Sunday 19 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

दैलेखलाई ऐतिहासिक जिल्लाका रुपमा चिनाउनुपर्छ:राज्यमन्त्री शाही

  • बुधबार २२ पुष, २०७२
  • गोविन्द केसी
  • Be the first to comment!
(0 votes)
दैलेख–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी नेतृ तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाहीले दैलेखलाई ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक जिल्लाको रुपमा चिनाउनु पर्ने बताएकी छिन्।
nepalipatr-april
दैलेख सदरमुकाममा रिपोर्टर्स क्वल नेपाल दैलेख शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेकी राज्यमन्त्री शाहीले सबै मिलेर जिल्लाको ऐतिहासिक, धार्मिक सांस्कृतिक क्षेत्रको विकास प्रचारप्रसार गरी विश्व माझ चिनाउनु पर्ने बताएकी हुन्।

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा दैलेखका कला संस्कृतिक, ऐतिहासिक र धार्मिक महत्वलाई सवै मिलेर उजागर गर्नुपर्ने उनको भनाइ थियो। उनले सशक्त रुपमा जिल्लाका जल्दोबल्दो समस्याहरुलाई उजागर गरी सम्वन्धित निकायको ध्यानआर्कषण गरी जिम्मेवार पत्रकारितामा टेवा पु¥याउन सुझाव दिइन्।

त्यस्तै कार्यक्रमका विशेष अतिथि दैलेख क्षेत्र नम्वर २ का सांसद लक्ष्मीप्रसाद पोखरेलले निरन्तर जिल्लाका समस्याहरु क्वलमार्फत सार्वजनिक गर्नुपर्ने सुझाव दिँदै सफलताको सुभकामना दिए। विशेष अतिथि दैलेख क्षेत्र नम्वर १ का सांसद अम्मरबहादुर थापाले जनप्रतिनिधिभन्दा संचार ठूलो भएकाले जनताको पहिलो चेतनास्तर बढाउने नै संचार भएको बताए । पत्रकारले न्यायोचित रुपमा खबर लैजानुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...

लाङटाङ उठाउँदै गाउँले

लाङटाङ उठाउँदै गाउँले

नुवाकोट–गतवर्ष वैशाख १२ को भूकम्पसँगै हिमपहिरो गएको १ वर्ष पुग्नै लाग्यो। भूकम्पसँगै गएको हिमपहिरोले धेरैको घरमात्र पुरिएन, सँगालेर राखेका धेरै सपनाका पहाड भत्किए। धेरैले आफन्त गुमाए, बाँच्ने टुहुरा भए तर...