Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

सिमरा विमानस्थल मध्याह्नपछि बन्द हुने

smaller text tool iconmedium text tool iconlarger text tool icon
बारा, फागुन २५- नेपालमै पहिलोपटक विमान अवतरण भएको सिमरा विमानस्थलमा मङ्गलबारदेखि २० दिनका लागि मध्याह्नपछि उडान बन्द हुँदैछ।

रन–वेको चौडाइ बढाउन लागेकाले मङ्लबारदेखि चैत्र १५ गतेसम्म मध्याह्नपछि सो विमानस्थलमा उडान हुने छैन। बिहान भने सधैँझै नियमित उडान हुने सिमरा विमानस्थलका प्रमुख अलि हसनले बताए।

रन–वेको दायाँ–बायाँ दुवैतर्फ दुई–दुई मिटर चौडाइ थप्ने कार्य हुन लागेकाले विमानस्थल आंशिकरुपमा बन्द हुन लागेको छ। हाल सो विमानस्थलमा एक हजार १ सय ९२ मिटर लम्बाइ र ३० मिटर चौडाइको रन–वे छ। साथै एप्रोन थप्न, रन–वेमा केही मर्मत र सब–वे बलियो बनाउन आवश्यक भएकाले कार्य थालिएको कार्यालयले जनाएको छ।

सिमरा बजारदेखि विमानस्थलसम्म पुग्ने सडक भत्किसकेकाले मर्मत गर्ने र रन–वेको उत्तरतर्फ वन क्षेत्रमा ठूलठूला रूख रहेका कारण विमान अवतरण तथा उडान भर्न कठिनाइ भइरहेकाले व्यवस्थापन कार्य गर्ने जनाइएको छ।

यस कार्यले रात्रि उडानका निम्ति आधार तयार हुने प्रमुख अलिले बताएका छन्। सिमरामा रात्रि उडानको माग विषेशतः व्यापारी, उद्योगीले गर्दै आएका छन्।
- रासस
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

अर्थ

Nagarik Offer