Sunday 16 Jestha, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

संविधान सच्याउन सकिन्छः सिटाैला

(0 votes)
फाइल फोटो। फाइल फोटो।

गोरखा-नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा सबैथोक पुरा नभएको स्विकार्दै अहिले जारी संविधानलाई परिमार्जन गर्दै जान सकिने बताएका छन् । प्रमुख दलहरूबीच सहमती कायम गरेर साना दलहरूलाई समेत आवद्ध गराएर संविधान संसोधन गर्दै जान सकिने उनको भनाइ छ ।

nepali-patro-may
'संविधान ल्याएर मात्रै पुग्दैन, शिघ्र र सहज कार्यान्वयनमा जोड दिनुपर्छ' नेपाली कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय समितिले सदरमुकाममा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सिटौलाले भने 'नेतृत्वमा छैनाैं भनेर कांग्रेस चुप लागेर बस्दैन ।' सरकारमा नभएपनि नेपाली कांग्रेसले देशको राजनीतिक निकास र राष्ट्रिय एकता कायम राख्न अग्रणी भुमिका खेल्ने उनले बताए ।

नेपाली कांग्रेसको प्रथामिकता सत्ता नभएको बताउँदै उनले सरकार र सत्तामा नहुँदैमा बिचलित नहुन कार्यकर्तालाई आग्रह गरे । प्रतिपक्षमा रहेर जनताको सेवा गर्ने र सरकारलाई खबदारी गर्दै सहमतीमा अघि बढ्ने अवसरको रुपमा अहिलेको समयलाई कांग्रेसले उपयोग गर्नुपर्ने तर्क उनको थियो । 'प्रधानमन्त्री फेर्दा मात्रै समस्या समाधान हुँदैन' सिटौलाले भने ।

कांग्रेसको आसन्न महाधिवेशन प्रति लक्षित गर्दै उनले नेताहरुबीच मतभेद रहेको स्विकार गरे । उनले भने 'समान्य उपभोक्ता समिति गठनमा त बिवाद हुन्छ, हाम्रो त महाधिवेशन हो, मतभेद छ तर महाधिवेशन सम्पन्न गर्ने सबैको साझा स्वार्थ हो ।'

माघ २० देखि हुन लागेको १३ औँ महाधिवेशनका लागि गाउँ देखि क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म संगठन सुदृढ गर्न सक्ने नेतृत्व छनौट गर्न उनले कार्यकर्तालाई सुझाब दिए । कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता कमला पन्त, चिनकाजी श्रेष्ठ लगायत केन्द्रिय तथा जिल्ला तहका नेता कार्यकर्ता सहभागी थिए ।

प्रतिक्रिया

किसानलाई अनुदानै–अनुदान

किसानलाई अनुदानै–अनुदान

काठमाडौं–विगतमा सरकार र वैदेशिक सहयोगमा सञ्चालित कृषि परियोजनाको अनुदान कार्यक्रमले परिणाम दिन नसकेको गुनासो आइरहे पनि सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन किसानलाई अनुदानै–अनुदानका कार्यक्रम ल्याएको छ । विगतका...

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

फास्टट्रयाक बनाउन १० अर्व विनियाेजन

काठमाडौं-सरकारले काठमाडौं-तराई-मधेस फास्ट ट्रयाकको लागि १० अर्ब बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । अघिल्लो वर्ष सरकारले एक अर्ब बजेट विनियोजन गरेको थियो। सरकारले...

तरकारी फलाउँदै पूर्वसभासद

तरकारी फलाउँदै पूर्वसभासद

नेपालगन्ज- पहिलो संविधानसभा संविधान नबनाइ विघटन भएपछि पट्टु थारु निराश भएर राजधानी काठमाडौंबाट घर फर्किए। उनी पहिलो संविधानसभा सदस्य थिए। संविधान सभा विघटन भएपछि उनको रोजाइ बन्यो कृषि। बाँके, बैजापुर–१, नवलपुरका...

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

संस्थानको नाफा बढे पनि सरकारको लाभांश घट्दो

काठमाडौं- सार्वजनिक संस्थानको नाफा बढे पनि सरकारले ती संस्थानमा सेयर लगानी गरेबापत पाउने प्रतिफल भने घटेको छ। गत आर्थिक वर्षमा सार्वजनिक संस्थानले खुद नाफा ३३ अर्ब ९२ करोड कमाए पनि लगानी...

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसियाबाट रेमिटेन्स आप्रवाह स्थिर

मलेसिया- श्रम स्वीकृति लिएर सबभन्दा धेरै नेपाली कामदार आएको मलेसियाबाट स्वदेश जाने रेमिटेन्स पहिलोपटक स्थिर अवस्थामा पुगेको छ। पछिल्लो ४–५ वर्षयता निरन्तर नेपाल पठाउने रेमिटेन्स वृद्धि भइरहेको बेला चालु आर्थिक...

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

भएभरका योजनालाई राष्ट्रिय गौरव भनेर हुँदैन

काठमाडौं–बजेट आर्थिक दस्तावेज मात्र नभई राजनीतिक दस्तावेज पनि हो । बजेट मुलुकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । यतिखेर नेपालमा रोजगारीको चरम अभाव छ । गरिबीका कारण ठूलो संख्याका युवा...

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

गिरान्चौर बस्तीलाई अमेरिकाबाट नुवाकोटे दिण्डुको ६ लाख

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि दिण्डु लामा ह्योल्मोले ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ सहयोग गरेका छन्।  

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

हिमालय एयरलाइन्सले जेठ १८ देखि दोहाको सिधा उडान गर्ने (भिडियो)

काठमाडौं— नेपाल चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले १८ जेठ (३१ मे) देखि काठमाडौं—दोहा रुटमा दैनिक सिधा उडान गर्ने भएको छ। हिमालयको एयरबस ३२०—२१४ जहाज काठमाडौंबाट राति ११ बजे उड्नेछ भने...