Friday 12 Mangshir, 2071 |
Menu

अर्थ

भारतीय सेनाअध्यक्ष बोलाउने सरकारको निर्णय

  • मङ्गलबार १४ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं – मन्त्रिपरिषद बैठकले भारतका स्थल सेना अध्यक्ष विक्रम सिंहलाई निम्तो गर्ने निर्णय गरेको छ। नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि सिंहलाई आमन्त्रण गर्ने पनि निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्‌ बैठकले उपराष्ट्रपति परमानन्द झाले यही जेठ २१ देखि २६ गतेसम्म गर्नुहुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणलाई अनुमोदन गरेको छ। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले उक्त जानकारी दिए।

बैठकले आगामी असार २५ गतेदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसङ्ख्या तथा विकासको रणनीतिसम्बन्धी मन्त्रिस्तरीय बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय गरेको छ।

यस्तै आगामी असार ६ र ७ गते जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखापरीक्षक भानुप्रसाद आचार्यले भाग लिनेभएका छन्। उनले यही जेठ २७ गतेदेखि गर्ने बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

यसैगरी, एसियाली मन्त्रिस्तरीय भ्रष्टाचार विरोधी सम्मेलनमा भाल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाललाई पठाउने निर्णय भएको छ।

सूचना समाजसम्बन्धी एक अर्को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि तथा नेपाली राजदूतलाई जिम्मेवारी दिइएको छ।

यस्तै उद्योग मन्त्रालयको प्रस्तावअनुसार 'प्राइभेट फर्म रजिष्ट्रेसन नवौँ संशोधन नियमावाली २०७०' को मस्यौदालाई विधेयक समितिमा पठाउने निर्णय गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य चौकीका सङ्गठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको पनि प्रवक्ता पौडेलले बताए।

संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री पौडेलले यससम्बन्धमा कुनै निर्णय नभएको बताए। रासस

२६ वर्षदेखि औद्योगिक क्षेत्र विस्तार ठप्प

बुटवल-छब्बीस वर्षदेखि मुलुकमा साबिक औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन। औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ।

सार्क सदस्यबीच व्यापारमा झन्झटै झन्झट

काठमाडौं-नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हातेझोला लगायत वस्तु निकासी हुन्छ। त्यहाँ तरकारी, खाद्यान्न जस्ता वस्तुको बजार र माग दुवै राम्रो छ। तर नेपालले भुटानको मागअनुसार सामान पठाउन...

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

भैरहवा- नेपाल भारतबीच सरकारी स्तरबाटै काठमाडौं–दिल्ली रुटमा सञ्चालन गरिएको बसलाई बुधबार बेलहियामा स्वागत गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आ–आफ्नो झन्डा फहराएर सुरु गरेको बसलाई...

सीमा नराखी विदेशी लगानी नीति

काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी...

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

सिन्धुपाल्चोक-मांखा कान्ले पहिरोले क्षतिग्रस्त विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र एक साताभित्र सञ्चालनमा आउने भएको छ। तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। झन्डै तीन महिनाअघि १०.०५ मेगावाट क्षमताको...

प्रधानमन्त्री गुहार्दै भोटेकोशी

सिन्धुपाल्चोक- स्थानीयबासीले ३५ प्रतिशत सेयर माग्दै प्रसारण लाइन विस्तारमा अवरोध जारी राखेपछि ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत कम्पनी समस्या लिएर प्रधानमन्त्री कहाँ जाने भएको छ। मध्यमार्गी बन्ने विश्वास गरिएका स्थानीय...

स्थलगत अनुगमन : किसानको नाम भजाउँदै दुरुपयोग

कालीकोट- उच्च मूल्य कृषि परियोजनाले तयार पारेको प्रतिवेदनमा कालीकोटको पूजा मालिका कृषक महिला समूहलाई तरकारी खेती तथा पशुपालन भन्दै २० लाख रुपैयाँ उपलब्ध गराइएको छ। तर त्यो समूहले हालसम्म दुई...

सोनी एक्सपेरिया जेड सिरिज आए

सोनी एक्सपेरिया जेड सिरिज आए

काठमाडौं- सोनी मोबाइल कम्युनिकेसनले विश्वभर एकै साथ एक्सपेरिया जेड सिरिजका मोबाईल फोन सार्वजनिक गरेको छ। एक्सपेरिया जेडथि्र र एक्सपेरिया जेडथि्र कम्प्याक्ट नाम गरेका यी सेट वाटरप्रुफ र डस्ट प्रुफ छन्।