1 Falgun, 2072 |
Menu

अर्थ

istl

फेसवुक प्रयोग गरी ठगी गर्नेलाई प्रहरीले यसरी पक्राउ गर्यो

  • सोमबार २७ पुष, २०७२
  • गिरिराज बाँस्कोटा
  • DISQUS_COMMENTS
(0 votes)
पाँचथर–पछिल्ला दिनमा डाक्टर वनेर, डिआइजीको छोरी भन्दै विकसित प्रविधिको प्रयोग गर्दै ठगी गरेका घटना सार्वजनिक भइरहेका छन्। फेसबुक लगायतका सामाजिक सञ्जालनको सही किसिमले प्रयोग गर्न नसक्दा ठगिएका घटना सार्वजनिक भइरहेका छन्।
nepalipatro-nagarik
यही क्रममा फेसबुकबाट विभिन्न वहाना बनाएर फसाउदै एक युवतीसँग तीन लाख रुपैयाँ लिएर वेपत्ता बनेका एक युवकलाई प्रक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सफल भएको छ। आफू अष्टे«ेलिया बसेर आएको भन्दै आफ्नो जालमा फसाई पटक पटक गरी तीन लाख एक हजार सात सय रुपैयाँ पठाउन लगाएर गायव भएका फेसबुकमा निश्चल शर्मा नाम राखेका झापा खुदुनावारी–७ घरभई काठमाडौं र नबलपरासी बसी ठगी गर्दै आएका भविन्द्र सुवेदीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ। फेसबुकबाट चिनजान, फोनमा बोलचाल भएपनि देखा भेटनै नभएको मान्छेलाई पैसा पठाएकी युवतीले झण्डै एक महिना पछिमात्र ठगिएको थाहा पाएकी थिइन्।

निश्चल शर्मा फेसकुक एकाउन्ट उनले बन्द गरी नम्बर समेत नलाग्ने बनाएपछि पीडित युवती १५ दिन अघि जिल्ला प्रहरी कार्यालयमा आएकी थिइन्। फेसकुक बन्द गरेको तथा नम्बर समेत नचलाएको अवस्थामा १५ दिनको अनुसन्धानमा उनलाई पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। झापा स्थायी घरभएपनि बस्ने ठेगान नभएको तथा पीडित युवतीलेसमेत नभेटेपनि प्रहरीले १५ दिनको अनुसन्धानमा उनलाई पक्राउ गरेको हो। प्रहरीलाई ठगी गर्ने युवकलाई पहिचान गर्न केही समय लगाएको थियो। सुरुमा काठमाडौँ बस्ने बताइएपनि प्रहरीले नवलपरासी आसपासमा रहेको आंशकामा अनुसन्धान गरेको थियो।

फेसबुकबाट चिनजान भएपछि युवतीलाई विभिन्न आस्वासन देखाएर झक्याएका युवकले प्रहरीले यस्तै वाहाना पारेर आफूलाई नियन्त्रणमा लिएको पत्तै पाएनन्। प्रहरीले नवलपारासी, काठमाडौँ हुदैँ विर्तामोड आएपछिमात्रै युवकले पक्राउ गरेको पत्ता पाएका थिए। 'युवतीलाई ठगेपछि फेसबुक एकाउण्ट वन्द गरेर मोवाईल नम्बर समेत फ्याकेपछि ढुक्क भएर वसेका अवस्थामा अनुसन्धान गरी पत्ता लगाइएको हो। देशका विभिन्न ठाँउमा घुमन्ते भएर बसेको युवकलाई पत्ता लगाएर नियन्त्रणमा लिनु ठुलो सफलाता हो,'डिएसपी कोइरालाले भने, 'अरुपनि ठगिएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको छ। चाँडै नियन्त्रणमा लिन सकिएकाले सम्भावित ठगीहरुबाट जोगाउन सकिएको छ।' पीडितकै आग्रह भन्दै प्रहरीले युवतीको नाम, ठेगाना गोप्य राखिको छ। प्रहरीले सोमबारनै जिल्ला अदालत पाँचथरबाट अनुसन्धानका लागि म्याद थप भएको छ। ठगी अभियोगमा प्रहरीले मुद्दा अघि बढाउने भएको छ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।