Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

दोलखाको बजेट डेढ अर्ब

smaller text tool iconmedium text tool iconlarger text tool icon
रमेश खतिवडा, दोलखा, फागुन २५- पर्यटन, जलस्रोतलगायतका क्षेत्रलाई उच्च प्राथमिकता दिँदै दोलखा जिविसले आर्थिक वर्ष २०६७/६८ का लागी करिब डेढ अरब बराबरको बजेट सार्वजनिक गरेको छ।
 
मङ्गलबार सम्पन्न १६ औँ जिल्ला परिषदले दोलखाको विकासका लागि जिविसले उक्त बजेट पेश गरेको हो। परिषदमा जिल्लाका स्थानिय विकास अधिकारी शङ्करबहादुर थापाले जिविस र जिविसअन्तर्गतका विभिन्न आयोजनातर्फ ४८ करोड, जिल्लाका अन्य विषयगत कार्यालयतर्फ ८३ करोड र जिल्लामा सञ्चालित
विभिन्न गैरसरकारी सङ्घ-संस्थातर्फ १० करोड रकम गरी कुल १ अरब ४१ करोडको प्रस्तावित बजेट पेश गरेका थिए।

जिल्लाको नीति र कार्यक्रममा जिल्लाका विभिन्न भागमा सडक सञ्जालको विस्तार, जलस्रोत र  पर्यटन विकास लगायतका विषयलाई प्राथमिकता दिइएको जनाइएको छ। जिविसले घोषणा गरेको नीति तथा कार्यक्रमअनुसार करिब ३२ सय मेगावाट जलविद्युतको सम्भावना रहेको दोलखामा स्वदेशी तथा विदेशी लगानीकर्तालाई कार्यसञ्चालनका लागि सहजीकरण गर्ने र बन्ने त्यस्ता आयोजनामा  स्थानीय जनताको सेयर लगानीको बारेमा नीतिगत निर्णय गरिने उल्लेख छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer