Friday 12 Baishak, 2071 |
Menu

अर्थ

मध्यमस्तरका परियोजनामा लगानी गर्दै जलविद्युत विकास कम्पनी

  • शुक्रबार ११ श्रावण, २०७०
  • लीला घिमिरे
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) ले एक सय मेगावाट क्षमताका ५ जलविद्युत परियोजनाको वित्तीय स्रोतको छिनोफानो (फाइनान्सियल क्लोजर) गर्ने भएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले अबको केही दिनमै सबै आयोजनाका लागि आवश्यक पुँजीको छिनोफानो हुने बिहीबार नागरिकलाई बताए। सबै आयोजना २० देखि ३० मेगावाट क्षमताका छन्।
'एक सय मेगावाट क्षमताका विभिन्न पाँच परियोजनामा लगानी गर्न सबै परियोजनाको प्राविधिक पक्षको अध्ययन भइरहेको छ,' रौनियारले भने, 'अबको केही दिनमै व्यावसायिक रुपमा सम्भाव्य आयोजनाको वित्तीय व्यवस्थापन हुन्छ।' कम्पनीले अध्ययन गरिरहेका मध्येबाट पाँच वा कति परियोजनामा लगानी गर्ने भन्ने टुंगो पनि अबको केही दिनमै लाग्ने रौनियारले बताए। सबै पक्षको अध्ययनपछि मात्रै योग्य परियोजनामा लगानी गरिने उनले बताए। 
कम्पनीले २७ मेगावाटको दोर्दी, ३० मेगावाटको तल्लो मोदी, २५ को खानीखोला–१ सहित अन्य दुई आयोजनाका लागि आवश्यक पुँजी जुटाउन काम गरिरहेकोमा दोर्दीमा लगानीको टुंगो लागिसकेको छ। कम्पनीको जोखिम व्यवस्थापन विभागले दिने अध्ययन प्रतिवेदनपछि मात्रै आयोजनाको वित्तीय स्रोत टुंगो लाग्ने बताइएको छ। 
सबै परियोजनामा कुनै एक बैंकको नेतृत्व (लिड) मा अन्य बैंकहरुले लगानी गर्नेछन्। एचआइडिसिएलले लिड बैंकले गरेको लगानी बराबर पँुजी लगानी गर्ने अधिकार पाएको रौनियारले बताए। 
कम्पनीले केही समयअघि मिस्त्री खोला जलविद्युत आयोजनामा ९८ करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरिसकेकोमा केही दिनअघि मात्रै दोर्दीखोला जलविद्युत परियोजनामा समेत लागनी गर्ने भएको हो। 
मिस्त्री खोलामा नबिल, नेपाल इन्भेस्टमेन्ट, लक्ष्मी, क्लिन इनर्जी, नेपाल बैंकलगायतले कुल लागतको ७५ प्रतिशत लगानी गरेका छन्। 
लमजुङको चिती गाविसमा पर्ने २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकको नेतृत्वमा ग्लोबल आइएमई, नबिल, नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, कमर्ज एन्ड ट्रस्ट, सिभिल लगायतले लगानी गर्नेछन्। 
चार अर्ब रुपैयाँ अनुमानित लागत रहेको आयोजनाका लागि एचआइडिसिएल सहित यी बैंकहरुले ३ अर्ब १७ करोड रुपैयाँ लगानी गर्नेछन्। आयोजना हिमालयन पावर पार्टनर प्रालिले निर्माण गर्न लागेको हो। यो कम्पनी व्यवसायी चन्द्र ढकाल अध्यक्ष रहेको आइएमई समूहअन्तर्गतको कम्पनी हो। परियोजना अध्ययनका लागि सन् २००५ मै विद्युत विकास विभागले हिमालयनलाई अनुमति दिएको हो। 
नेतृत्व गर्ने बैंकसरह पुँजी लगानी गर्ने अधिकार पाएको एचआइडिसिएलले दोर्दीमा कति लगाउने भन्ने टुंगो लागेको छैन। 'लिड बैंकले जति नै लगानी गर्ने भनिए पनि यो आयोजनामा त्यस्तो छैन,' रौनियारले भने, 'कुन बैंकले कति लगानी गर्ने भन्ने नै छलफलको चरणमा छ।'
आयोजनाको विद्युत सुख्खायाममा प्रतियुनिट ८ रुपैयाँ ४ पैसा र वर्षायाममा ४ रुपैयाँ ८ पैसामा विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भइसकेको छ। उत्पादित बिजुली मध्य मर्स्याङ्दी जलविद्युत परियोजनाको सबस्टेसनमा जोड्ने बताइएको छ। 
जलविद्युत परियोजनामा लगानी गर्नेबाहेक उसले प्रसारण लाइन निर्माण र वितरणमा सेयर तथा ऋण लगानीसमेत गर्नेछ। नेपाल सरकारले ५ अर्ब, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले एक–एक अर्ब रुपैयाँ प्रवर्द्धकको रुपमा लगानी गरेको कम्पनीको अधिकृत पुँजी ५० अर्ब तथा जारी पँुजी १० अर्ब रुपैयाँ छ। कम्पनीले केही समयभित्रै सर्वसाधारणका लागि छुट्याइएको २ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। 
एचआइडिसिएलले आगामी अगस्ट २८ र २९ मा काठमाडौंमा इन्भेस्टर्स मिटिङ पनि गर्न लागेको छ। मिटिङ जलविद्युत र विदेशी लगानीका विषयमा केन्द्रित हुनेछ। जलविद्युत आयोजना विकासका लागि सम्भावित विदेशी लगानीकर्ता सम्मिलित भेला गर्न लागेको प्रमुख कार्यकारी अधिकृत रौनियारले बताए। उनका अनुसार फोरममा भारतलगायत एक दर्जन देशका लगानीकर्ता र कम्पनी सहभागी हुनेछन्। 'एक सयदेखि ३ सय मेगावाट क्षमतासम्मका आयोजनालाई लगानी जुटाउन इन्भेस्टर्सहरुको फोरम आयोजना गर्न लागिएको हो,' उनले भने।
पोखरामा अपार्टमेन्ट

पोखरामा अपार्टमेन्ट

पोखरा -पोखरामा पहिलोपटक अपार्टमेन्ट निर्माण हुने भएको छ। एउटै भवनमा धेरै परिवार बस्न मिल्ने गरी बनाइने अपार्टमेन्टमा दुई व्यवसायीले छुट्टाछुट्टै लगानी गर्ने भएका हुन्। दुई ठाउँमा बन्ने ती अपार्टमेन्ट र...

बाख्रापालनमा २३ लाख लगानी

बाख्रापालनमा २३ लाख लगानी

लमजुङ-सूर्यपाल गाविसका एक युवाले २३ लाख रुपैयाँ लगानीमा सुरु गरेको बाख्रापालन व्यवसाय सुरु गरेका छन्। सात वर्ष इजरायल बसे फर्केका सूर्यपाल–९ साहुडिहीका राजेन्द्र श्रेष्ठ यो व्यवसायबाट ‘सन्तोषजनक' आम्दानी लिन थालेको...

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

अर्को वर्षबाट धान र भटमास मिसन कार्यक्रम

काठमाडौं-सरकारले आगामी आर्थिक वर्षबाट धान र भटमास मिसन कार्यक्रम सञ्चालन गर्ने भएको छ। यी वस्तुको आयात प्रतिस्थापनको उद्देश्यले कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्ष उक्त कार्यक्रम सुरु गर्ने योजना बनाएको...

फर्किन थाले आरोही

फर्किन थाले आरोही

सोलुखुम्बु- विश्वकै सर्वोच्च शिखर सगरमाथामा शुक्रबार बिहान अकस्मात आएको हिमपहिरोमा परी १३ जनाको मृत्यु भएपछि आधारशिविरभन्दा माथि गएका आरोहण दल फर्कन थालेका छन्। हिमपहिरोमा परी शिविर १ मा आरोहीका लागि...

उपभोक्ता ठगीमा सरकारको लाचारी

उपभोक्ता ठगीमा सरकारको लाचारी

काठमाडौं-ब्रान्डेड भन्दै नक्कली सामान खुलेआम बिक्री भइरहे पनि सरकारी निकाय मौन छन्। अनुगमन गर्ने निकायले नक्कली नियन्त्रणमा सक्रियता नदेखाउँदा उपभोक्ताले महँगो मूल्य तिरेर स्वास्थ्यमा प्रतिकुल असर गर्ने सामान किनिरहेका छन्।

घरेलु उद्योगमा महिला उत्साहित

घरेलु उद्योगमा महिला उत्साहित

काठमाडौं-पाँचथर ओयनकी उमाकुमारी गुरुङ काठमाडौं भृकुटीमण्डपमा चलिरहेको राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा व्यस्त छिन्। उनले आफ्नो स्टलमा राडीपाखी, कार्पेट, झोलालगायत ऊनबाट बनेका वस्तु राखेकी छन्।

विमानस्थलमा बत्ति गएपछि

विमानस्थलमा बत्ति गएपछि

काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई) को सारजहाँबाट आएको एयर अरेबियाको एउटा जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने तयारीमा थियो। ९६ यात्रु बोकेको जहाजलाई चालकदलले अवतरण गराउनै लागेका थिए।

चिनियाँ जहाजले अनुमति पाएन

चिनियाँ जहाजले अनुमति पाएन

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट नयाँ जहाज ल्याउन १० दिनमात्र बाँकी भए पनि त्यस्तो जहाजलाई नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले भने हालसम्म अनुमति दिएको छैन।

Our website is protected by DMC Firewall!