1 Falgun, 2072 |
Menu

अर्थ

istl

निहुँ खोज्नेले ठूलो मन्त्रिमण्डलको अालोचना गरेः प्रधानमन्त्री

(0 votes)
निहुँ खोज्नेले ठूलो मन्त्रिमण्डलको अालोचना गरेः प्रधानमन्त्री
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका राम्रा कामले टिप्पणी र आलोचना समाप्त हुने भन्दै आत्मविश्वासका साथ काम गर्न राज्यमन्त्रीहरुलाई निर्देशन दिएका छन्।
nepalipatro-nagarik
पुस ९ गते नियुक्त राज्यमन्त्रीलाई शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ पछि निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राम्रा काम गर्दै गए परिणाम पनि प्राप्त हँदै जाने र देशलाई अघि बढाउन सकिने बताए।

मन्त्रिमण्डल ठूलो भएको भन्दै गरिएको अालोचनाबारे ओलीले कतिपय अालोचकले चुस्त मन्त्रिमण्डलले छिटोछरितो काम गरोस् भन्ने भावना राखेका बताए। तर उनले जे गर्दा पनि निहुँ खोज्ने मनशाय राखेर पनि आलोचना हुने गरेको भन्दै ठूलो मन्त्रिमण्डल बाध्यता भएको बताए। अहिलेको परिस्थितिमा सामान्य अवस्थाका भन्दा फरक काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले समयमै कानुन नबन्दा भूकम्पबाट जनता प्रताडित भएको र ढिलाइ किन भयो भन्ने सबैलाई जानकारी भएको धारणा राखे।

इन्धन आपूर्ति र ढुवानीको समस्याले गर्दा पनि भूकम्पपछिको पुनःनिर्माण भएको अवगत गराउँदै उहाँले यसमा तीव्रता ल्याउन र कामलाई छिटो अगाडि बढाउन ध्यान दिनुपर्ने उनले बताए।

स्वच्छता, पारदर्शिता र निष्ठाका साथ काम गरे मात्र सफल भइन्छ भन्दै उनले भने 'राजनीति आयआर्जनको बाटो होइन, माध्यम पनि होइन, राजनीति देश र जनताको सेवा एवम् कल्याणमा समर्पित हुनुपर्छ ।'

प्रधानमन्त्री ओलीले आत्मनियन्त्रित, आत्मअनुशासित, आफ्नै इमान र नैतिकताबाट नियन्त्रित र निर्देशित हुनुपर्नेमा जोड दिँदै खास परिस्थितिमा देश विकासका लागि खास काम गर्नुपर्ने बताए।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...