Tuesday 26 Magh, 2072 |
Menu

अर्थ

istl

सिरक सिउने कालीगढको समेत राेजीराेटी गुम्याे

  • शुक्रबार ३ पुष, २०७२
  • महेशकुमार दास
  • DISQUS_COMMENTS
(0 votes)

महोत्तरी– सिरक डसना सिउने कालिगढ रामगोपालपुर–६ का जाहिर नदाफलाई चीसोको मौसम सुरु भएलगतै भ्याई नभ्याई हुन्थ्यो। तर, यसपाली मंसिर दोस्रो सातादेखि चिसो बढेपनि अहिलेसम्म उनले एउटा पनि सिरक डसना सिउने काम पाएका छैनन्।
sirak.jpg
फाइल तस्विर

nepalipatro-nagarik
यसपाली चीसो शुरु भएको दुई साता बित्न लाग्दासमेत उनले अहिलेसम्म एउटा पनि सिरक सिउने काम पाउका छैनन् । आफ्नो व्यवसाय नै चौपट हुने चिन्ताले उनलाई असाध्यै पिरोलिरहेको छ । नदाफ दिनहुँ केही दिनदेखि बाक्लो हुस्सु र शितलहरको समेत परवाह नगरी रामगोपालपुर चौकमा ग्राहकको खोजीमा भाँैतारिरहेका भेटिन्छन्। घण्टौंसम्म रामगोपालपुर चौकमै ग्राहक पर्खेर बस्ने गर्छन् । तर, ग्राहक भेटिँदैनन् । साँझसम्म ग्राहकको नपाएपछि न्यास्रो मुख लगाउँदै घर फर्कने गर्दछन्।

गएको वर्षको जाढोमा याममा उनले राम्रो आम्दानी गरेका थिए। सिरक डसना सिउनुका साथै आफैले सामग्रीहरु खरिद गरेर रेडिमेड सिरक डसना बनाएर राम्रो व्यपार गरेका नदाफले यसपालि आफ्नो लगानीमा रेडिमेड सिरक डसना बनाएर बेच्ने काम त परै जाओस् अहिलेसम्म कुनै ग्राहकको एउटा पनि सिरक डसना सिउन पाएका छैनन्।

'महिनौंदेखिको बन्दहडतालले सर्वसाधारणको आर्थिक अवस्था अत्यन्त दयनीय बनेपछि हाम्रो पेशा व्यवसाय पनि चौपट भयो,' उनी दुखेसो पोख्छन्। नदाफले आफू भारतको असामबाट सिरक डसना सिउने काम सिकेर आएपछि २०३६ सालदेखि रामगोपालपुर बजारमा यही काम गर्दै आएको अनुभव सुनाए। 'बन्दले खान लाउन धौधौ परिरहेको अवस्थामा कहाँबाट नयाँ सिरक डसना सिलाउनु,' स्थानीय कमलेश सिंहले भने, 'त्यही भएर पुरानैले यसपालिको जाडो छल्ने प्रयासमा छौें बताए।'

नदाफ एक्ला होईनन्। उनी जस्ता सिरक डसना सिउने हजारौं कालिगढको हविगत अहिले उस्तै छ।

चीसो बढेसंगै महोत्तरीका व्यापारिक केन्द्रहरुमा मात्र होइन, ग्रामीण क्षेत्रहरुमा पनि डुलेर सिरक सिउने कालिगढको व्यवसाय बढ्ने गर्दथ्यो। तर, यसपालि त्यसो भएन । नदाफले गए वर्षको जाडोको सिजनमा ५० हजारसम्म कमाई गरेका थिए। प्रति सिरक सिएबापत ४ सय रुपैंया लिने गरेको थियो। एक त पहिले नै रेडिमेड ब्लैकेंटले ती कालिगढको रोजगारमा कमी आएको थियो। अहिले बन्दले त रोजगार नै चौपट बनायो। अर्का कालिगढ जलेश्वर–१६ घर भएका मेराज अंसारीले बताए।

प्रतिक्रिया

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।

मलेसियाको विकल्प के?

मलेसियाको विकल्प के?

काठमाडौं- नेपाली कामदारको अवस्था बुझ्न गएको टोलीले मलेसियाको रोजगारीमा सोच्नुपर्ने बेला आएको जनाएपछि प्रश्न उठेको छ– सर्वाधिक नेपाली श्रमिक जाने गरेको मलेसियाको विकल्प के? मलेसियामा कामदार पठाउन छोड्ने हो भने...

दैनिक दुई अर्ब रेमिटेन्स

दैनिक दुई अर्ब रेमिटेन्स

काठमाडौं-विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा...

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

पूर्वाधार कम्पनीबाट जोशीको राजीनामा

काठमाडौं- काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गका लागि लगानी जुटाउन नसक्दा व्यवसायी कुशकुमार जोशीले नेपाल पूर्वाधार विकास कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका छन्। चार वर्षभित्र निर्माण सक्ने गरी करिब तीन वर्षपहिले सरकारसँग सम्झौता...