Monday 17 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

निसानामा सालिक

(0 votes)
निसानामा सालिक

पोखरा- राजधानी उपत्यकासँग पोखरालाई जोड्ने पृथ्वी राजमार्गको शून्य किलोमिटर जहाँ छ त्यहाँ केही वर्षअघिसम्म पृथ्वीनारायण शाहको सालिक थियो। थुप्रै स्वदेशी पर्यटक आफू पोखरा आएको सम्झना साँचिराख्न सालिकअगाडि फोटो खिच्थे। सालिक उभ्याइएको सानो पार्कमा सामान्य बार भए पनि गेट खुलै हुन्थ्यो र पर्यटकलाई फोटो खिच्न अप्ठ्यारो थिएन। अहिले भने चोकको दृश्य फेरिएको छ। पृथ्वीनारायणको ठाउँमा लखन थापाको सालिक छ। पर्यटकले फोटो खिच्न जाने गेटमा ताल्चा छ।

nepali-patro-may
मुलकको राजनीतिक दृश्य र यहाँको दृश्य फेरिएको सँगसँगै हो। २०६२/६३ को जनआन्दोलन क्रममा तत्कालीन विद्रोही माओवादीले राजा पृथ्वीनारायणको सालिक उखेेलेको थियो। सालिक उखेलिएको वर्ष दिनभन्दा धेरै समय त्यो ठाउँ बुच्चो रह्यो। त्यही बुच्चो ठाउँमा पछि प्रथम सहिद लखन थापाको सालिक ठड्याइएको हो। थापाको सालिक बनेयता यो चोकको नाम नै दोधारमा परेको छ। जनजाति आन्दोलनमा सक्रियहरु यसलाई लखनचोकको नामले सम्बोधन गर्छन् भने अरूले पृथ्वीचोक नै भन्छन्। स्थानीय पसलमध्ये बहुसंख्यकका नेमप्लेटहरुमा पृथ्वीचोक नै उल्लेख छ भने कतिले लखनचोक पनि लेखेका छन्। बस र ट्याक्सीमध्ये कतिले पृथ्वीचोक लेख्छन्, त कुनैले लखनचोक लेखेका छन्। कतिपयले पृथ्वीचोक/लखनचोक पनि लेखेका छन्।

सिर्जनाचोकमा सडक विभागले राखेको एउटा बोर्ड छ, जसले त्यसपछि आउने चोकहरुको दिशा देखाउँछ। त्यो बोर्डमा पूर्वीदिशा देखाउँदै लेखिएको छ—पृथ्वीचोक। मुस्ताङचोकबाट उत्तरी दिशा संकेत गर्दै लेखिएको बोर्डमा पनि पृथ्वीचोक नै उल्लेख छ। सडक कार्यालयले सडकमै राखेको बोर्डमा मात्रै होइन, सरकारी कार्यालयले अझैसम्म पनि लखन थापाको सालिक ठडिएको चोकलाई पृथ्वीचोककै मान्यता दिइरहेका छन्। स्थानीय व्यवसायीले बनाएको संगठनको नाम पनि पृथ्वी व्यवसायी समिति भन्ने नै छ।

माओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला २०६९ फागुन १ गते लखन थापाको सालिक अनावरणसमेत गरेका थिए। त्यतिबेला उनले लखनचोकलाई सरकारी मान्यता दिलाउने आश्वासनसमेत दिएको मगर संघ, कास्कीका अध्यक्ष पूर्ण रानामगर सम्झन्छन्। प्रधानमन्त्रीले नै बोलेर गएको कुरा पनि कार्यान्वयन नभएकोमा उनको गुनासो छ। राना त्यही संघका अध्यक्ष हुन् जसले लखनको सालिक ठड्याउन झन्डै १८/२० लाख रुपैयाँ संकलन गरेर खर्चेको थियो। उनी भन्छन्, 'अब सरकारी मान्यताका लागि लबिङ गर्छाैं।' यसै वर्ष सरकारले लखन थापालाई प्रथम सहिदको मान्यता दिएकोमा भने उनी खुसी छन्। अब लखनचोकले पनि मान्यता पाउला भन्ने आस उनमा छ।

राजा महेन्द्रले पोखरालाई काठमाडौंसँग जोड्ने राजमार्ग २०२८ सालमा निर्माण गरेपछि त्यसको नाम आफ्ना पुर्खा पृथ्वीनारायणको नाममा अंकित गर्न लगाएका थिए। राजा पृथ्वीनारायणको जन्म जिल्ला गोरखाको नजिकनजिक हुँदै यो राजमार्ग बनेको छ। राजा पृथ्वीनारायण शाहको सालिकको ठाउँमा जसको सालिक ठड्याइएको छ, लखन थापा पनि गोरखाकै हुन्। राणाको विरोधमा लाग्दा सरकारी निसानामा परेका लखनलाई सामान्य ज्ञानका किताबमा प्रथम सहिदको दर्जा मिलेको धेरै वर्षसम्म पनि सरकारी मान्यता भने मिलेको थिएन। मगरलगायत जनजाति समुदायले उनलाई प्रथम सहिद घोषणा गर्न गर्दै आएको माग यो वर्षमात्रै आएर सरकारले पूरा गरेको हो।

पृथ्वी राजमार्ग निर्माण पूरा भएको एक दुई वर्षपछि नै सरकारी खर्चमा निर्माण स्तम्भ र राजा पृथ्वीनारायण शाहको सालिक यो ठाउँमा राखिएको थियो। त्यसपछि नै स्थानीयले पृथ्वीचोक भन्न थालेका हुन्। चिनियाँ सहयोगमा सेती नदीमाथि पुल निर्माण भएको र नजिकै चिनियाँहरुको क्याम्प पनि बसेकाले पुराना पोखरेलीहरु यसलाई चाइना चोक पनि भन्छन्। पछिल्लो पुस्ता भने चोकलाई कुन नामले पुकार्ने भन्ने दोधारमा छन्। पृथ्वीचोक भनेर भन्दा गणतन्त्र विरोधीको कित्तामा परिएला कि भन्ने छ भने लखनचोक भनेर भन्दा जनजाति आन्दोलनको पृष्ठपोषण गरेको भन्ने आरोप लाग्दा भन्ने भय छ। 'एउटा ट्याक्सी ड्राइभरलाई पृथ्वीचोक जाने हो? भनेर सोधेको त मुन्टो बटार्योभ,' स्थानीय सुमन पौडेलले सुनाए, 'यसो घोरिएर फेरि लखनचोक भनेँ अनि ए, त्यसो भन्नुस् त पो भन्यो।'

संघीयता र जनजाति आन्दोलनको स्वर केही मसिनो हुन थाल्दा भने चोकमा फेरि पृथ्वीनारायण शाहकै सालिक पुनर्स्थापना गरिनुपर्ने र पृथ्वीचोकै कायम गरिनुपर्नेजस्ता बहस पनि हुन थालेका छन्। बुद्धिजीवी सुरेन्द्र थापामगर पृथ्वीनारायण शाह र लखन थापाको आआफ्नै योगदान रहेकाले दुवैको सम्मान हुनुपर्ने विचार राख्छन्। भन्छन्, 'पृथ्वीनारायण शाह मात्रै होइन, लखन थापाको योगदानको पनि कदर हुनुपर्छ भन्ने आवाज उठेर जनआन्दोलनकारीले बेला शाहको सालिक ढलाए।' त्यो त्यतिखेरको राप र तापको घटना भएकाले अहिलेको सन्दर्भमा फरक ढंगले सोच्नुपर्ने उनको भनाइ छ। पृथ्वीनारायण शाहले देशको विविधतालाई विपत्तिका रुपमा बुझेकैले उनीप्रति आक्रोश उठेको मान्छन् उनी। अरूका संस्कृतिलाई आत्मसात नगरी सबैलाई आफूजस्तै बनाउने उनको ध्याउन्नले गर्दा धेरै समुदायको पहिचान गुमेको उनको विश्लेषण छ। तर, नेपाली भूगोल संरक्षणका लागि पृथ्वीनारायणले लगाएको गुनको अवमूल्यन गर्न हुँदैन भन्ने मतसँग उनी पनि सहमत छन्। भन्छन्, 'चोकमा सालिक पृथ्वीनारायणको मात्रै होइन कसैको पनि ठड्याउन उचित हुँदैन, छुट्टै पार्क बनाएर राख्नुपर्छ।' सडकका चोकचोकमा सालिक ठड्याउँदा सवारी आवागमनमा अप्ठेरो पर्ने हुँदा वैज्ञानिक तवरले व्यावहारिक व्यवस्थापन गर्न उनी सुझाउँछन्। लखन थापा, पृथ्वीनारायण शाह वा जजसको सालिक राख्नुपर्ने हो, छुट्टै ठाउँमा व्यवस्थापन गरे पर्यटकका लागि पोखरामा अर्काे गन्तव्य बन्ने उनको विचार छ।

पृथ्वीनारायण क्याम्पस इतिहास विभाग पूर्वप्रमुख दिलबहादुर क्षत्री सालिक तोड्नेफोड्ने र उखेल्ने संस्कृति नै गलत हो भन्छन्। पृथ्वी रहेसम्म पृथ्वीनारायण शाहको योगदान अमिट रहिरहन्छ भन्ने मान्यताका क्षत्री लखन थापाको पनि उचित कदर हुनुपर्ने पक्षमै छन्। भन्छन्, 'उनको सालिक राख्न अरु ठाउँ छुट्याउन सकिन्थ्यो, पृथ्वीनारायणको हटाउनै पर्ने थिएन।' सालिक पृथ्वीनारायण शाहको मात्रै होइन, पोखरामा वीरेन्द्र शाहको पनि उखेलिएको थियो। बिरौटामा वीरेन्द्रको सालिक हटाइएको थियो, जनआन्दोलनकै बेलामा र त्यसपछि अहिले त्यो ठाउँलाई तमह्युल चोक नाम दिइएको छ। त्यो चोकको नाममा पनि त्यस्तै खाले दोधार स्थानीयमा छ।

सुरेन्द्र थापामगरले भनेजस्तै सालिकले पोखराका अरू चोकलाई पनि अवैज्ञानिक बनाएकै छन्। पृथ्वी/लखनचोकमा कुनै पनि दिशाबाट आएको सवारीसाधनको चालकले विपरीत बाटोबाट आइरहेको अर्काे गाडी राम्ररी देख्दैन भने चिप्लेढुंगामा पनि बिपीको सालिकले त्यस्तै अप्ठेरो पारेको छ।

Leave a comment

महँगी निम्त्याउने वितरणमुखी बजेट

महँगी निम्त्याउने वितरणमुखी बजेट

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा १० खर्ब ४८ अर्बको बजेट पेस गरेका छन्। पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको, सामाजिक क्षेत्रमा दिल खोलेर राज्यकोष वितरण गरेको र विकासका नाममा जताततै...

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।