Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

भारतीय दूतावासका ९ करोडका ८ योजना

smaller text tool iconmedium text tool iconlarger text tool icon
कञ्चनपुर, साउन ९ - कञ्चनपुरका विभिन्न ठाउँमा नेपालस्थित भारतीय दूतावासको आर्थिक सहयोगमा सञ्चालित विभिन्न योजनाहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

भारतीय दूतावासले कञ्चनपुरमा विद्यालय भवन निर्माण र सडक स्तरोन्नतिका लागि रु नौ करोड १४ लाख ३१ हजार २८१ लगानी गरेको छ।

जिल्ला विकास समितिको प्राविधिक कार्यालयका अनुसार भीमदत्तनगरपालिका क्षेत्रमा रु. २ करोड ५८ लाख ७० हजार ४८४ मा पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ।

त्यसैगरी सुडामा रहेको घटाल उच्चमाविको रु ४५ लाखमा भवन निर्माण र पर्खाल निर्माणकार्य सकिएको छ।

भारतीय दूतावासले आर्थिक वर्ष २०६३/६४ देखि भानु उच्चमावि दोधाराको विद्यालय भवन र छात्रावास निर्माणका लागि रु १ करोड ४५ लाख ८३ हजार ३७१ र जानकी कन्या मावि महेन्द्रनगरको विद्यालय भवन निर्माण गर्न रु ९८ लाख ७ हहजार ५९५ उपलब्ध गराइसकेको छ।

यसैगरी, कालिका निमावि पिपलाडीको भवन निर्माण गर्न रु ४८ लाख ८६ हजार ६०२ र पूर्ण उमावि ऐरीको विद्यालय भवन र छात्रावास निर्माण गर्न रु १ करोड ६३ लाख २१ हजार २०० आर्थिक सहयोग उपलब्ध गराएको छ।

भारतीय दूतावासको सहयोगमा सञ्चालित योजनाको ९५ प्रतिशत कार्य सम्पन्न भइसकेको प्राविधिक कार्यालयका इन्जिनियर दीपककुमार मिश्रले बताए। उनले निर्माणको पाँच प्रतिशत कार्य साउन मसान्तमै सकिने बताए।

बागेश्वरी मावि परासनको भवन निर्माणका निम्ति रु १ करोड ५६ लाखको आर्थिक सहयोगसम्बन्धी प्रस्ताव स्वीकृत भएको इन्जिनियर मिश्रले जानकारी दिए। -रासस


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ