Tuesday 21 Baishak, 2073 |
Menu

अर्थ

republica-headerdiscount-subscribe1

istl

भूकम्प, नाकाबन्दी र इन्धनअभावको प्रभाव परेन मकर स्नानमा

(0 votes)
माघे संक्रान्तिमाकाली गण्डकी र त्रिशुलीको संगम स्थलमा स्थान गर्दै । माघे संक्रान्तिमाकाली गण्डकी र त्रिशुलीको संगम स्थलमा स्थान गर्दै ।
चितवन–यो वर्षको प्राकृतिकआपत्ति र राजनैतिक समस्याकाकारण देवघाटधाममा स्नानगर्न आउनेको संख्या खासै घटेन। स्नान घाटमा भिडभाड र चहल पहल पहिलाकै जस्तो थियो । काली गण्डकी र त्रिशुलीनदीको संगम देवघाटमा महादेव पार्वती, राम सीता र ऋषिहरु मकर स्नानगर्न आउने धार्मिक विश्वास छ।
nepalipatr-april
सोहीकारण देश विदेशबाट भक्तहरु स्नानकालागि आउँछन् । गोरखा सौरपानीका सुर्यप्रसाद ढकाल भूकम्प पीडित हुन्। उनी देवघाटमा स्नान गर्दैगरे थिए। ढकाल सात वर्षदेखि माघे संक्रान्तिमा लगातार देवघाट आउने गरेका हुन्। देशको अवस्था प्रतिकुल भएपनि उनले यो पटकसमेत आफूलाई रोक्न सकेनन्। 'बाटो भत्किएको छ । गाडी राम्रोसँग चल्दैन। डिजेल पाइँदैन भनेर भाडा तेब्बर भएको छ । तै पनिआए,' ढकालले भने।

माघे संक्रान्तिको दिन देवघाटमा व्रतबन्ध गराउने चलन छ। सयौं जानले नदी किनारमा ब्रतबन्ध गराइ रहेका देखिन्थे। ढकाल पनि गाउँबाट ब्रतबन्ध गराउन आउने टोलीसँगै देवघाट आएका हुन्। गोरखा, धादिङ, लमजुङ, कार्भेलगाएतका ठाउँबाट ब्रतबन्ध गराउन आउनेहरुको भिड लागेको थियो देवघाटमा।

बर्दिया तारातालका ८० वर्षीय मोहदत्त लामिछाने पनि चिसोको वास्ता नगर्दै नदीमा डुबुल्की मार्दै थिए। 'काशीगए, गया गए, मुक्तिनाथपनि गए। देवघाट आउन बाँकी थियो आए निकै खुसी छु,' लामिछानेले भने । लामिछानेको टोलीमा ४० जना थिए । बर्दिया तारातालबाटै बस रिजर्भ गरेर उनीहरु नुहाउन देवघाट आएका हुन्।

मधेसका जिल्ला र भारतबाट पनि नुहाउन आउने भेटिए। 'मैले देवघाटको बारेमा धेरै सुनेको थिए । आउन पाएको थिइन । आज पहिलो पटक आए। नुहाए घुमे धेरै खुसी छु,' भारत बेतियाबाट आएका रमेश महतोले भने । महतोको टोलीमा देवघाट नुहान आउनेहरु आठ जना थिए। देवघाट देशको मुख्य तिर्थ स्थल हो। माघे संक्रान्तिमा यहाँ लाखौंले स्नान गर्छन्।

'देको अवस्था सामान्य थिएन । प्राकृतिक विपत्तिदेखि नाकाबन्दी इन्धन अभाव जस्ता समस्या थियो । त्यसैले हामीले स्नान गर्न आउनेहरु प्रशस्तै नहोलान कि भन्ने आशंका गरेका थियौं । तर सविककै संख्यामा स्नानगर्नेहरु आए,' देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पियाले भने। देवघाटमा तीन लाखले स्नान गरेको समितिको अनुमान छ ।

देवघाट जाननारायणगढबाट बस चढ्नु पर्छ। अत्याधिक भिडभाड हुने भएकाले देवघाट क्षेत्र विकास समितिले एकतर्फी यातायातमात्रै सञ्चालन हुने व्यस्था मिलाएको थियो। नारायणगढबाट जाने बसहरु रामनगर हुँदै देवघाटपुग्थे भने फर्कदा देवघाट आँपटारी हुदै नारायणगढ आउथे । बसको छत छतमासमेत टन्नै यात्रुहरु देखिन्थे । नारायणगढबाट पैदलै देवघाट पुग्नेहरु पनि प्रसस्तै थिए ।

प्रतिक्रिया

६० हजार युवायुवतीको कोरिया सपना

६० हजार युवायुवतीको कोरिया सपना

काठमाडौं- बिबिएसमा ५७ प्रतिशत अंक ल्याएपछि काभ्रेकी प्रमिला लामाले जिन्दगीमा ठूलो उपलब्धि हासिल गरेको ठानिन्। अधिकांश साथी–भाइ, आफन्तले स्नातक तहमा राम्रै अंक ल्याएकाले जागिर पाउन कुनै अप्ठेरो नहुने भन्दै लामालाई फुरुंग...

खडेरीले खेतबारी खङ्ग्रङ्ग

खडेरीले खेतबारी खङ्ग्रङ्ग

झापा–बोटले थामिनसक्नु गरी लागेका आँपका चिचिला धमाधम झर्न थालेका छन् । लिचीको हालत पनि उस्तै छ । सधैँ यतिबेला खेतबारीमा हरियै भएर मौलाउने मकैका बोट ओइलाउँदैछन् । चिया बगानमा अरुबेला...

'नेपालको पर्यटन अकासिँदै छ'

'नेपालको पर्यटन अकासिँदै छ'

उपल मजुमदार मुलुकको सबैभन्दा जेठो र पहिलो डिलक्स पाँचतारे होटल सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक हुन्। उनी दुई दशकदेखि पर्यटन उद्योगमा छन्। विनाशकारी भूकम्प र नाकाबन्दीमा पनि सोल्टीको व्यापारलाई थामेका उनी...

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

ग्यास उत्खनन्ः पूरा भएन मन्त्रीको प्रतिबद्धता

दैलेख-एक महिनाभित्र यहाँ रहेको ग्यास र पेट्रोलियम पदार्थ उत्खनन प्रक्रिया थाल्ने मन्त्रीको प्रतिबद्धता पाँच महिना पुग्दा नपुग्दै सेलाएको छ । खनिज भएकै स्थानमा गएर अवलोकन गरेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पत्रकार...

पूर्वाधार बैंक खोल्ने तयारी

पूर्वाधार बैंक खोल्ने तयारी

काठमाडौं–नेपाल राष्ट्र बैंकले 'राष्ट्रिय पूर्वाधार बैंक'लाई अनुमति दिन आवश्यक नीति बनाउन कार्यदल गठन गरेको छ । जलविद्युत, सडक तथा अन्य ठूला पूर्वाधार आयोजनामा लगानी गर्ने उद्देश्यले बैंक गठनको तयारी भइरहेको...

अभावको मौका छोपेर दोब्बर मूल्य

अभावको मौका छोपेर दोब्बर मूल्य

काठमाडौं–सुक्खायामको मौका छोप्दै खानेपानी ट्यांकर व्यवसायीले पानीको मूल्य दोब्बर बढाएका छन् । पानीको हाहाकार बढ्दै जाँदा उपत्यकामा चल्ने खानेपानी ट्यांकरले दोब्बरभन्दा धेरै मूल्य बढाउँदै कालोबजारी गरिरहेका छन्।

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

टमाटरसँगै उम्रिए, लहराए, फूले अनि फले उनी

सर्लाही– 'पत्रिकामा छापिएका रोजगारीसम्बन्धी प्रत्येक विज्ञापन नछुटाई हेर्थें,' लटरम्म फलिरहेको आफ्नो कृषि फार्मको टमाटर टनेलबाट बाहिर निस्किएपछि दीपेन्द्रले सम्झिए, तीन वर्षअघि काठमाडौंमा भौंतारिँदाको आफ्नो दैनिकी।

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

चिनियाँ जहाज नेपाल लाने अन्तिम तयारी

सियान (चीन)-नेपालका लागि निर्मित चारवटा जहाज अब छिट्टै नेपाल ल्याइने भएको छ । यसको अन्तिम तयारी भएको चिनियाँ कम्पनीले जनाएको छ। सन् २०१५ को डिसेम्बरमा नै तयार भएका ती जहाज...