चाँदनी हमाल, चितवन, चैत ५- चितवनको नारायणगढमा बिहीबारबाट सूचना प्रविधिसम्बन्धी दोस्रो क्यान इन्फोटेक मेला सुरु हुँदैछ।
नारायणगढस्थित क्याम्पाचौरमा सुरु हुने मेलामा सूचना प्रविधि प्रदर्शनीसँगै आइसिटी सेमिनार पनि आयोजना हुँदैछ। आगामी १० गतेसम्म सञ्चालन गरिने मेला चितवनमा दोस्रो हो।
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) नारायणीको आयोजनामा सूचना प्रविधिसम्बन्धी मेला हुन लागेको हो। मेलामा १ सय २५ वटा स्टल राखिएको छ।
मेलामा सूचना र प्रविधिसम्बन्धी विभिन्न जानकारीमुलक प्रस्तुतिसँगै सूचना प्रविधिसम्बन्धी सबै प्रकारका प्रविधि सहुलियतरुपमा खरिद बिक्री गर्न सकिने
आयोजक समितिका संयोजक कमल बास्तोलाले जानकारी दिए।
मेलामा विभिन्न ब्रान्डका कम्प्युटर, ल्यापटप, सोलार, जेनेरेटर, इबुकलगायत इलेक्ट्रोनिक्स सामान प्रदर्शनीका लागि राखिएका छन्। करिव २ लाख दर्शकले अवलोकन गर्ने विश्वास गरिएको मेलामा ५ करोडभन्दा बढीको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ।
मेलामा विभिन्न ब्रान्डका कम्प्युटर, ल्यापटप, सोलार, जेनेरेटर, इबुकलगायत् इलेक्ट्रोनिक्स सामान प्रदर्शनीका लागि राखिएका छन्। मेला अवलोकनका लागि नयाँ पुस्ताका रुपमा रहेका जिल्लाका विद्यालयहरुका विद्यार्थीहरुलाई विशेष प्राथमिकताका साथ अवलोकन गराइने आयोजकले व्यवस्था गरेको छ।
जसबाट नयाँ पुस्ताले सूचना प्रविधिको युगमा समावेश भएर अगाडि बढ्न सक्ने विश्वास आयोजकले लिएका छन्।

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook