1 Falgun, 2072 |
Menu

अर्थ

istl

'महाधिवेशन संवैधानिक अधिकार'

(0 votes)
काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसदले महाधिवेशन गर्ने संवैधानिक हक र अधिकार भएको भन्दै प्रतिनिधि छनोटलाई शान्तिपूर्ण रुपमा आयोजना गर्न दिन मधेसमा आन्दोलनरत पक्षलाई अपिल गरेको छ।


nepalipatro-nagarik
महाधिवेशन प्रतिनिधि छनोट हुनु तीन दिनअघि कांग्रेसका प्रदेश नम्बर २ का करिब २ दर्जन केन्द्रीय नेता तथा सांसदले संयुक्त विज्ञप्ति निकाल्दै महाधिवेशन प्रतिनिधि छनोटका लागि सद्भाव र सहयोगका लागि आह्वान गरेको हो ।

यसअघि कांग्रेस संसदीय दलको कार्यालय सोमबार र मंगलबार प्रदेश नम्बर २ का केन्द्रीय सदस्य तथा सांसदहरुको बैठक बसेको थियो । बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई औपचारिक रुपमा आह्वान गर्न विज्ञिप्त निकालेको हो ।

'कांग्रेसका प्रतिनिधि छनोटका लागि शुक्रबारबाट प्रतिनिधि छनोट कार्यक्रम सुरु हुँदैछ । अहिले आन्दोलनका कारण गाडीसम्म चल्न दिएका छैनन् । त्यसले प्रभावित हुने देखिएको छ,' कांग्रेस सांसद किरण यादवले नागरिकसँग भनिन्, 'महाधिवेशन कार्यक्रम प्रभावित नहोस् भनेर सरकारलाई शान्तिसुरक्षा दिन र आन्दोलनकारीलाई अवरोध नगर्न अपिल गरेका हौं ।'

केन्द्रीय समितिले सोमबारको बैठकले पनि मधेसी मोर्चालाई कार्यक्रममा कुनै पनि अवरोध नगर्ने र सरकारलाई पर्याप्त मात्रमा सुरक्षा दिन आग्रह गरेको थियो ।

संविधानप्रति असन्तुष्टि जनाउँदै आएको मधेसी मोर्चाले संविधान जारी गर्ने प्रमुख दलका सांसदलाई जिल्ला प्रवेश गर्न नदिनेसम्मका कार्यक्रम ल्याएको छ । संविधान जारी भएपछि छठ मनाउन जिल्ला पुगेका सांसदहरु आन्दोलनकारीको दबाब थेग्न नसकेर राजधानी फिरेका थिए ।

पार्टी कार्यकर्तालाई पनि सौहाद्रपूर्ण वातावरणमा प्रतिनिधि छनोट गर्न गर्न आह्वान गरिएको सो विज्ञिप्तमा उनीहरुले आग्रह गरेका छन् ।

संविधान संशोधन विधेयक परिमार्जनसहित पारित भइसकेको र बाँकी रहेका विषयसमेत छलफलका माध्यमबाट टुङ्ग्याउन सकिने भन्दै विज्ञप्तिमा भनिएको छ, 'यसबाट अहिलेको गतिरोध सहज भई सकारात्मक दिशामा अघि बढ्ने अपेक्षा छ ।'

'संशोधनले आन्दोलनका केही प्रमुख विषयलाई सम्बोधन गरेको हुँदा प्राप्त उपलब्धिलाई सकारात्मक रुपमा लिँदै सीमांकन, नागरिकता, राष्ट्रिसभामा प्रतिनिधित्व, भाषा लगायत अन्य विषय वार्ता, छलफल र सार्थक संवादबाट समाधान गर्न सकिने र यसका लागि अग्रसरता लिने कुरामा नेपाली कांग्रेस विश्वास व्यक्त गर्दछ,' विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेमा विमलेन्द्र निधि, आनन्दप्रसाद ढुंगाना, फर्मुला मन्सुर, सीतादेवी यादव, गणेश मण्डल, रामअयोध्याप्रसाद यादव, अमियकुमार यादव, मिनाक्षी झा, पद्मनारायण चौधरी, महेन्द्र यादव, प्रेमकिशोर साह, सीताराम भण्डारी छन् । त्यसैगरी प्रमिला दास, लक्ष्मी भण्डारी, किरण यादव, रामकृष्ण यादव, रामचन्द्र यादव, राधेचन्द्र यादव, सुुनिल यादव, लालबाबु सिंह, हरेशप्रसाद महतो छन् ।

कांग्रेस नेता बिमलेन्द्र निधि र आनन्दप्रसाद ढुंगानासहितका नेताले आन्दोलनरत मधेसी मोर्चाका दोस्रो पुस्ताका नेतासँग महाधिवेशन प्रतिनिधि छनोटलाई सहज बनाउने विषयमा अनौपचारिक छलफल गरेका छन् ।

यसैबीच, कांग्रेस महाधिवेशनको निर्वाचन समितिका प्रमुख रहेका राधेश्याम अधिकारीले पनि शुक्रबारबाट मधेसी मोर्चाको आन्दोलन रहेको ८ जिल्लासहित ७५ जिल्लामा प्रतिनिधि छनोट कार्यक्रम सुरु हुने अपेक्षा गरेको बताएका छन् ।

'प्रत्येक जिल्लामा हामीले प्रतिनिधि खटाइसकेका छौं । अधिकांश जिल्लामा प्रतिनिधि पुगिसक्नुभएको छ । केही ठाउँमा नपुग्नु भएको भए विशिष्ठ कारणले मात्रै होला । आन्तरिक रुपमा तयारी राम्रोसँग भएको छ,' अधिकारीले नागरिकसँग भने, 'यो कांग्रेसका महायज्ञ हो । यसमा कसैले अवरोध पु¥याउनु होला जस्तो लाग्दैन ।'

फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवशेनका लागि माघ १५ र १६ गते गाउँ, २२ गते क्षेत्र र २५ गते जिल्ला अधिवेशन गर्न निर्णय कांग्रेसले गरेको छ । मधेसमा जारी आन्दोलनसहितका कारण कार्यतालिकामा केही परिमार्जन गर्न सक्ने निर्णय केन्द्रीय समितिले दिएको छ ।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...