1 Falgun, 2072 |
Menu

अर्थ

istl

पूर्वका शहरमा मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय

(0 votes)
इटहरी–डेढ साताअघि इटहरी–८ का सानु सुब्बाको घरको प्यासेजमा राखेको को १५ प ४६८ नम्बरको स्कुटी चोरी भयो। दुई दिनपछि प्रहरीले इटहरी–८ कै रोशन झालाई स्कुटीसहित पक्राउ ग¥र्यो। अहिले प्रहरीले उनलाई चोरीमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ।
nepalipatro-nagarik
एक साताअघि नै पेशेवर मोटरसाइकल चोरी गर्ने र बिक्री गर्न सहयोग गर्ने आठ जनालाई उर्लाबारी प्रहरीले पक्राउ गरि मुद्दा दर्ता गरेको छ। पूर्वका सुनसरी, मोरङ र झापाका मुख्य बजार क्षेत्रमा पार्किङ गरिरहेका मोटरसाइकल चोरी गर्ने र पूर्वी पहाडी जिल्लामा लगेर बिक्री गर्न सहयोग गर्ने उर्लावारी–१ मा बस्ने राजकुमार राई, शुम्भु राई, वडा नं. ३ का सुजित राई, मधुमल्ला वडा नं. ५ का शुक्र लिम्बु, मधुमल्ला–७ का योगेन्द्र विक, रोशन कार्की डोली, इलाम चुलाचुली–१ का कुमार लावुङ र सोही ठाउँका अटल नेम्वाङलाई पक्राउ मुद्दा दर्ता गरिएको हो।

पूर्वका मुख्य बजार क्षेत्रमा पार्किङ गरिराखेको मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय भएको बेला केही दिनअघि इनरुवाबाट मोटरसाइकल चोरी गरी बिक्री गर्न ग्यारेज पु¥याउँदा इनरुवाकै विशाल बस्नेत पक्राउ परे। उनी अहिले ७० हजार रुपैयाँ धरौटी बुझाएर छुटसकेका छन्। प्रहरीको अनुसन्धान अनुसार बस्नेत लागुऔषध प्रयोगकर्ता हुन्।

पछिल्लो समय पूर्वका मुख्य बजारहरुमा पार्किङ गरिराखेका मोटरसाइकल चोरी हुने क्रम बढ्दो छ। पुस महिनामा इटहरीबाट मात्र चारवटा मोटरसाइकल चोरी भएको छ। मोटरसाइकल चोरी नियन्त्रण गर्न इटहरी प्रहरी कार्यालयमा शनिबार आकस्मिक बैठक समेत बसेको डिएसपी ओम अधिकारीले बताए। उनका अनुसार मोटरसाइकल चोरी नियन्त्रण गर्न एउटा विशेष टोली नै परिचालन गरिएको छ।

अब इटहरीमा मोटरसाइकल राखिएका स्थान निगरानी गर्न सादा पोशाकमा प्रहरी टोली नै खटाउन थालिएको छ। इनरुवाबाट पुस महिनामै दुईवटा मोटरसाइकल चोरी भएकोमा प्रहरीले तत्काल सूचना पाएर चोर पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी कोइरालाले बताए। मोटरसाइकल चोरी गर्ने गिरोहले आसपासका ग्यारेजमा लगेर सस्तो मूल्यमा बिक्री गर्ने वा मोटरसाइकलको स्वरुप परितवर्तन गरी चलाउने गरेको पाइएको छ। केहीले भने पूर्वका पहाडी जिल्लामा लगेर बिक्री गर्ने गरेको पाइएको छ।

चोरीका मोटरसाइकल प्रयोग गर्ने व्यक्तिले नयाँ नम्बर पिलेट लेखी यातायात व्यवस्था कार्यालयको नक्कली कागजात बनाएर चलाउने गरेको समेत पाइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार सुनसरी, मोरङ, झापा, सिराह र सप्तरीका बजारबाट बढी मोटरसाइकल चोरी हुने गरेका छन्।

शहरमा चोरी गरिएका मोटरसाइकल ग्रामीण क्षेत्रमा अत्याधिक हुने गरेको पाइएको छ। पछिल्लो समय तराई–मधेसमा मधेसी मोर्चाले गरेको आन्दोलन र प्रहरीको कमजोर उपस्थितीको फाइदा उठाएर ग्रामीण क्षेत्रमा चोरीका मोटरसाइकल बढी प्रयोग हुने गरेको पाइएको छ।

प्रतिक्रिया

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

शुक्रबार बाँडिएन पेट्रोल, शनिबार निजी सवारीले पाउने (पम्पको सूची)

काठमाडौं– नेपाल आयल निगमले जुनसुकै लटका निजी मोटरसाइकल, स्कुटर र निजी तथा सार्वजनिक चार पाङ्ग्रे सवारी साधनलाई शनिबार पेट्रोल वितरण गर्ने भएको छ।

महिला पछ्याउँदै दलाल

महिला पछ्याउँदै दलाल

काठमाडौं- पतिसँग सम्बन्धविच्छेद गरेपछि सुनसरी, हसुनपुर–४ की मनिषा राईको चाहना वैदेशिक रोजगारीमा जाने थियो। यही चाहना पूरा गर्ने सिलसिलामा उनको थुप्रै मेनपावर र एजेन्टसँग भेट भयो।

पेट्रोलियम पदार्थको हाहाकार  कायमै

पेट्रोलियम पदार्थको हाहाकार कायमै

झापा–भारतीय बजारबाट सहजै इन्धन भित्रिरहे पनि झापामा पेट्रोलियम पदार्थको हाहाकार यथावतै छ। यातायात व्यवसायीले आयल निगम र पेट्रोलियम व्यवसायीले नियतवश कृत्रिम अभाव देखाएर तस्करी धन्दालाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

भ्यालेन्टाइन डेमा ठमेल रातभर खोल्ने तयारी

काठमाडौं– प्रत्येक वर्षको फेब्रुअरी १४ तारिकमा विश्वभर मनाउने गरिएको भ्यालेन्टाइन डे(प्रणय दिवस)का दिन यस वर्ष काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल रातभर खोल्ने तयारी भइरहेको छ।

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

एउटा इन्जिन मर्मतमा ५० करोड खर्चंदै निगम

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको आफ्नो बोइङ जहाजको एक थान इन्जिन पूर्णमर्मत (ओभरहल) गर्न करिब ५० करोड रुपैयाँ खर्च गर्ने भएको छ।

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

लोडसेडिङ कम गर्न फागुन ४ देखि ८० मेगावाट विद्युत् आयात गरिने

काठमाडौं– ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले फागुन ४ गतेदेखि ८० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको जनाएको छ।

रक्सौलबाट ९५ ट्यांकर इन्धन

वीरगन्ज–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमा नाकामा जारी राखेको अवरोध हटेसँगै रक्सौलस्थित इन्डियन आयल कर्पोरेसनको डिपोबाट वीरगन्ज नाका भएर इन्धन भित्रिने अनुपात बढ्दो क्रममा छ। वीरगन्ज नाकाबाट मंगलबार ९५ ट्यांकर भित्रिएका...

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...