रामचन्द्र भट्ट, काठमाडौं, साउन ९ - विदेशबाट आउने फोनमा युनाइटेड टेलिकम लिमिटेड (युटिएल) को नम्बर देखिएको भन्दै स्पाइस नेपाल (एनसेल) ले त्यस कम्पनीको फोनबाट आफ्नो नेटवर्कमा आउने कल रोकेको छ। भिओआइपी (भ्वाइस ओभर इन्टरनेट प्रोटोकल) मार्फत विदेशबाट आएको कल अरु कम्पनीको नेटवर्कमा लगेको आरोपमा एलसेलले युनाइटेड टेलिकम लिमिटेड युटिएलका १५ हजार टेलिफोन लाइनसँगको सम्पर्क बिच्छेद गरेको हो।
ती सबै नम्बरलाई एनसेलले कालोसूचीमा राखेको छ।
'ती नम्बरहरुबाट भिओआइपीको माध्यमबाट कल आउने देखिएकाले हामीले ब्लक गरेका हौं,' एनसेलकी कर्पोरेट कम्युनिकेसन मेनेजर सञ्जु कोइरालाले भनिन्। नेपालमा विदेशबाट कल भित्र्याउन अवैध मानिएको भिओआपी हुँदै आएका कलहरुले सरकारी राजस्व र कम्पनीहरुको आम्दानीमा समेत असर परेको छ।
विदेशबाट कल आउँदा कलर आइडीमा नेपालभित्रकै टेलिफोन नम्बर देखियो भने त्यस्तो भिओआइपीबाट आएको हुन्छ। एनसेलले विदेशबाट आएको कलमा युटिएलका नम्बर देखिएकोले ब्लक गरिएको जनाएको छ।
'भिओआइपीमा प्रयोग भएको नम्बर आपसी समझदारीमा ब्लक हुँदै आएको छ, तर हामीले वितरण नै नगरेका नम्बर पनि ब्लक भए,' युटिएलका एक अधिकारीले भने। वितरण नै नभएका नम्बरसमेत ब्लक भएपछि युटिएलले नियामक संस्था दूरसञ्चार प्राधिकरणको सहयोग मागेको छ।
एनसेलले ब्लक गरेका युटिएलका ग्राहकले एनसेलमा कल गर्न सक्दैनन्। तर, एनसेलको नेटवर्कबाट युटिएलका ती नम्बरहरुमा फोन रिसिभ गर्न मिल्छ।
'बाहिरबाट आएको कलमा युटिएलको नम्बर देखियो भन्ने आधारमा एनसेलले ब्लक गरेको रहेछ,' दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले भने। उनले पनि वितरणनै नभएका मोबाइल नम्बरहरु पनि ब्लक भएको देखिएपछि एनसेलसँग जानकारी मागिएको बताए।
भिओआइपीमा प्रयोग भएको अवस्थामा सेवा प्रदायक कम्पनी आफैं अग्रसर भएर अर्को कम्पनीको टेलिफोन नम्बरलाई कालोसूचिमा राख्न सक्छन्। तर, वितरणनै नभएका अगाडि ९७२१५८ नम्बर आउने सिरिजका सबै मोबाइल ब्लक गरिदा धेरै ग्राहकहरुलाई अप्ठेरोमा पारेको गुनासो युटिएलले सञ्चार मन्त्रालयसँग पनि गरेको छ। यसको साथै नयाँ ग्राहक थप्न समस्या भएको र आफ्नो छबीमै नराम्रो असर पारेको दावी युटिएलको छ।
'भिओआइपीमा हाम्रा नम्बरहरु पनि प्रयोग भएका हुनसक्छन्, तर हामीलाई खबर गरेर मात्र ब्लक हुनुपर्थ्यो,' युटिएलका ती अधिकारीले भने। उनले दुई कम्पनीबीच सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो नाम भने प्रकाशित नगर्न नागरिकसँग आग्रह गरे।
दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई जानकारी नदिई ब्लक गर्नुलाई गैरकानुनी र प्रतिस्पर्धा नीति विपरित रहेको जनाएको छ। 'कल वाइपासमा धेरै सेवा प्रदायकको कमजोरी देखिएको छ, तर त्यही आधारमा अर्काको पुरै नम्बर सिरिजनै बन्द गर्नु उपयुक्त नभएकोले हामीले एनसेलसँग जानकारी मागेका छौं,' खनालले भने। यो विषयमा छलफल गर्न शुक्रबार प्राधिकरणका अधिकारीहरु एनसेलको कार्यालयमा पुगेका थिए।
एनसेलकी कोइरालाले भने प्राधिकरण र संबन्धित कम्पनी (युटिएल) लाई पहिलेनै जानकारी दिएर ब्लक गरिएको बताइन्। 'हामी अवैध भिओआइपीमा प्रयोग भएको पत्ता लागेमा हाम्रै कम्पनीको सिम पनि ब्लक गछौं,' उनले भनिन्। युटिएलका जे जति नम्बरहरु ब्लक गरिएका छन् ती सबै भिओआइपीमा प्रयोग भएको पाइएको पनि उनले उल्लेख गरिन्।
यो घटनापछि युटिएल र एनसेलबीच सम्बन्ध चिसिएको छ। भिओआइपीमा प्रयोग भएको नम्बर बन्द गर्ने विषयमा प्राधिकरणले स्थायी प्रकृतिको समिति बनाउने योजना बनाएको छ। कुनै पनि कम्पनीको मोबाइल नम्बर भिओआइपीमा प्रयोग भएको देखिए यो समितिले छानबीन गरेर सधैंभरिलाई बन्द गर्नेछ।

प्रतिक्रियाहरू (2)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook