Wednesday 12 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

राष्ट्रपति सीको सम्भावित भ्रमण

(0 votes)
प्रधान मन्त्री केपी शर्मा ओली पहिला चीन जाने हुन् कि भारत भन्ने अन्योल कायमै रहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चर्चामा आएको छ। सन् २०१५ मै उनी नेपाल आउने संकेत मिलेको थियो। उक्त वर्ष उनले हालसम्मका चिनियाँ राष्ट्रप्रमुखहरूको रेकर्ड तोड्दै १४ मुलुकको भ्रमण गरे। तर, नेपालको राजनीतिक अस्थिरता तथा नयाँ संविधानलाई लिएर बढ्दो विवादका कारण सीको यता आउने कार्यक्रम प्राथमिकतामा परेन।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-may
कसैको चासो त कसैको हस्तक्षेप चलिरहेका समयमा यता आउँदा गलत सन्देश जान सक्ने कुरामा चिनियाँ नेतृत्व सतर्क रह्यो। गत असोज ३ गते नेपालमा नयाँ संविधान जारी भयो, त्यसको चीनले सहर्ष स्वागत पनि गर्योो। अब यो समय चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन सक्नु हाम्रो हितमा हुने देखिन्छ।

असल सम्बन्ध रहेका तथा सीमा जोडिएका देशका प्रमुख छिमेक भ्रमणमा निस्कनुलाई सामान्य तालिका मान्न सकिन्छ। त्यस्ता भ्रमणका उद्देश्य कहिले धार्मिक पनि हुनसक्छन् त कहिले सद्भाववृद्धिका निम्ति। हालै अचानक भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी पाकिस्तान गए र सद्भाव बढाउन चाहे। तर, चीनजस्तो उदीयमान अर्थतन्त्र तथा विशाल मुलुकका राष्ट्रपतिको सानो देश नेपाल भ्रमण निकै अर्थपूर्ण रहन्छ। यसै पनि सार्वभौमसत्ता सानो र ठूलो देशको समान हुन्छ भन्ने मान्यता चीनले राख्दै आएको छ। उनको सम्भावित नेपाल भ्रमणलाई लाभकारी बनाउन नेपाल अग्रसर हुनुपर्छ। त्यसकारण पनि यसबखत चीनभन्दा नेपालले गम्भीर गृहकार्यमा जुट्नु आवश्यक छ। चीनले नेपाललाई विभिन्न कोणबाट सहयोग गर्न चाहेको छ। भारतीय नाकाबन्दीपछि चीनतिर आशाका नजर दौडाएको नेपालले सीको भ्रमणलाई उपलब्धिमूलक पार्न सक्नुपर्छ। भारतनिर्भर रहँदै आएको नेपालको व्यापारका केही अंशमात्रै भए पनि अब चीनसँग आकर्षित गर्नेतिर ध्यान पुर्यारउनुपर्छ। यद्यपि, भारतसँग चिसिएको सम्बन्धको बदला चीनसँग हातेमालो गरेर लिने काम कुनै पनि हालतमा गर्नु हुँदैन। दुवै छिमेकीसँग राम्रो सम्बन्ध कायम राख्नु हाम्रो हितमा हुनेछ। एउटाका विरुद्धमा अर्कोलाई प्रयोग गर्ने सोच राख्नु पनि हुन्न।

प्रधान मन्त्री ओलीले छिट्टै चीन भ्रमण गरे भने इन्धनलगायतका केही अत्यावश्यक वस्तुको सम्झौता हुन सक्ने देखिन्छ। तर, सी नेपाल आउँदा भने बहुपक्षीय सम्झौता र दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिन सक्छ। सडक, रेलमार्ग, तेल पाइपलाइन, द्विपक्षीय लगानी तथा सुरक्षण, एकीकृत पर्यटन प्रवर्द्धनलगायतका सम्झौता हुन सक्दा नेपाललाई फाइदा हुन्छ। यसका साथै चीनले केही समयअघि नै काभ्रेको पाँचखालमा सेज (विशेष आर्थिक क्षेत्र) निर्माण गरिदिने प्रस्ताव गरेको थियो, त्यसलाई पनि अघि बढाउन सकिन्छ। भुइँचालोले क्षति पुर्याकएका संरचना निर्माणमा पनि उसको सहयोग लिन सकिन्छ। त्यसका अतिरिक्त इन्धनको चरम अभाव व्यहोरिरहेको नेपाललाई चीनले पछिल्लो पटक अनुदानमा दिने भनेको १३ करोड लिटर पेट्रोल पनि सकेसम्म छिटो ल्याउन सकिने छ।

उता, बेइजिङमा गत साता सम्पन्न विदेश मन्त्री स्तरीय दुई पक्षीय वार्तामा पनि उच्च स्तरीय भ्रमणलाई निकै महत्व दिइएको थियो। र, ८ बुँदे खाकामा 'ज्वाइन्ट इकोनोमिक एन्ड टे्रड कमिसन' तथा मन्त्री वा उपमन्त्री तहमा विस्तृत गृहकार्य गरी सम्झौताको अन्तिम दस्तावेज तयार गर्ने र शीर्ष नेतृत्वको भ्रमणका बखत त्यसलाई औपचारिकता दिने तयारी गरिएको थियो। द्विपक्षीय सन्धि–सम्झौताको स्पष्ट र गम्भीर तयारीबिना सीले नेपाल भ्रमण गर्ने अवस्था छैन। राष्ट्रपतिको भ्रमणमा दुई देशबीचको सम्बन्धमा अर्को उचाइमा पुगोस् र भए–गरेका सन्धि–सम्झौता पूर्णरूपमा लागु होस् भन्ने बेइजिङको चाहनालाई स्वागत गर्नुपर्छ। सहयोग दिनेले आफ्नो सहयोगको पूर्णरूपमा सदुपयोग भएको हेर्ने इच्छा राख्नु अन्यथा होइन।

निरन्तर राजनीतिक संक्रमणका कारण अर्थतन्त्र जर्जर बनेको नेपालले छिमेकी चीनसँग सन्धि–सम्झौता गर्दा गम्भीर गृहकार्य गर्नु आवश्यक छ। दुर्भाग्य, त्यसका निम्ति कुनै तयारी सरकारबाट भएको देखिँदैन। हतारमा गरिएका कतिपय सन्धि–सम्झौताले कालान्तरमा राष्ट्रलाई घाटा पार्छ। चीनका राष्ट्रपतिको भ्रमणको वातावरण तयार पार्ने र उक्त उदीयमान शक्तिसँग आफ्नो हितमा व्यापारलगायतका अन्य सन्धि–सम्झौता गर्न नेपालकै भूमिका प्रभावकारी हुनु आवश्यक छ।

प्रतिक्रिया

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

अवरोध पश्चात बैंकहरुको कर्जामा वृद्धि

२९ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म)को वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। एक दुई अपावादलाई छाड्ने हो भने सबै वाणिज्य बैंकले विनाशकारी भूकम्पलगत्तै लामो तराई–मधेस आन्दोलन र...

विदेशी कब्जामा बिजुली-नदी

काठमाडौं- अधिंकाश ठूला जलविद्युत आयोजना निर्माण जिम्मा लिएका विदेशी कम्पनीले दशकौंदेखि नदी तथा खोला कब्जामा राखेका छन्। बिजुली उत्पादन नहुँदा नेपाली भने दैनिक १५ घन्टासम्म लोडसेडिङ झेल्दै अँध्यारोमा बाँच्न बाध्य...

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पर्यटन प्रवर्द्धन गर्न 'मिसन कोरला–२०१६'

पोखरा– नेपाल पर्यटन बोर्डको सहयोग एवम् पोखरा पर्यटन परिषद्को संयोजनमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखरादेखि नेपाल चीनबीचको नाका कोरलासम्मको ५ दिवशीय अवलोकन भ्रमण गरिने भएको छ।  

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

प्राथमिकता निर्धारण गरी कार्यक्रम ल्याऊ : निजी क्षेत्र

वीरगन्ज- पछिल्लो पटक ६ महिने मधेस आन्दोलन र साढे चार महिना चलेको सिमानाका बन्दको प्रत्यक्ष मार खपेको मुलुककै प्रमुख औद्योगिक तथा व्यापारिक नगर वीरगन्जका निजी क्षेत्रका अगुवासँग नेपाल रिपब्लिक मिडियाले...

आज पनि ४० आरोही सगरमाथा शिखरमा

आज पनि ४० आरोही सगरमाथा शिखरमा

काठमाडौं– शुक्रबार पनि ४० जनाभन्दा बढी आरोहीले सगरमाथा शिखर चुम्न सफल भएका छन्। महिना दिनदेखि उपयुक्त मौसम कुरेर सगरमाथा आधार शिविरमा बसिरहेका २ सय ८८ विदेशी र १ नेपाली आरोही...