Monday 17 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

पश्चिमका पाँच जिल्लामा थारु युवाले शक्ति प्रदर्शन गर्ने

(0 votes)
दाङ- थरु युवा स्वयंसेवक दस्ताले पुस २९ गते युवा शक्ति प्रदर्शन गर्ने भएको छ। दाङमा आयोजित दस्ताको केन्द्रीय संयोजक बैठकले आउँदो बुधबार दाङदेखि कञ्चपुरसम्मका पाँच जिल्लामा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो।

nepali-patro-may
बैठकले दाङको त्रिपुरा नगरपालिका, बाँकेको कोहलपुर, बर्दियाको राजापुर, कैलालीको धनगढी र कञ्चनपुरको बेलैरीमा युवा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय संयोजक महावीर चौधरीले जानकारी दिए। उनका अनुसार पाँच वटै जिल्लामा हजारौं युवाहरुले रातो पट्टि बाँधेर मार्च पास गर्नेछन्।

हालै दाङमा आयोजित युवाहरुको राष्ट्रिय भेलाले चौधरी नेतृत्वमा थारु स्वयंसेवक दस्ता गठन गरेको थियो। त्यसपश्चात चौधरीले यी पाँच वटै जिल्लामा जिल्लामा समिति गठन गरेका छन्। सोही जिल्ला समितिको संयोजनमा पुस २९ गते युवाहरुको शक्ति प्रदर्शन गर्ने तयारी रहेको संयोजक चौधरीले बताए।

'थारुहरु विगत चार महिनादेखि आन्दोलनमा छन्। हाम्रो माग पूरा नभएसम्म थारु आन्दोलन जारी नै रहेको सन्देश दिन शक्ति प्रदर्शन गर्न लागिएको हो,' संयोजक चौधरीले भने।

प्रतिक्रिया

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।