Wednesday 27 Magh, 2072 |
Menu

अर्थ

istl

खुट्किलो उक्लने भलिबलको लक्ष्य

(0 votes)
खुट्किलो उक्लने भलिबलको लक्ष्य
काठमाडौं- नेपालमा भलिबल लोकप्रिय खेलको सूचीमा अगाडि आउने विधा हो। तीब्र गति र रोमाञ्चक स्वभावलेमात्र नेपालमा भलिबल लोकप्रिय भएको होइन। भौगोलिक अवस्थाअनुसार सबै जिल्लामा खेल्न सकिने माटो सुहाउँदो हुनु नेपालमा यसको लोकप्रियताको अर्को मुख्य आधार हो।

nepalipatro-nagarik
सरकारले बर्सेनि गर्ने राष्ट्रपति रनिङ सिल्ड (लोकतन्त्र आउनुअघिसम्म वीरेन्द्र रनिङ सिल्ड) मा समेटेका थोरै खेलमध्ये भलिबल एक हुनुले नेपालमा यसको लोकप्रियता र सम्भावना प्रस्ट पार्छ। ३० को दशकमै सरकारले खेलकुदविकासका लागि 'ग्रासरुट' देखिनै संगठित अवधारणासहित सुरु गर्दा भलिबलले महŒव पाएको थियो। पछिल्ला दशकमा नेपाल भलिबल संघको उदासिनताका कारण यो खेल छायाँमा परे पनि जनस्तरमा अझै भलिबल उत्तिकै लोकप्रिय छ, सरकारको प्राथमिकतामा पनि अगाडि।

सबै ७५ जिल्लामा संगठन हुने भलिबल देशकै एक्लो खेल हो। तर, नेतृत्व जवाफदेही नहुँदा यही खेलले अहिलेसम्म आमन्त्रण अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजा बेवास्था गर्ने हो भने दुईपटकमात्र आधिकारिक पदक जितेको इतिहास छ। दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को आठौं संस्करण सन् १९९९ मा काठमाडौंमा हुँदा महिला टोलीले कांस्य पदक जितेको थियो। त्यसअघि साफमा कहिल्यै महिला भलिबलमा प्रतिस्पर्धा हुँदैनथ्यो। पाकिस्तानले २००४ मा नवौं संस्करण गर्दा पनि महिला भलिबल हटायो। त्यसपछिश्रीलंकाले दक्षिण एसियाली खेलकुद (साग) को नाममा १० औं संस्करण २००६ मा गर्दा फेरि महिला टोलीले कांस्य जित्यो। सागको इतिहासमा यसअघि महिला भलिबल यही दुई संस्करणमा मात्र समावेश थिए।

बंगलादेशले पाँच वर्षअघि ११ औं संस्करण आयोजना गर्दा महिला भलिबल हटायो। नेपालको पुरुष टोलीले यो खेलमा अन्य संस्करण झै पदकरहित भएर फर्किनुपर्यों। अर्को महिना भारतले गर्न लागेको १२ औं संस्करणमा महिला भलिबल पनि समावेश छ। आयोजकले महिला विधामा प्रतिस्पर्धा गराउने भएपछि स्वाभाविक रूपमा नेपाली भलिबलकर्मी उत्साही बनेका छन्। एक खुट्किलो चढ्दै रजत पदक जित्ने यसपालिको लक्ष्य छ। यही लक्ष्यका लागि २५ वर्षपछि पहिलोपल्ट विदेशी प्रशिक्षकको नेतृत्वमा नेपाली भलिबलले सागका लागि तयारी गरिरहेको छ।

चिनिया प्रशिक्षक रोङले भारतमा १९८७ मा भएको तेस्रो साफदेखि श्रीलंकामा १९९१ मा भएको पाँचौं साफसम्म नेपाली भलिबलको नेतृत्व गरेका थिए। उनकै प्रशिक्षणमा नेपालले पाकिस्तानमा १९८९ मा भएको चौथो साफमा पनि सहभागिता जनाएको हो। त्यसयता नेपालकै प्रशिक्षकको नेतृत्व हुने गरेको भलिबलमा अहिले इरानका हमिद मोभाहिदीलाई जिम्मेवारी दिइएको छ।

माघ २३ मा सुरु हुने सागका लागि आइतबारबाट हमिदले औपचारिक रूपमा प्रशिक्षण थालनी गरेका छन्। छोटो र फितलो तयारीको भरमा नेपालले ठूलो आश गरेको छ।

'दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा गतवर्ष हाम्रो महिला टोलीले श्रीलंकालाई हराउँदै रजत पदक जितेको थियो। हामीले त्योबेला भारतसँग फाइनलमा पनि राम्रो खेलेका थियौं,' भलिबल संघ उपाध्यक्ष मनोरञ्जन रमण शर्माले भने, 'त्यसैले हामी यो सागमा पनि आशावादी छौं।'

शर्माले यस्तो आशा व्यक्त गरे पनि नेपालको तयारी भने त्यसअनुरुप नभएको भलिबलकर्मीहरू बताउँछन्। 'श्रीलंकाले हामीसँग हारेपछि विशेष तयारी गरिरहेको छ। तर, हामी भने त्यो रजत पदकमै रमाएर बस्यौं। तयारी पटक्कै राम्रो हुन सकेन।

एक महिनापछि हुनेसागका लागि भर्खर संगठित तयारी थालेका छौं,' राष्ट्रिय टोलीका पूर्वकप्तान भरत शाह भन्छन्, 'हाम्रा खेलाडीमा क्षमता छ भन्ने प्रमाणित भइसकेको छ।'

हमिदले पुरुष टोलीमा मुख्य प्रशिक्षकमा नेतृत्व सम्हाल्दा जगदीश भट्टलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको छ। महिला टोलीमा भने राष्ट्रिय खेलकुद परिषदका मुख्य भलिबल प्रशिक्षक सुदेशकुमार रिमाल छन् भने उनलाई कौशिला खत्रीले सहायक भएर सघाउने छिन्।

फितलो तयारीका कारण हमिदका लागि महिला टोलीले कांस्य पदक जितेको पुरानो इतिहास नै चुनौती बन्न सक्छ। किनकि उनको भागमा पुरुष टोलीको जिम्मा छ। हमिद एसियाली स्तरमै सफल प्रशिक्षकका रूपमा परिचित छन्। उनले इरानी पुरुष टोलीलाई दुईपल्ट एसिया च्याम्पियन बनाइसकेका छन।

पहिलो दिनको प्रशिक्षणमै हमिदले नेपाली खेलाडीको खेल्ने शैलीबाट आफू प्रभावित भएको बताएका थिए। तर,समय कम भएका कारण ठूलो लक्ष्य राख्न नसकिने उनको तर्क छ। उनले भने, 'समय कम छ। जति छ, त्यसमा योजना बनाएर काम गर्छु।'

उनले थपे, 'मैले भारत, पाकिस्तान, श्रीलंकाको खेल हेरेको छु। उनीहरूभन्दा हामी धेरै कमजोर छौं जस्तो लाग्दैन। तर, मैले ६ महिना टोली हेर्ने मौका पाएको भए स्वर्ण जिताउने सम्भावना रहन्थ्यो।'

सागअघि केही मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउन सके टोलीले थप राम्रो नतिजा दिने हमिदले बताए। अभ्यासका लागि पर्याप्त सुविधा नहुँदा तयारी प्रभावित भएको उनको भनाइ थियो। 'दुई टोलीलाई अभ्यास गराउन हामीसँग कभर्डहल छैन। बाहिर अभ्यास गराउन जाडोले सम्भव छैन। बिहान अभ्यास गर्न पर्याप्त लाइट छैन,' हमिदले गुनासो गरे, 'बन्द प्रशिक्षण सिविरको खेलाडी राखिएको होटलका कोठा ठिक छैनन्। अत्यन्तै साघुँरा छन्। खेलाडीका लागि दिइने खाना झन दयनीय छ। सफलताका लागि मैदानमा डट्ने खेलाडी हुन्। त्यसैले उनीहरूको सुविधालाई केन्द्रमा राखेर व्यवस्थापन गर्नुपर्छ। यस्तो दयनीय अवस्थामा खेलाडीलाई कडा मिहिनेत गराउनु प्रत्युत्पादक हुन्छ।'

सागमा पुरुष भलिबल टोलीले अहिलेसम्म पदक जित्न सकेको छैन। महिलाले भने अहिलेसम्म कुनै पनि प्रतियोगितामा पदकविहीन हुनुपरेको छैन।

एक वर्षअघि काठमाडौंमा प्रथम दक्षिण एसियाली आमन्त्रणमहिला भलिबल च्याम्पियनसिपमा नेपाललेश्रीलंकालाई हराउँदै रजत जितेको थियो। जुन पदक नेपालले जितेको ठूलो पदक हो।सागमा त्यही रजत पदकलाई दोहोर्यांउने लक्ष्य लिएको भलिबलको तयारीमा राजनीतिक हस्तक्षेप भएको संघकै पदाधिकारीहरू बताउँछन्।

भलिबल संघकी कोषाध्यक्ष निरोज मास्के भन्छिन्, 'विदेशी प्रशिक्षक ल्याएरमात्र हँुदैन। उसलाई सहयोग गर्ने क्षमतावान सहयोगी प्रशिक्षक चाहिन्छ। तर, राष्ट्रिय खेलकुद परिषदले क्षमताभन्दा आफ्ना नजिकलाई प्रशिक्षक बनाउन खोज्दा तयारी लामो समयसम्म प्रभावित भयो। अहिले सहायक प्रशिक्षकको विषय टुंगो लागेपछि बल्ल साँचो अर्थमा तयारी सुरु भएको छ।'

दसौं सागमा कांस्य जित्दा तथा गतवर्ष काठमाडौंमा महिला टोलीले रजत पदक हात पार्दा रिमाल प्रशिक्षक थिए। पुरुष टोलीको स्तर बढ्न नसक्नु नेपाली भलिबलको मुख्य चुनौती भएकोरिमाल बताउँछन्। उनका अनुसार सन् १९८० को दशकमा नेपाली पुरुष टोलीले श्रीलंकालाई सहजै हराउँथ्यो। तर, अहिले नेपालश्रीलंकासँग हरेक सागमा पराजित हुँदै आएको छ। 'हाम्रो अन्तर्राष्ट्रिय सहभागिता कम छ। हामीभन्दा कमजोर टोलीको स्तर धेरै माथि पुगिसक्यो। तर, हामी त्यही छौं,' उनले थपे, 'दक्षिण एसियामा प्रायः सबै टोलीको स्तर उही हो। कसले कति तयारी गरेको छ, अनुभव कस्तो छ भन्नेले नतिजामा प्रभाव पार्छ।'

पदक जित्ने बढी सम्भावना भएको महिला टोलीको तयारी पनि सन्तोषजनक हुन नसकेको उनी बताउँछन्। 'एक वर्षअघि हामीसँग हारेपछि श्रीलंकाले सागलाई केन्द्रित गरेर तयारी सुरु गरेका थियौं। तर, हामीले एउटा अन्तर्राष्ट्रिय खेल पनि खेल्न सकेनौं,' रिमालले भने, 'त्यही लयलाई निरन्तरता दिन सकेको भए सागमा रजत जित्ने सभ्भावना बलियो हुने थियो।'

सागका लागि छनोट भएको महिला टोलीमा सेटर कृपा अधिकारी र स्पाइकर मनीषा चौधरीबाहेक सबै अनुभवी खेलाडी हुन्। टोलीमा एक वर्षअघि डेब्यु गरेकी स्पाइकर प्रतिभा माली, सरस्वती चौधरी, नेबिका चौधरी, रेश्मा भण्डारी जस्ता स्पाइकर राम्रो लयमा छन्।

इरानी प्रशिक्षकको नेतृत्वमा नेपालले थप राम्रो गर्ने रिमालको विश्वास छ। उनले भने, 'इरान एसिया च्याम्पियन भइसकेको टोली हो। प्रशिक्षक हमिद एसियाकै राम्रा प्रशिक्षक हुन्। उनको नेतृत्वमा पक्कै पनि टोलीको स्तर बढ्नेछ।'

हामिद इन्टरनेसनल भलिबल महासंघका'इन्स्ट्रक्टर' पनि हुन्। उनले यसअघि नेदरल्यान्ड्स र लेवनानको टोलीलाई प्रशिक्षण गराइसकेका छन्।

इरानी भलिबलको सहयोगमा उनी नेपाल आएका हुन्। हमिदको योजना पनि नेपाल बसाइऐतिहासिक बनाउने छ। उनी भन्छन्, 'भलिबल समन्वयको खेल हो। सबैको मिहिनेत चाहिन्छ। नेपाली भलिबलबारे केही थाहा छैन। पहिलो दिनको खेल हेर्दा खेलाडी फूर्तिला छन्। जति समय छ, त्यसबाट पदक जित्ने कोसिस गर्नेछौं।'

प्रतिक्रिया

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

पेट्रोल पाँच दिनमै सहज, ग्यास सहज हुन डेढ महिना कर्नुपर्ने

काठमाडौं– नेपाल आयल निगमले मट्टितेल, डिजेल, पेट्रोलजस्ता पेट्रोलियम पदार्थ अबको ५ दिनभित्रमा सबै पम्पहरुबाट वितरण गर्ने व्यवस्था मिलाउने भएको छ। आन्दोलनरत मधेसी मोर्चाले औपचारिक रुपमै बन्दहड्तालका कार्यक्रम फिर्ता लिइसकेको, इन्डियन...

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

सुन एक वर्षयताकै महँगो, प्रतितोला रु. ५४ हजार

काठमाडौं– सुनको भाउ करिब १२ महिनाकै उच्च भई प्रतितोला रु. ५४ हजार पुगेको छ। २०७१ साल माघ १९ गते प्रतितोला ५४ हजार पुगेको सुनको मूल्यले त्यसयता पुनः यो बिन्दुलाई छोएको...

बहाना बनाउँदै ठूला आयोजना

बहाना बनाउँदै ठूला आयोजना

नेपालगन्ज- राष्ट्रिय गौरवको बहुप्रतिक्षित सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्ष ०७२/७३ को साउन महिनायता कामको प्रगति शून्य छ। चालू वर्षको ६ महिना बितिसक्दा पनि आयोजनाले लक्ष्यअनुरूप काम अगाडि बढाउन सकेको...

चक्रपथ विस्तार कहिलेसम्म?

चक्रपथ विस्तार कहिलेसम्म?

काठमाडौं- निर्माण अवधि साढे २ वर्ष (७७.५ प्रतिशत) भन्दा बढी सकिँदासम्म काठमाडौं चक्रपथ विस्तारको कामले गति लिन सकेको छैन। गत वैशाख १२ को भूकम्पलगत्तै रोकिएको काममा भारतले गरेको नाकाबन्दीले थप...

२० लाख श्रमिक, सय कर्मचारी

२० लाख श्रमिक, सय कर्मचारी

काठमाडौं— पाँच लाख जनसंख्या रहेको कुनै जिल्लामा सेवा दिन सरकारको कस्तो संयन्त्र क्रियाशील हुन्छ ? सबैलाई थाहा छ– शान्ति सुरक्षा कायम राख्न प्रहरी, सेनादेखि लिएर सयौं कर्मचारी हुन्छन् । एउटै...

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्गः सिन्को नभाँची ३२ करोड झ्वाम

काठमाडौं— काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्न संकलित रकममध्येको करिब ९० प्रतिशत रकम खर्च भइसकेको छ । आयोजना बनाउने जिम्मा पाएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपिबिसिएल) को तीन वर्षको खर्च...

केरा सुकेपछि किसान चिन्तित

केरा सुकेपछि किसान चिन्तित

चौमाला (कैलाली)- चौमाला–१ का किसान मीनबहादुर बमले राम्रो आम्दानी हुने जानकारीपछि १८ कट्ठा जमिनमा केराखेती सुरु गरे। २ लाख लगानी गरेर लगाएको पूरै केराको गुभो कुहिएर सुकेपछि उनको यति बेला...

लुनकरण दास चौधरी रहेनन्

लुनकरण दास चौधरी रहेनन्

काठमाडौं- उद्योगपति लुनकरण दास चौधरीको बिहीबार ९३ वर्षको उमेरमा राजधानीमा निधन भएको छ। लामो सयमदेखि मुटु र सुगर रोगका बिरामी चौधरी विश्वका अर्बपतिको समूहमा पर्न सफल चौधरी समूहका संस्थापक हुन्।