Sunday 24 Magh, 2072 |
Menu

अर्थ

istl

काठमाडौंबाट ९३ तोला सुन चोर्ने पोखराबाट पक्राउ

(0 votes)
पोखरा–राजधानीको पसलबाट ९३ तोला सुन चोरेर भागेको आरोपमा एक युवालाई कास्की प्रहरीले समातेको छ। म्याग्दी घर भई पोखरा टुँडिखेलको राष्ट्रिय उच्चमाविमा १२ कक्षा पढ्ने चिरञ्जीवी पुन बुधबार उक्त परिमाणको सुनसहित समातिएका हुन्। चोरीका मुख्य योजनाकारहरु मंगलबारै राजधानीमा समातिएका थिए।
nepalipatro-nagarik
आफ्नै गाउँ म्याग्दी रुम गाविसका दिलबहादुर पुनले बोलाएर काठमाडौं पुगेका चिरञ्जीवीले काठमाडौं न्युरोडको लक्ष्मी सुनचाँदी पसलबाट पुस १२ गते चोरीमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी हरिबहादुर पालले जानकारी दिए। नुवाकोट घर भई काठमाडौं गोंगबु बस्ने उमेश तामाङ र दिलबहादुरले सुन चोरीका लागि चिरञ्जीवीलाई प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दिलबहादुर यसअघि पनि चोरी गरेपछि पक्राउ परी जेल सजाय काटिसकेका व्यक्ति हुन्। डाँकाचोरी मुद्दामा २ वर्ष कैद भुक्तान गरी ४÷५ महिनाअघिमात्रै उनी छुटेका थिए ।

चिरञ्जीवीले दिएको बयान अनुसार उनीहरुले सुन पसलका साहुको घरबाट पसलको चाबी चोर्न १२ दिन लामो प्रयास पछि सफलता पाएका थिए । साहुले पसल र घर आउजाउ गर्ने समय निगरानी गरी उनीहरुले पहिला चाबी चोर्न सफलता पाएका थिए। 'दुईतीन दिनको प्रयासमा साहुको गाडी नम्बर पत्ता लगाई पिछा गर्दै घरसम्म पुगेका रहेछन्,' एसपी पालले भने, 'घर पत्ता लगाएपछि कोठा भाडामा माग्ने बहानामा साहु बस्ने ठाउँको सबै निगरानी गरेका रहेछन् ।'

प्रहरीका अनुसार चोरी गरेको भोलिपल्टै चिरञ्जीवी पुन पोखरा आएको प्रहरीले जनाएको छ । उनलाई कास्की प्रहरीले पक्रेपछि उनकै सूचनाका आधारमा राजधानीबाट अरु २ जना पनि समातिएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

काठमाडौँ-तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ।