Monday 30 Bhadra, 2071 |
Menu

अर्थ

अन्धकार र ऊर्जा सङ्कटप्रति राष्ट्रप्रमुखको चिन्ता

  • सोमबार १० भाद्र, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान), गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आयोजना र ऊर्जा मन्त्रालयको सहयोगमा आजदेखि सुरु भएको 'ऊर्जा सम्मेलन २०१३' को उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादव। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान), गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आयोजना र ऊर्जा मन्त्रालयको सहयोगमा आजदेखि सुरु भएको 'ऊर्जा सम्मेलन २०१३' को उद्घाटन गर्दै राष्ट्रपति रामवरण यादव। तस्बिर : दीपेश श्रेष्ठ
काठमाडौँ - राष्ट्रपति डा रामवरण यादवले मुलुकको बृहत्तर विकासका लागि ऊर्जा क्षेत्रको विकास गर्नु आवश्यक रहेको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इपान), गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को आयोजना र ऊर्जा मन्त्रालयको सहयोगमा आजदेखि सुरु भएको 'ऊर्जा सम्मेलन २०१३' को आज यहाँ उद्घाटन गर्दै उहाँले आर्थिक विकासको मेरुदण्ड नै जलविद्युत् भएकाले त्यसको विकासमा प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका हुन्।
हरेक क्षेत्रको विकासका लागि राजनीतिक स्थायित्वको आवश्यकता रहन्छ राष्ट्रपति डा यादवले मुलुक संविधानसभाको निर्वाचनमार्फत सोही दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गरे। 

अपार जलस्रोतको धनी भएर पनि मुलुकमा अन्धकार र चरम ऊर्जा सङ्कट कायम रहेकामा चिन्ता व्यक्त गर्दै उनले सामूहिक प्रयासले मात्र सफलतामा पुग्न सकिनेमा जोड दिए। राष्ट्रपति डा यादवले भने, 'मुलुकमा जारी गरिबीको अन्त्यका लागि पनि जलविद्युत्को विकासमा ध्यान दिनु जरुरी छ, त्यो मर्म र आवश्यकतालाई सबैले ध्यान दिन सके सबैको हित हुन सक्छ।' छिमेकी राष्ट्रसमेत नेपालको जलविद्युत्को क्षेत्रमा लगानी गर्न तयार रहेको सन्दर्भमा हामी नेपालीले नै त्यसको लागि वातावरण तयार पार्नुपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले नेपालको विकासको आधार नै जलस्रोत भएकाले सरकारले चालु आवको बजेटमा ऊर्जा क्षेत्रलाई नै विशेष प्राथमिकतामा राखेको बताए। सरकारले चालु आवमा माथिल्लो तामाकोसी, तनहुँ सेती, बूढीगण्डकी र नलसिंह गाडलगायत आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ भन्दै अर्थमन्त्रीले सबैको साथ र सहयोग रहेमा तोकिएकै समयमा जलविद्युत् आयोजना सम्पन्न गर्न सकिने धारणा राखे। जलविद्युत् क्षेत्रको विकासमा आन्तरिक र बाह्य दुवै खालको लगानीको जरुरत रहेको उनको जोड थियो। 

ऊर्जामन्त्री उमाकान्त झाले मुलुकमा जारी ऊर्जा सङ्कट हल गर्न जलाशययुक्त आयोजना नै उत्तम विकल्प हो भन्दै सरकार त्यस्ता आयोजनालाई समयमा नै सम्पन्न गर्न लागिपरेको जानकारी दिए। सरकार उत्तर दक्षिण, पूर्वपश्चिम र अन्तरदेशीय प्रसारण लाइनमार्फत मुलुकका सबै स्थानमा सहज र सरल रुपमा ऊर्जाको पहुँच पुर्या उन प्रयासरत छ भन्दै जलविद्युत् आयोजना आन्तरिक प्रयोजनका लागि मात्रै नभई बाह्य प्रयोजनका लागि पनि भएकाले मित्र राष्ट्रले देखाएको लगानीप्रतिको उत्साहलाई सम्मान गर्नुपर्ने बताए। 

कार्यक्रममा लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तले मुलुकका लागि तत्काल तीन हजार मेगावाट जलविद्युत् उत्पादन हुन सके प्रशस्त हुन्छ भन्दै सोही लक्ष्यलाई पूरा गर्न बोर्ड लागिपरेको बताए। बोर्डले पश्चिम सेती, बूढीगण्डकीलगायत आयोजनालाई सहज रुपमा अगाडि बढाउन मध्यस्थका रुपमा काम गरिरहेको जानकारी दिँदै पन्तले सुरक्षा, राजनीतिक स्थायित्व र लगानीमैत्री वातावरण भए वैदेशिक लगानीको कुनै पनि समस्या नहुने धारणा राखे । 

नेपालका लागि चीनका राजदूत ऊ चुन्ताई र नर्वेका राजदूत आफ आर्न राम्स्लिन र भारतका कावा राजदूत जयदेव मजुमदारले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखेका थिए। 

इपानका अध्यक्ष सुर्वणदास श्रेष्ठले सम्मेलनले मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि महत्वपूर्ण आधारभूमि तयार पार्ने बताउनुभएको थियो। मङ्गलबारसम्म चल्ने सम्मेलनमा ऊर्जा क्षेत्रका विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

काठमाडौं-व्यवस्थापन र मजदुरबीच झन्डै तीन महिना लामो विवादपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ। मजदुरले राखेका मागमध्ये तीनवटा पूरा गर्न व्यवस्थापन सहमत भएपछि रिसोर्ट खुलेको हो।

विद्युत महसुल १४ प्रतिशत बढ्दै

विद्युत महसुल १४ प्रतिशत बढ्दै

काठमाडौं- विद्युत महसुल निर्धारण आयोगका सदस्य १३.७ प्रतिशतसम्म महसुल बढाउन सहमत भएका छन्। आयोगको आइतबार बसेको बैठकमा यस्तो सहमति भएको हो। आयोग पदाधिकारी र सदस्यको तीनवर्षे कार्यकाल पूरा भइसकेकाले औपचारिक...

दोस्रो चिनियाँ जहाज कहिले?

दोस्रो चिनियाँ जहाज कहिले?

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अझै अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज गत असार ३० मा आउनुपर्थ्यो।

टेलिकमको वाइम्याक्स अफर

टेलिकमको वाइम्याक्स अफर

काठमाडौं- सुबिसु क्यान सफ्टटेक मेलामा नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न प्याकेज ल्याएको छ। बिहीबारबाट सुरु भएको मेलामा दर्शकले वाइम्याक्सका विभिन्न अफरमा फाइदा लिनसक्ने टेलिकमले जनाएको छ।

मलेसियाबाट एक करोड १२ लाख क्षतिपूर्ति

मलेसियाबाट एक करोड १२ लाख क्षतिपूर्ति

काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।

'तेल चोर' छुटाउने हडतालमा निगमकै सहयोग

'तेल चोर' छुटाउने हडतालमा निगमकै सहयोग

काठमाडौं— 'तेल चोर' लाई नपक्रन दबाब दिँदै पेट्रोलियम ढुवानी व्यवसायीले गरेको हडताललाई आयल निगमले नै सघाउ पुर्‍याएको पाइएको छ। गैरकानुनी माग राखेर हडतालमा उत्रिएका व्यवसायीलाई कारबाही गर्नुको साटो निगमले हडताल...

क्यान सफ्टेक आजबाट

क्यान सफ्टेक आजबाट

काठमाडौं- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्दै आएको सफ्टेक मेलाको सातौं संस्करण आज (बिहीबार) सुरु हुँदैछ। चार दिनसम्म चल्ने मेलाको मुख्य प्रायोजक सुबिसु रहेको क्यानले जनाएको छ।

आइफोन सिक्स सार्वजनिक

आइफोन सिक्स सार्वजनिक

काठमाडौं– एप्पलले मंगलबार बहुप्रतीक्षित आइफोन सिक्स सार्वजनिक गरेको छ। नेपाली समयअनुसार मंगलबार राति पौने ११ बजे आयोजना गरिएको एक समारोहमा एप्पलको नयाँ स्मार्टफोन आइफोन सिक्स, आइ वाच र नयाँ अपरेटिङ...