Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

विराट महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार

smaller text tool iconmedium text tool iconlarger text tool icon
इटहरी, फागुन २५ (नागरिक)- मोरङको इन्द्रपुरमा सञ्चालित विराट महोत्सवमा ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

उद्योग वाणिज्य सङ्घ विराटचौकको आयोजनामा मङ्गलबारसम्म चलेको १३ दिने महोत्सवमा लक्ष्यभन्दा बढी कारोबार भएको हो। आयोजकले २ करोडमात्र कारोबार हुने लक्ष्य राखेको थियो ।

मोरङ, झापा, सुनसरीलगायतका जिल्लाका १ लाख ५० हजार दर्शकले अवलोकन गरेको महोत्सवमा सबैभन्दा बढी अटोमोबाइलको कारोबार भएको छ। अध्यक्ष भोलाप्रसाद दुलालले भने- सोचेभन्दा बढीले अबलोकन गरे, कारोबार पनि सोहीअनुसार भयो। यसले हौसला बढेको छ।

ग्रामीण क्षेत्रमा सञ्चालन भए पनि शहरी क्षेत्रमा भन्दा बढी चहलपहल रहेको महोत्सवमा अटो मोवाइल्स, कृषि, ब्याङ्कर्स, आइटी र लुब्रिकेन्ट गरी १ सय ३ वटा स्टल राखिएको थियो। ९ वटा छुट्टै होटलको स्टल पनि राखिएको थियो। महोत्सव अवधिभर चर्चित राष्ट्रिय र स्थानीय कलाकारले दिनहुँ प्रस्तुति गरेर दर्शकलाई मनोरञ्जन दिलाएका थिए।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer