नेपालगन्ज, चैत ३- बाँकेको महादेवपुरी गाविसमा रहेको बेलको सर्वत बनाउने उद्योग उपकरण अभावमा बन्द भएको छ।
गाविसका जडीबुटी व्यवसायीद्वारा तीन वर्षअघि सञ्चालित उक्त उद्योग आधुनिक उपकरण र कार्यरत् जनशक्तिलाई आवश्यक तालिम उपलब्ध गराउन नसकिएका कारण बन्द गर्नुपरेको व्यवसायी सेतुराम चलाउनेले बताए।
'सुरुका दिनमा हातबाट सर्वत बनाई प्रतिलिटरको ५० रुपैयाँमा बिक्री गरिँदैआएकोमा सर्वतमा प्रयोग गरिने रासायनिक पदार्थको मात्राको ज्ञानको अभाव र हातबाट सर्वत बनाउन कठिन भएकाले उद्योग बन्द गर्नुपरेको हो'- चलाउनेको भनाइ थियो।
बाँकेको वन क्षेत्रमा प्रशस्त बेल पाइने भए पनि सो समस्याका कारण उद्योग बन्द हुन पुगेकाले यसलाई पुनः सञ्चालन गर्न सरकारी प्रयास र सहयोग हुनुपर्ने त्यसमा संलग्न व्यवसायीले माग गरेका छन्।
- रासस

प्रतिक्रियाहरू (0)

Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook