Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

टिम्स समझदारीमा हस्ताक्षर

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौँ, चैत ५- नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) बीच पदयात्री पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) को सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उक्त समझदारीपत्रमा बोर्डका तर्फबाट कार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ र टानका तर्फबाट कार्यबाहक अध्यक्ष बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका थिए।

पदयात्रा पर्यटन व्यवसायलाई अझ मर्यादित र व्यवस्थित गर्न पदयात्रीका साथ संलग्न कामदारको सेवा, सुविधा वा पेसागत हकहित रक्षाका लागि तथा पदयात्रा सूचना व्यवस्थापनवापत सेवा शुल्क लगाउन उक्त समझदारी गरिएको श्रेष्ठले बताए।

सूचना व्यवस्थापनवापत लाग्ने शुल्क आगामी चैत १९ गतेदेखि लागू हुनेछ।

उक्त पत्रमा उल्लेख भएअनुसार पदयात्रा कम्पनीमार्फत् पदयात्रा सेवा उपयोग गर्ने पदयात्रीलाई निलो र व्यक्तिगत पदयात्रीलाई हरियो रङको टिम्स कार्ड उपलब्ध गराइनेछ।

बोर्डले टानसँगको सहकार्य र समन्वयमा कम्पनीमार्फत् समूहगतरुपमा सेवा लिई जाने पदयात्रीका लागि प्रतिटिम्स कार्ड अमेरिकी डलर दश र व्यक्तिगत पदयात्रीका लागि प्रति टिम्स कार्ड बीस अमेरिकी डलर तोकेको छ।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer