्षति भएको जनाइएको छ । रासस

प्रतिक्रिया

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...

काम छ, रोजगार छैन

काम छ, रोजगार छैन

काठमाडौं–गाउँगाउँमा हजारौं स्कुल, लाखौं घर भत्केका छन् । सहरमा ठुल्ठुला भवन, सयौंको संख्यामा सार्वजनिक सम्पदाहरू भत्केका छन् । काम यति धेरै छ कि निरन्तर गरे पनि कैयन महिना लाग्न सक्छ।