प्राधिकरण स्रोतका अनुसार यहि क्रमले परियोजनाको उत्पादन घटिरहने हो भने पुस मसान्तसम्ममा लोडसेडिङ दैनिक १० घण्टा पुग्ने छ। सरकारका उर्जा मन्त्री प्रकाशशरण महतले सुख्खा भन्दा सुख्खा मौसममा पनि लोडसेडिङलाइ १० घण्टामा सिमित गर्ने प्रयास भइहरहेका थिए
विज्ञहरुले यो वर्षको सवैभन्दा सुख्खा मौसममा लोडसेडिङ दैनिक १६ घण्टा पुग्ने बताइसकेका छन्। नेपालमा विद्युत परियोजनाहरुको कुल जडिट क्षमता करिब ६ सय ५० मेगावाट भएपनि अहिले करिब ४ सयको हाराहामा पुगिसकेको छ।
कुलेखानी पहिलो र दोस्रो बाहेक अधिकांश परियोजना रन अफ दि रिभरमा आधारित भएका कारण सुख्खा याममा यीनको उत्पादन एक तिहाइमा सिमित हुने गर्छ। गत वर्ष लोडसेडिङ १६ घण्टासम्म भएको थियो। पोहोर साल अत्यन्त सुख्खा मौसममा नेपालका विद्युत परियोजनाको कुल उत्पादन २ सय ९३ मेगावाट मात्र भएको थियो। जबकी अत्याधिक मागको पिक टाइममा विद्युत माग ८ सय ५० मेगावाट सम्म पुग्नेगर्छ।
मारमा उद्योगधन्दा
दैनिक ८ घण्टा मात्र विद्युत आपूर्ति हुने स्थितिमा उद्योग धन्दा चौपट हुने नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारले बताए। उनले विद्युतको बैकल्पिक उपाय प्रयोग गर्दा वस्तु उत्पादनको लागत महँगो पर्न जाने र उद्योगको प्रतिस्पर्धात्मक क्षमता अत्यन्त कमजोर हुने बताए। अन्तर्राष्ट्रिय बजारमा निर्माण सामाग्रीको मूल्य घटेपनि लोडसेडिङले गर्दा उद्योगले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि जेनेरेटरबाट उद्योग चलाउँदा वस्तु उत्पादनको लागत बढ्नेछ। विद्युत उद्योगका लागि चाहिने अत्यावश्यकिय पूर्वाधार हो। यसको अभावमा उद्योगधन्दाको विस्तार हुन सक्दैन।
ताम्राकारका अनुसार विद्युतको आस्वस्तता पुर्याउन सरकार चुकेकै कारण गतवर्षभन्दा उद्योग विस्तार भएनन्। 'सराकरलाइ विद्युत आपूर्तिको बारेमा भन्दाभन्दा हामी थाकिसक्यौ', ताम्राकारले भने,'सरकार अर्थतन्त्रको विस्तारमा भन्दा राजनीतिक समस्यामा फसेको छ।' अधिकांश व्यवसायीले व्याकअपको रुपमा करोडौं रुपैयाँ खर्च गरेर जेनेरेटर किनेको उनको भनाइ छ। उनले भने,'जेनेरेटर समाधान होइन।'


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



