Sunday 2 Falgun, 2072 |
Menu

अर्थ

istl

नितालाई छाडेर सम्पदातिर ?

(0 votes)
नितालाई छाडेर सम्पदातिर ?
काठमाडौं–राजनीतिमा एउटा कथन छ, 'कोही स्थायी शत्रु र मित्र हुँदैन।' यो कथन मनोरञ्जन क्षेत्रमा पनि लागू हुन्छ। एक समय थियो, अभिनेत्री अनु शाह र निता ढुंगाना असाध्यै मिल्थे। हरेक कार्यक्रममा एक साथ पुग्थे, फुर्सदको समय सँगै बिताउँथे।
nepalipatro-nagarik

आफूहरू एकदमै निकट साथी रहेको र अरू कोही साथी नभएको बताउँथे । तर, यो मित्रता लगभग सकिए जस्तो छ । स्रोतका अनुसार अब यी दुईबीच 'हाई–हेल्लो'को सम्बन्धमात्र छ । निता प्रेमी आमेश भण्डारीसँग 'डेटिङ'मा छिन् । 'प्रेमी पाएपछि साथी छाडेर जानेहरूसँग केको मित्रता गाँस्नु ?' एक कार्यक्रममा अनुले घुमाउरो शैलीमा व्यंग्य पनि गरेकी थिइन् । अनु अचेल नितालाई छाडेर मोडल सम्पदा बानियासँग नजिकिएकी छिन् । प्रायः कार्यक्रममा अनु र सम्पदा सँगै देखिन थालेका छिन् ।

यतिसम्म कि आफ्नो फिल्मको कार्यक्रममा पनि अनु सम्पदालाई लिएर जाने गर्छिन् । भर्खरै सम्पन्न डी सिने अवार्डमा पनि उनी सम्पदासँगै पुगेकी थिइन् । त्यहाँ एउटै हलमा बसे पनि निता र अनु बोलेको देखिएन । निता ब्वाइफ्रेन्ड आमेशसँगै रमाइरहेकी थिइन्, अनु सम्पदासँग । 'अनु अब नितालाई छाडेर सम्पदातिर ?' फिल्मकर्मी ठट्टा गरिरहेका थिए ।

प्रतिक्रिया

नियमित हुँदापनि इन्धन अभाव कायमै

नियमित हुँदापनि इन्धन अभाव कायमै

धनगढी–सुदुरपश्चिमका लागि नेपाल आयल निगम क्षेत्रीय कर्यालय धनगढीलाई भारत आयल कर्पोरेशनका बनथरा डिपोले डेढ महिनादेखि कोटा अनुसारको तेल नियमित दिइरहेको छ। अघोषित नाकाबन्दी हुनु भन्दा पहिले जस्तै कोटाअनुसार तेल आयात...

अमेरिका त्यागेर गाईपालन

अमेरिका त्यागेर गाईपालन

तिलोत्तमा (भैरहवा)- प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे।

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।