Wednesday 5 Ashad, 2070 | June 19, 2013
Menu

अर्थ

अनलाइन कम्पनी दर्ताले राजधानी धाउने झञ्झट हट्यो

(0 votes)
चितवन – कुनै पनि कम्पनी संचालन गर्न तथा त्यसका अन्य गतिविधिको कानुनी प्रक्रिया पूरा गर्न राजधानी धाउनु नपर्ने भएपछि चितवनका व्यवसायी तथा उद्योगी प्रशन्न बनेका छन्। सेवामूलक हुन् वा नाफामूलक जुनसुकै खालका कम्पनी दर्ता तथा नवीकरण गर्न महिनौ धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोरिरहेका व्यसायीहरुले सबै सेवा अनलाइनमार्फत नै पाउने भएका छन्।
Laptop Bag with every nagarik
कम्पनी ऐन रजिष्ट्रारको कार्यालयले आफ्नो वेबसाइटमार्फत् सबै सेवा जिल्ला जिल्लामा दिने भएपछि उनीहरु ढुक्क बनेका हुन्। जिल्लाबाटै काम गर्न पाउनु सुखद भएको भन्दै कम्पनीको बारेमा रहने जानकारी गोप्य रहन सक्ने ग्यारेन्टी भए अनलाइन सेवा प्रभावकारी बन्ने व्यवसायी मोहनचन्द्र पोखरेलले बताए।

'पाँच दिन काठमाडौं बस्ने त्यसपछि वरपर झुम्मिनेहरुलाई काम छिटो गर्न पैसा बुझाउनु पर्ने समस्या अनलाइन सेवाबाट हट्ला जस्तो छ' ,व्यवसायी राजेन्द्र श्रेष्ठले भने।

मंगलबार कार्यालयले आफ्ना वेवसाइटका बारेमा चितवनका व्यवसायी तथा कम्पनी दर्ता गर्न इच्छुकहरुलाई जानकारी समेत दिएको छ। कम्पनी दर्ता गर्न चाहने जो कोहीले पनि www.ocr.gov.np लग अन गरी त्यहाँ दिइएको प्रकियाअनुसार दर्ता गर्न सक्नेछन्।

'दर्ता गर्न के गर्नुपर्छ र कस्ता कस्ता कागजपत्र पेश गर्नुपर्छ सबै प्रक्रिया र आवश्यक कागजातको सूचि साइटमै छ', इन्जिनियर शरसजंग देवानले भने- 'आफ्ना कम्पनीका गतिविधी तथा प्रतिवेदन पनि सहजै पोष्ट गरेर जानकारी दिनसकिनेछ।'

पहिले युजर नेम बनाउने र कम्पनीको नाम खोज्ने उनले भने कसैको नाममा कम्पनी रहेनछ भने स्वीकृत भएको इमेल वेबसाइटले पठाउछ। त्यसपछि कम्पनीको नियमावली, नागरिकताको फोटोकपी सहितका आवश्यक सामाग्रीको डिजिटल कपी वेबसाइटबाटै पठाउन मिल्ने व्यवस्था गरिएको छ।

'अब काठमाडौं पुगेर कुर्नुपर्ने समस्या हट्ने मात्र हैन रजिष्ट्रार शंकर अर्यालले भने फाइल हराउने, व्यवस्थापन गर्ने काम पनि अनलाइनबाटै सहज हुनेछ।' दैनिक ५० सम्म कम्पनी दर्ता गर्ने क्रम बढेकाले कम जनशक्तिले धान्न नसक्ने अवस्थाबाट वेबसाइटले मुक्ति दिने उनले बताए।

व्यवसायीले ढिला हुँदा तिर्नु पर्ने धेरै जरिवाना, वकिललाई लाग्ने दस्तुर र तथा कम्पनी दर्ताका नाममा हुने घुसखोरी नियन्त्रणमा पनि वेवसाइटको कार्य संचालनले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'वेबसाईटको राम्रो अध्ययन गरी बढीभन्दा बढी व्यवसायिक फाइदा लिनुस्', इन्जिनियर देवानले भने- 'प्राविधिक युगमा व्यवसायिक क्षेत्र यस प्रक्रियामा जानैपर्छ।'

वेबसाइटमार्फत् काम गर्दा हरेक कम्पनीको गोप्यता कायम रहने विश्वास दिलाउँदै उनले ढुक्क भएर आफ्नै जिल्लाबाट काम गर्न आह्वान गरे।

अनलाईन सेवा शुरु भएको पाँच महिनामा करिब नौसय कम्पनी दर्ता भएका छन्। कम्पनी राजिष्ट्राको कार्यालयले अनलाइनमा पठाएका सामाग्रीको वास्तविक कागजपत्र पनि जिल्लाबाटै संकलन गर्न सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघहरुसँग सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ।

'कामको बढी चापका बिच हामीले काठमाण्डौ गएर समय खेर फाल्नु नपर्ने भएको छ', नेपाल उद्योग बाणिज्य महासंघ प्रवर्द्धन समितिका संयोजक दिनेश श्रेष्ठले भने- 'सरल र सहज रुपमा व्यवसायीलाई सेवा दिने कार्य थालनी भैसकेको छ।'

कार्यालयले दिने सुविधाको उपभोगका लागि अनलाइन सेवा सहज बाटो भएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए। जिल्लाका कम्पनीमा कुनै समस्या भए त्यसलाई गोप्य रुपमा समाधान गर्ने व्यवस्था पनि भए अझ राम्रो हुने सुझाव दिए।

चाँदनी हमालबाट थप

सुन पसल बन्द अनिश्चित

सुन पसल बन्द अनिश्चित

काठमाडौं – ठगी गर्ने व्यवसायीलाई सरकारले कारबाहीको दायरामा ल्याउन लागेको विरोधमा आन्दोलनमा उत्रेका व्यवसायीले अनिश्चितकालिन रुपमा पसल बन्द गर्ने  बताएका छन्। व्यवसायी र सरकारबीच शुक्रबार वार्ता हुने कार्यक्रम तय भए...

भरपर्दा भएनन् चिनियाँ ठेकेदार

भरपर्दा भएनन् चिनियाँ ठेकेदार

काठमाडौं –चाइना रेल्वे ब्युरो कर्पोरेसनले सम्झौताअनुसार काम गर्न नसकेपछि ठेक्का रद्द, मेलम्ची एक वर्षभित्रै आउने सपना अधुरै – सन् २०१४ मेसम्म निर्माण सक्ने गरी त्रिशुली ३ 'ए'को ठेक्का पाएको चाइना गेजुवा...

कुनमिङले देखायो चीनसँग व्यापार सम्भावना

कुनमिङले देखायो चीनसँग व्यापार सम्भावना

कुनमिङ (चीन) - युनान प्रान्तको राजधानी कुनमिङमा आयोजना गरिएको पहिलो 'चीन दक्षिण एसिया एक्स्पो' ले नेपाल–चीन व्यापारमा नयाँ सम्भावना देखाएको व्यवसायीले बताएका छन्। क्षेत्रीय एक्स्पोमा पहिलोपटक ठूलो संख्यामा सहभागी भएका...

रुपैयाँ अहिलसम्मकै कमजोर

रुपैयाँ अहिलसम्मकै कमजोर

काठमाडौं- अमेरिकी मुद्रा डलरको भाउ सोमबार तीनपटक परिवर्तन भएर अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको छ। राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको भाउ ९२ रुपैयाँ ९३ पैसा तोकेको छ। डलरको मूल्य...

यार्सागुम्बाको आम्दानीबाट विद्युत आयोजना

यार्सागुम्बाको आम्दानीबाट विद्युत आयोजना

पोखरा- यार्सागुम्बा संकलकलाई पुर्जी दिंदा संकलित रकमले हिमालपारिको जिल्ला मनाङको टंकीमनाङ गाउँमा लघुजलविद्युत आयोजना बनाउन थालिएको छ। आफ्नै आयस्रोतबाट संकलित रकमले जलविद्युत आयोजना बनाएर गाउँ झिलिमिली पार्ने योजना स्थानीयबासीको छ। 

१० अर्बमा २० होटल बन्दै

१० अर्बमा २० होटल बन्दै

उद्योग व्यवसाय र अन्य क्षेत्रमा लगानी खुम्चिइरहेका बेला होटल व्यवसायीले १० अर्ब रुपैयाँ लगानी गर्ने तयारी गरेका छन्। व्यवसायीको यो लगानीले २० नयाँ होटल खुल्ने र २ हजार कोठा थपिने...

दुई जहाज भाडामा लिन टेन्डर आह्वान

दुई जहाज भाडामा लिन टेन्डर आह्वान

काठमाडौं - राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले एकैपटक दुई ठूला जहाज भाडामा लिन सोमबार अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ। निगमले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी, जहाज उत्पादक र भाडामा जहाज उपलब्ध गराउने...

नेपाल बैंकको हकप्रद सेयर जेठ ९ बाट

नेपाल बैंकको हकप्रद सेयर जेठ ९ बाट

काठमाडौं- नेपाल बैंक लिमिटेडले जेठ ९ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ। बैंकले एक सय रुपैयाँ कित्ता अंकित दरका ३ करोड ६१ लाख ९६ हजार १ सय ७४ कित्ता सेयर...