Tuesday 21 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

चिनियाँ 'मामा' खोज्दै प्रहरी

(0 votes)
चिनियाँ 'मामा' खोज्दै प्रहरी
काठमाडौं- आठ वर्षदेखि नेपालमा बस्दै आएका विक्रम र विवेक मित्तलको देखिने व्यवसाय सुन कारोबार हो। न्युरोडस्थित 'भाग्यलक्ष्मी ज्वेलर्स' का सञ्चालक यी दाजुभाइको असली धन्दा भने प्रहरीले शुक्रबार मात्र खोलिदियो।


nepalipatr-april
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार भारत, पश्चिम बंगालका मित्तल दाजुभाइ चिनियाँ र भारतीय व्यापारीसँग मिलेर 'वैध व्यापारको आवरणमा सुन तस्करी' मा संलग्न रहेछन्।

प्रहरीले शुक्रबार साढे नौ किलो सुनसहित मित्तल दाजुभाइ र उनीसँग तस्करीको सुन किन्न आएका भारतीय नागरिक भागीरथ चौधरीलाई पक्राउ गरी सुन तस्करीको जालो केलाउन थालेको छ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल प्रारम्भिक अनुसन्धानमा उनीहरु सुन व्यापारीको आवरणमा लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको बताउँछन्। उनका अनुसार चीनमा रहेका 'मामा' नामका व्यक्तिले नेपाली भरियामार्फत सिन्धुपाल्चोकको तातोपानी नाकाबाट भन्सार छलेर सुन काठमाडौं पठाउने र मित्तल दाजुभाइले स्थानीय बजार र भारतसमेत पठाउने गरेका थिए।

मित्तल दाजुभाइसँगै पक्राउ परेका चौधरी तस्करी सुन बजार पठाउने मुख्य सहयोगी हुन्। मित्तलसँग तस्करीको सुन लिएर अन्य कारोबारीलाई बिक्री गर्ने गरेको खुलेपछि प्रहरी उनीहरुलाई भन्सार छलीमा कारबाहीनिम्ति राजस्व विभागमा नबुझाई संगठित अपराध ऐनअनुसार अनुसन्धान गरी उनीहरुको जालो केलाउन केन्द्रित छ।

'मित्तलले चीनबाट तस्करीको सुन मगाउने र चौधरीले अन्य कारोबारीसम्म पुर्यानउने गरेको अनुसन्धानमा देखिएको छ,' खनालले भने,

'तस्करीको सुन खरिदबिक्रीमा अन्य सुन कारोबारीको संलग्नताबारे अनुसन्धान अगाडि बढाइसकेका छौं।'

सुनचाँदी व्यवसायीका अनुसार नेपालमा दैनिक ४० किलो सुन खपत हुने गरे पनि वैधानिक रुपमा बैंकहरुले नेपाल भिœयाएको सुन बिक्दैन। १६ वाणिज्य बैंकले राष्ट्र बैंकसँग अनुमति लिएर दैनिक १५ किलो सुन बिक्रीका लागि नेपाल भिœयाउँदै आए सुन कारोबारीले वैध सुन किन्दैनन्। तस्करीको सुनले बजार धानेको छ, भारतसमेत पुग्ने गरेको छ।

सुनतस्करीको जालो तोड्न प्रहरीले बेलाबखत गर्ने अप्रेसनक्रममा तस्करीको सुन बजारमा पठाउन र भारत तस्करी गर्नेमा अधिकांश वैधानिक रुपमा सुनचाँदी कारोबारको अनुमति लिएकाहरु पक्राउ पर्ने गरेका छन्।

अपराध महाशाखाले दुई वर्षअघि सुनतस्करीमा संलग्न १३ जनाको समूहलाई पक्राउ गर्दा चार जना सुन व्यापारी नै थिए। चीनको तस्कर समूहसँग मिलेर सिन्धुपाल्चोकको तातोपानी नाकाबाट सुन तस्करीमा संलग्नता अभियोगमा प्रहरीले ६ किलो सुनसहित न्युरोड टेबहालमा रहेको बालाजी एन्ड सन्सका सञ्चालक बालु जगन्नाथ धांगे द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्य र संगम ज्वेलर्सका सञ्चालक रमेश खड्का पक्राउ परेका थिए।

अनुसन्धानमा पक्राउ परेकाहरु सुन ल्याउने भरियादेखि सुन किन्ने प्रमुख व्यक्तिसमेत रहेको खुलेपछि महाशाखाले उनीहरुलाई राजस्व अनुसन्धान विभागमा बुझाएर आफूले संगठित अपराधमा अनुसन्धान सुरु गरेको थियो। सरकारी वकिलको कार्यालयले संगठित अपराधमा मुद्दा अगाडि बढाउन अस्वीकार गरेपछि विवादमा तानिएको यस घटनाबारे अहिले सार्वजनिक लेखा समितिले अनुसन्धान गरिरहेको छ।

यसअघि जिकेजी ज्वेलर्सका सञ्चालक सुन र डलर तस्करीमा तानिएका थिए। २०६९ असोज १९ मा दुबई जान विमानमै पुगिसकेका विनोदकुमार सोनीलाई नियन्त्रणमा लिएर जाँचगर्दा एक करोड २४ लाख बराबरको विभिन्न देशका मुद्रा फेला परेको थियो। उक्त घटनाको अनुसन्धानमा विमानस्थलका तत्कालीन एसएसपी रविराज श्रेष्ठसँगै जिकेजीसमेत जोडिएको थियो।

विशालबजारस्थित सिल्भर क्विनका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको थियो।

सरकारले वैध रुपमा ल्याएको सुन बिक्री नहुँदा पनि सुन अभाव नहुनुले बजारमा तस्करीको सुन फैलिएको देखिएकाले तस्करीमा संलग्न समूह र व्यक्ति, पहिल्याउन सबै कोणबाट अनुसन्धान सुरु भएको एसएसपी खनालले जानकारी दिए।

चीन, नेपाल र भारतका नागरिकको संलग्नतामा सुन तस्करी हुने गरेको खुले पनि अधिकांश नेपाली भरिया मात्रै पक्राउ पर्ने गरेका छन्। काठमाडौंमै बसेर सुन तस्करीमा संलग्न भारतीय नागरिक पक्राउ परे पनि चिनियाँ नाइके भने समातिएका छैनन्।

अनुसन्धानमा मित्तल समूहका मुख्य व्यक्ति चिनियाँ नागरिक मामा रहेको खुलेको छ। पक्राउ अभियुक्तबाट उनको नाम खुले पनि पूर्ण परिचय खुल्न नसक्दा गिरोहका मुख्य व्यक्ति पहिचान कठिन देखिन्छ।

चिनियाँ नागरिक मामाले सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्थलमार्गबाट नेपाली भरियामार्फत काठमाडौ, कलंकीसम्म सुन पठाउने र मित्तल समूहले सोही सुन स्थानीय बजार र भारतीय कारोबारीलाई दिने गरेको प्रहरी अनुसन्धानमा खुलेको महाशाखाका अधिकारी बताउँछन्।

पक्राउ अभियुक्तबाट खुलेको विवरणका आधारमा सुन तस्करीमा सक्रिय चिनियाँ नागरिकको समेत खोजी गरिने एसएसपी खनाल बताउँछन्। एजेन्ट मात्र पक्राउ गर्दा तस्करीको जालो कायमै रहने सुनाउँदै उनले चिनियाँ नागरिकबारे इन्टरपोलमार्फत जानकारी माग्ने तयारी गरिएको जानकारी दिए।

प्रतिक्रिया

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।