Sunday 13 Bhadra, 2072 |
Menu

अर्थ

ist-cc

भारतीय सेनाअध्यक्ष बोलाउने सरकारको निर्णय

  • मङ्गलबार १४ जेष्ठ, २०७०
  • रासस
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं – मन्त्रिपरिषद बैठकले भारतका स्थल सेना अध्यक्ष विक्रम सिंहलाई निम्तो गर्ने निर्णय गरेको छ। नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि सिंहलाई आमन्त्रण गर्ने पनि निर्णय गरेको हो।

यसैगरी मन्त्रिपरिषद्‌ बैठकले उपराष्ट्रपति परमानन्द झाले यही जेठ २१ देखि २६ गतेसम्म गर्नुहुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणलाई अनुमोदन गरेको छ। बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले उक्त जानकारी दिए।

बैठकले आगामी असार २५ गतेदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसङ्ख्या तथा विकासको रणनीतिसम्बन्धी मन्त्रिस्तरीय बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय गरेको छ।

यस्तै आगामी असार ६ र ७ गते जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखापरीक्षक भानुप्रसाद आचार्यले भाग लिनेभएका छन्। उनले यही जेठ २७ गतेदेखि गर्ने बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।

यसैगरी, एसियाली मन्त्रिस्तरीय भ्रष्टाचार विरोधी सम्मेलनमा भाल लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाललाई पठाउने निर्णय भएको छ।

सूचना समाजसम्बन्धी एक अर्को मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि तथा नेपाली राजदूतलाई जिम्मेवारी दिइएको छ।

यस्तै उद्योग मन्त्रालयको प्रस्तावअनुसार 'प्राइभेट फर्म रजिष्ट्रेसन नवौँ संशोधन नियमावाली २०७०' को मस्यौदालाई विधेयक समितिमा पठाउने निर्णय गरिएको छ।

सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य चौकीका सङ्गठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको पनि प्रवक्ता पौडेलले बताए।

संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका सम्बन्धमा राखिएको जिज्ञासामा मन्त्री पौडेलले यससम्बन्धमा कुनै निर्णय नभएको बताए। रासस

प्रतिक्रिया

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

प्रहरी स्कर्टिङमा एलपी ग्यास ढुवानी

कोहलपुर- सातादेखि बाँकेलगायत मध्य र सुदूरपश्चिमका पहाडी जिल्लामा देखिएको खाना पकाउने एलपी ग्यास अभाव कम गर्न प्रशासनले पहरा दिएर ढुवानी सुरु गरेको छ। ग्यास अभाव हुन नदिन प्रहरी स्कर्टिङमा वितरण...

बन्दले बाध्यता भो हवाईयात्रा

बन्दले बाध्यता भो हवाईयात्रा

नेपालगन्ज- सार्वजनिक सवारी साधन नचल्दा सल्यान, थारमारेका इन्द्रबहादुर भण्डारी काठमाडौं पुग्न हवाई यातायात रोज्न बाध्य भए। तर, उनका लागि हवाई यात्रा पनि सहज भएन। जागिरका लागि आवेदन दिएका उनी बुधबार...

धावनमार्गछेउका अग्ला घर भत्काऊ

धावनमार्गछेउका अग्ला घर भत्काऊ

काठमाडौं-व्यवस्थापिका संसदको विकास समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण रुटमा बनाइएका अग्ला घर तत्काल भत्काउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ।

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

पेट्रोल पाइपलाइन सम्झौतामा हस्ताक्षर

काठमाडौं- लामो प्रतीक्षापछि नेपाल र भारतबीच रक्सौल–आमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्झौता भएको छ। सोमबार नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास...

नाकामा रोकिए ४ हजार गाडी

नाकामा रोकिए ४ हजार गाडी

वीरगन्ज- मधेसकेन्द्रित तथा अन्य राजनीतिक दलको १० दिनदेखि जारी बन्दका कारण चार हजार मालबाहक गाडी मुलुकको प्रमुख नाका वीरगन्जनजिकै भारतीय सीमामा थन्किएका छन्।

फेरि बजेट बराबर रेमिटेन्स

फेरि बजेट बराबर रेमिटेन्स

काठमाडौं- पछिल्लो समय विदेशमा बस्ने नेपालीले मुलुकको बजेट बराबर रेमिटेन्स पठाउन थालेका छन्। आर्थिक वर्ष २०६९/०७० र २०७०/०७१ मा बजेटभन्दा बढी आएको रेमिटेन्स आव २०७१/०७२ मा भने बजेटकै हाराहारी छ।

चितवनमा फैलँदै माछापालन

चितवनमा फैलँदै माछापालन

चितवन- चितवनमा माछापालन व्यवसाय किसानको आफ्नै पहलमा फैलँदै गएको छ। २०६६ सालदेखि सामान्य सुधार हुँदै आएको माछापालन, गएको ४ वर्षदेखि भने अप्रत्यासित रुपमा वृद्धि भएको हो।

सुजुकी जिक्सर एसएफ आयो

सुजुकी जिक्सर एसएफ आयो

काठमाडौं- सुजुकी बाइकको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले बिहीबार १५५ सिसी फुलफेर्ड स्ट्रिट स्पोर्ट्स बाइक जिक्सर एसएफ सार्वजनिक गरेको छ।