Monday 17 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

रक्सौलमा रोकिएका बुलेट 'रिरुट' गरी ल्याइँदै

(0 votes)
काठमाडौं- भारतीय नाकाबन्दीपछि वीरगन्जको रक्सौल नाकामा रोकिएका ग्यास बुलेट 'रिरुट' गरी काठमाडौं भिœयाइने भएको छ। भारतको रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा अलपत्र २ सय ८ बुलेटमध्ये १ सय ८ ग्यासका बुलेट रिरुट गरेर काठमाडौं ल्याउने तयारी भएको छ। त्यसमध्य ८४ वटा नाका परिवर्तन गरी सुनौली–भैरहवाबाट ल्याउने निश्चित भइसकेको छ। बाँकी बुलेट पनि विभिन्न नाकाबाट ल्याउने योजना रहेको निगम स्रोतले जनाएको छ।

nepali-patro-may
भारतले नाकाबन्दी गर्नासाथ रोकिएका ती बुलेटको भारत र नेपाल दुवैपट्टिको भन्सार जाँचपास भइसकेको छ। नाकाबन्दीले नेपाल र भारतपट्टि रोकिएका १ सय ८ बुलेटको रक्सौल र वीरगन्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसके पनि रिरुट गरेर भिœयाउने आयल निगमले जनाएको छ।

'रक्सौल–वीरगन्ज नाकामा रहेका बुलेटलाई रिरुट गरेर ल्याउन सके काठमाडौंको अहिलेको मागलाई धेरै सम्बोधन गर्न सकिन्छ,' ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने। १ सय ८ बुलेटबाट ७.१ किलो (आधा) भरेर २ लाख ७० हजार सिलिन्डर बजार पठाउन सकिन्छ। यो परिमाणले ग्यासको अभाव झेलिरहेका सर्वसाधारणलाई केही राहत हुने उद्योगीको भनाइ छ।

उद्योगीले रक्सौलमा भन्सार तिरेको कागज अन्य भारतीय नाका भन्सार कार्यालयलाई देखाएर बुलेट ल्याउने प्रयास थालेको बताएका छन्। 'रक्सौल भन्सारलाई दस्तुर तिरेको बेहोरा उल्लेख भएको चिठी बनाउन लगाएर अन्य नाकाबाट ग्यासका बुलेट ल्याउन सकिन्छ,' नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने, 'केही नाकाबाट रिरुटको काम सुरु भइसकेको छ,।'

भारतीय भन्सार अधिकारीले यसअघि एउटा भन्सारले असुलिसकेको दस्तुर देखाएर अर्को नाकाबाट सामान लैजान दिन तयार रहेको उद्योगी र आयल निगमलाई बताइसकेका छन्। ग्यास बिक्रेताले पनि उपत्यकामा ग्यासको चरम अभाव भइरहेका बेला नाकामा रोकिएका बुलेटलाई जसरी भए पनि नेपाल ल्याउन पहल थाल्नुपर्ने बताएका थिए।

'उपत्यकामा खाना पकाउने ग्यासको अभावमा सर्वसाधारणको दैनिकी ज्यादै कष्टकर बनिसकेको ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए। 'निगमले जसरी भए पनि वीरगन्ज नाकामा रोकिएका बुलेट काठमाडौं भित्र्याउन पहल थाल्नु पर्छ,' उनले भने, 'उद्योगीले पैसा तिरेर ल्याएको ग्यासका बुलेट भारतमा लामो समय रोकेर राख्नु गलत हो।'

निगम स्रोतका अनुसार रक्सौलमा रोकिएका ग्यास बुलेट रुपन्देहीको–बेलहिया नाकाबाट नेपाल भित्रन सुरु गरेका छन्। रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट वीरगन्जबाट भित्रिन नसकेपछि रिरुट अनुमति लिएर भैरहवाको बेलहिया नाकाबाट भित्र्याउने पहल भएको हो।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज नाकामा अवरोध जारी राखेका कारण रुट बदलेर ग्यास बुलेट नेपाल भित्र्याइएको आयल निगमले जनाएको छ। अवरोधका कारण तीन महिनाभन्दा बढी समयदेखि ग्यास बुलेट भारतको रक्सौल नाकामा रोकिएका थिए।

'रक्सौलमा रोकिएका कति बुलेट बेहलिया नाकाबाट भित्रिने हो, त्यो त थाहा भएन तर रिरुट अनुमति लिएका १५ बुलेट भैरहवा नाकाबाट नेपाल प्रवेश गरिसकेका छन्,' निगम स्रोतले भन्यो।

यसअघि पनि नेपाल आयल निगमको अनुरोधमा पूर्व तथा तराईका जिल्लामा आएको ग्यास उद्योगीले रिरुट गरेर काठमाडौं ल्याएका थिए। 'भारतबाट भित्रिएको ग्यास बुलेटमध्ये ७० प्रतिशत काठमाडौं ल्याउने र ३० प्रतिशत स्थानीय स्तरमै खपत गर्ने निर्णय भएको थियो,' निगमका प्रवक्ता घिमिरेले भने, 'त्यसरी पनि काठमाडौंमा ग्यास भिœयायौं।'

उनका अनुसार अहिले वीरगंजमा रोकिएर बसेका बुलेट काठमाडौं ल्याउने काम अघि बढेको छ। 'केही नाकाबाट आउन सुरु गरिसक्यो,' उनले भने, 'अझै अन्य नाकाबाट पनि ल्याउने पहल भइरहेको छ।' निगमका अनुसार यदि उक्त ग्यास काठमाडौै ल्याउन सकिए, हाल देखिएको अभावलाई धेरै कम हुन्छ।

प्रतिक्रिया

बजेटप्रति कर्णालीबासीको आक्रोश

बजेटप्रति कर्णालीबासीको आक्रोश

जुम्ला- तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारले कर्णालीको विकासलाई प्रभावकारी रुपमा अघि बढाउने नाममा कर्णाली विकास आयोग गठन गर्योन। त्यसपछि बनेका सरकारले आयोगलाई अपहरण गरी एउटा शाखामा खुम्च्यायो। जसको नेतृत्व राष्ट्रिय...

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...