Thursday 23 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित

(0 votes)
नवीना लामा नवीना लामा
काठमाडौं— नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छिन्। दीपक गौतमलाई २१६ मतले हराउँदै लामा अध्यक्षमा निर्वाचित भएकी हुन्।
nepalipatr-april
लामाले ८६५ मत ल्याइन् भने अर्का प्रत्यासी गौतमले ६४९ मत पाए। निर्वाचन आयोगले यो परिणामलाई औपचारिकता दिन भने बाँकी छ।

नवीना रामकुमारी झाँक्रीपछि अखिलको नेतृत्व सम्हाल्ने दोस्रो नेतृ हुन्। नवीना एमालेभित्र केपी ओली पक्षकी हुन्। पराजित हुने गौतम माधव नेपाल पक्षका हुन्।

पदाधिकारीहरु अधिकांश संस्थापन पक्षका निर्वाचित भएका छन्। उपाध्यक्षमा महेश बर्तौला, रश्मि आचार्य, सुनिता बराल तथा सलेश लामा विजयी भएका छन्। महासचिवमा ऐन महर विजयी भएका छन्।

सचिवमा आरसी लामिछाने, समिक बडाल, मकरबहादुर खड्का, सदेश पराजुली, अमृत बुढा, आरती लामा, ओसिम आलम निर्वाचित भएका छन्।

कोषाध्यक्षमा झपिन्द्र खत्री निर्वाचित भएका छन्।

माघ २८ देखि अखिलको अधिवेशन प्रज्ञा भवन कमलादीमा भएको थियो। प्रतिनिधि विवादका कारण लम्बिएको महाधिवेशनमा फागुन ५ र ६ गते नेतृत्व चयनका लागि निर्वाचन भएको थियो। निर्वाचनमा १ हजार ५ सय २० मत खसेको थियो।

प्रतिक्रिया

आर्थिक वृद्धि ऋणात्मक

आर्थिक वृद्धि ऋणात्मक

काठमाडौं— चालू आर्थिक वर्षमा अर्थतन्त्र खुम्चिएर झन्डै नकारात्मक हुने अनुमान गरिएको छ। केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको अर्थतन्त्र अनुमानअनुसार चालु आर्थिक वर्षमा ०.७७ प्रतिशतले मात्र आर्थिक वृद्धि हुन्छ ।...

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

सत्ता फेरिने 'हल्ला'ले कर्मचारी तनावमा

काठमाडौं- नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साबिकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ। बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको 'हल्ला'ले तर्सन्छन्। किनकि, छिट्टै सरकार फेरिए उनीहरूलाई कम्तीमा...

लामो खडेरीले किसानलाई सकस

लामो खडेरीले किसानलाई सकस

काठमाडौं- लामो खडेरीले खाद्यान्न, तरकारी, फलफूल र नगदे बालीमा क्षति पुग्दा किसानलाई करिब ११ अर्ब रुपैयाँ क्षति पुगेको छ। हजारौं हेक्टर क्षेत्रफलमा लगाएको बालीनाली नष्ट भएको छ भने उत्पादनमा भारी...

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...