Friday 5 Mangshir, 2071 |
Menu

अर्थ

लगानी बोर्डमार्फत बन्ने परियोजनालाई आयकर छुट दिइनुपर्ने

  • शुक्रबार २१ असार, २०७०
  • लीला घिमिरे
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
काठमाडौं - लगानी बोर्डले आगामी बजेटमा जलविद्युत आयोजनामा आयकर छुट सुविधा दिन माग गरेको छ । बोर्डले आफूमार्फत कार्यान्वयनमा आउने आयोजनाका लागि छुट माग गरेको हो। सरकारले २०१९ सम्मा सम्पन्न भई विद्युत उत्पादन गर्ने अयोजनालाई उनीहरुले गर्ने आयमा १० बर्षसम्मका लागि शतप्रतिशत कर छुट दिएको छ। बोर्डले पनि आफूमार्फत कार्यान्वयनमा आउने ठूला लगानीका अयोजनालाई आयकरमा छुट दिन आग्रह गरेको बोर्डका सहसचिव मुकुन्दप्रसाद पौडेलले बिहीबार नागरिकलाई बताए।
'सरकारले २०१९ भित्र सम्पन्न भई विद्युत ऊर्जा उत्पादन गर्ने आयोजनालाई १० वर्षसम्म आयकर छुट दिएको छ,' उनले भने, 'हामीमार्फत कार्यान्वयनमा आउन लागेका अयोजनालाई पनि बजेटमार्फत आयकर छुट दिन सरकारसँग आग्रह गर्नेछौं।' 
लगानी बोर्डमार्फत बन्ने कुनै पनि अयोजनाहरु २०१९ भित्रमा सम्पन्न हुन नसक्ने भन्दै उनले त्यसपछि पूरा हुने ठूला अयोजनामा पनि त्यस्तै छुटको व्यवस्था हुनुपर्ने बताए। लगानी बोर्डमार्फत कार्यान्वयनमा आउने अयोजनालाई पनि आयकरमा छुट दिएर लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए। 
बोर्डमार्फत अरुण र तामाकोसी तेस्रो, माथिल्लो कर्णाली, माथिल्लो मर्स्याङ्दी र पश्चिम सेती जलविद्युत आयोजना कार्यान्वयनका विभिन्न चरणमा छन्। सबै अयोजनाका प्रवर्द्धकसँग बोर्डले विभिन्न तहमा परियोजना विकास सम्झौताका लागि आवश्यक छलफललाई तीब्र पारिरहेको छ। पाँच जलविद्युत आयोजनासहित बोर्डले पूर्वाधार, कृषि, पर्यटन लगायत करिब १४ वटा क्षेत्रमा पनि काम गरिरहेको छ। 
बोर्डेले १० अर्बभन्दा धेरै लगानी हुने उद्योग र लगानीकर्तालाई नेपालमा आवश्यक पर्ने प्रशासनिक, प्राविधिक तथा अन्य विविध पक्षमा सहजीकरण गर्छ। ठूलो परिमाणको स्वदेशी र विदेशी पुँजीमा सहज रुपमा लगानीकर्तालाई अकर्षित गर्न सरकारले २०६८ सालमा लगानी बोर्ड ऐनअन्तर्गत यो कम्पनी खडा गरेको हो। 
बोर्डले बजेटमा सरकारलाई जलविद्युत आयोजनाले आफ्ना कर्मचारीलाई दिने १० प्रतिशत बोनस पनि कम गर्न आग्रह गर्ने भएको छ। सरकारले बोनस ऐनमा नाफामूलक उद्योगले नाफाको १० प्रतिशत रकम कर्मचारीलाई बोनसको रुपमा बाँड्नुपर्ने व्यवस्था गरेको छ। 'उत्पादनमूलक उद्योग सञ्चालनलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको हो। तर, जलविद्युत अयोजनाको हकमा त्यस्तो बोनसको प्रतिशत धेरै हुने भएकाले कम गर्नुपर्छ,' उनले भने, 'जलविद्युत अयोजनामा धेरै पुँजी लगानी गरिन्छ र यसको नाफा पनि धेरे हुन्छ तर, उत्पादन हुने समयसम्ममा बोनस प्राप्त गर्ने कर्मचारीको संख्या न्यून हुने भएकाले बोनस दर कम भए थोरैले मात्रै धेरै बोनस प्राप्त गर्ने परिपाटी बन्द हुन्छ।' त्यसमा पनि अधिकांश कर्मचारी विदेशी हुने भएकाले बोनसबाट प्राप्त हुने रकम सबै बाहिरिने तर्क उनले गरे। उनले यस्तो बोनसको दर दुई वा तीन प्रतिशतको हाराहारीमा हुनुपर्ने बताए। 
लगानी बोर्डले स्वदेशी सिमेन्ट, रड लगायत अन्य निर्माण सामग्री प्रयोग गर्ने अयोजनालाई पनि सहुलियत दिनुपर्ने पनि माग अघि सारेको छ। हाल विदेशबाट यस्तो उत्पादनको आयात गरी निर्माण गर्ने आयोजनालाई भ्याट छुटको व्यवस्था छ। 'स्वदेशी उत्पादन प्रयोग गर्नेलाई छुट दिँदा आयोजनाका प्रवर्द्धकहरु नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहित हुनेछन्। नेपाली उत्पादनको प्रयोग पनि बढ्नेछ,' उनले भने। 
यसले नयाँ उद्योग सञ्चालनमा लगानीकर्तालाई अकर्षित गर्ने र रोजगारी सिर्जना पनि गर्ने हुँदा यसको प्रभाव समग्रमा सबै क्षेत्रमा पर्ने सहसचिव पौडेलले बताए। 
कर्मचारी मलेसियाको भ्रमणमा 
सहसचिव पौडेल लगायत लगानी बोर्डका कर्मचारीहरु मेलेसियाको तीन दिने भ्रमणमा निक्लेका छन्। मलेसियाको लगानी बोर्डको अध्ययन भ्रमणका लागि पौडेलसहितको टोली बुधबार मलेसियाको भ्रमणमा निक्लेको हो। टोलीले मलेसियामा बोर्डका कार्यकारी अधिकृत लगायतलाई भेटी मलेसियामा विदेशी लगानीलाई भित्याउन बोर्डले गरेका कामबारे जानकारी लिनेछ।
पञ्चेश्वर डिपिआर '६ महिनाभित्र'

पञ्चेश्वर डिपिआर '६ महिनाभित्र'

काठमाडौं— पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको 'विस्तृत आयोजना प्रतिवेदन' (डिपिआर) ६ महिनाभित्र पूरा गर्न नेपाल र भारत सहमत भएका छन्। भारतको नयाँदिल्लीमा मंगलबार र बुधबार बसेको 'पञ्चेश्वर विकास प्राधिकरण' सञ्चालक समिति बैठकमा...

मलेसियाबाट गैरकानुनी कामदार फिर्ता अभियान, कानुनी हैसियतका पनि फर्कंदै

मलेसियाबाट गैरकानुनी कामदार फिर्ता अभियान, कानुनी हैसियतका पनि फर्कंदै

काठमाडौं-मलेसियामा रहेका गैरकानुनी कामदारलाई स्वदेश पठाउन कोपरासी इमिग्रेसन मलेसिया बरहाडले थालेको अभियानमार्फत कानुनी रुपमा रहेका कामदार पनि धमाधम नेपाल फर्कन थालेका छन्। मलेसिया सरकारले अवैधानिक रुपमा बसेका र राहदानी नभएका...

करदाता सम्मानित

करदाता सम्मानित

काठमाडौं– सरकारले अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने संस्था र व्यक्तिलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तेस्रो कर दिवसको अवसर पारेर सोमबार सम्मान गरेको हो। अर्थमन्त्री रामशरण महतले...

सौर्यको नियमित उडान सुरु

सौर्यको नियमित उडान सुरु

काठमाडौं– निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सले सोमबारबाट नियमित व्यापारिक उडान सुरु गरेको छ। सौर्यले गत भदौ २ मा क्यानडाको बम्बार्डियर कम्पनीमा निर्मित जहाज काठमाडौं ल्याएको थियो। कम्पनीले ५४...

भण्डारी निर्दोष : विश्व बैंक

भण्डारी निर्दोष : विश्व बैंक

काठमाडौं- दोस्रो वित्तीय क्षेत्र सुधार कार्यक्रममा भ्रष्टाचारका दोषी भनिएका राष्ट्र बैंकका तत्कालीन कार्यकारी निर्देशक राजनसिंह भण्डारी निर्दोष भएको विश्व बैंकले जनाएको छ। विश्व बैंकको केन्द्रीय कार्यालयले अक्टोबर २४ मा भण्डारीलाई...

सामसङको कर्भ्ड टिभी आयो

सामसङको कर्भ्ड टिभी आयो

काठमाडौं- आठ वर्षदेखि टिभी प्रविधिका क्षेत्रमा अग्रणी सामसङ इलेक्ट्रोनिक्सले आफ्नो नयाँ कर्भ्ड युएचडी टिभीको शृंखला नेपालमा आएको छ। यो कर्भ्ड र युएचडी प्रविधि मिश्रित विश्वको पहिलो भएको कम्पनीले दाबी गरेको...

नजान्दा फोहोर, जान्दा मोहोर

नजान्दा फोहोर, जान्दा मोहोर

काठमाडौ-सानैमा भारत छिरेका तिलक बस्ताकोटीले १७ वर्षसम्म प्लास्टिक सामान बनाउने कारखानामा काम गरे। कलकत्ताको त्यही अनुभव उनलाई आफ्नो पेसामा अब्बल हुने आधार बन्यो। विदेशको लामो अनुभवलाई स्वदेशमै प्रयोग गर्दै उनले...

क्यान्डी क्रसका डेभलपर भन्छन्- '१ सय ९६ लेभलमै छु'

क्यान्डी क्रसका डेभलपर भन्छन्- '१ सय ९६ लेभलमै छु'

काठमाडौं- राजधानीको बालुवाटारकी स्वेच्छा प्रधानांगले 'क्यान्डी क्रस सागा' खेल्न थालेको दुई वर्ष भयो। एक साताअघि मात्र ७ सय १६ लेभल पार गरेकी उनी ७ सय १७ लेभलमा भिडिरहेकी छन्। स्वेच्छा...