13 Mangshir, 2071 |
Menu

अर्थ

अनलाइन कम्पनी दर्ताले राजधानी धाउने झञ्झट हट्यो

Ad MyNepal Nagarik
(0 votes)

चितवन – कुनै पनि कम्पनी संचालन गर्न तथा त्यसका अन्य गतिविधिको कानुनी प्रक्रिया पूरा गर्न राजधानी धाउनु नपर्ने भएपछि चितवनका व्यवसायी तथा उद्योगी प्रशन्न बनेका छन्। सेवामूलक हुन् वा नाफामूलक जुनसुकै खालका कम्पनी दर्ता तथा नवीकरण गर्न महिनौ धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोरिरहेका व्यसायीहरुले सबै सेवा अनलाइनमार्फत नै पाउने भएका छन्।

कम्पनी ऐन रजिष्ट्रारको कार्यालयले आफ्नो वेबसाइटमार्फत् सबै सेवा जिल्ला जिल्लामा दिने भएपछि उनीहरु ढुक्क बनेका हुन्। जिल्लाबाटै काम गर्न पाउनु सुखद भएको भन्दै कम्पनीको बारेमा रहने जानकारी गोप्य रहन सक्ने ग्यारेन्टी भए अनलाइन सेवा प्रभावकारी बन्ने व्यवसायी मोहनचन्द्र पोखरेलले बताए।

'पाँच दिन काठमाडौं बस्ने त्यसपछि वरपर झुम्मिनेहरुलाई काम छिटो गर्न पैसा बुझाउनु पर्ने समस्या अनलाइन सेवाबाट हट्ला जस्तो छ' ,व्यवसायी राजेन्द्र श्रेष्ठले भने।

मंगलबार कार्यालयले आफ्ना वेवसाइटका बारेमा चितवनका व्यवसायी तथा कम्पनी दर्ता गर्न इच्छुकहरुलाई जानकारी समेत दिएको छ। कम्पनी दर्ता गर्न चाहने जो कोहीले पनि www.ocr.gov.np लग अन गरी त्यहाँ दिइएको प्रकियाअनुसार दर्ता गर्न सक्नेछन्।

'दर्ता गर्न के गर्नुपर्छ र कस्ता कस्ता कागजपत्र पेश गर्नुपर्छ सबै प्रक्रिया र आवश्यक कागजातको सूचि साइटमै छ', इन्जिनियर शरसजंग देवानले भने- 'आफ्ना कम्पनीका गतिविधी तथा प्रतिवेदन पनि सहजै पोष्ट गरेर जानकारी दिनसकिनेछ।'

पहिले युजर नेम बनाउने र कम्पनीको नाम खोज्ने उनले भने कसैको नाममा कम्पनी रहेनछ भने स्वीकृत भएको इमेल वेबसाइटले पठाउछ। त्यसपछि कम्पनीको नियमावली, नागरिकताको फोटोकपी सहितका आवश्यक सामाग्रीको डिजिटल कपी वेबसाइटबाटै पठाउन मिल्ने व्यवस्था गरिएको छ।

'अब काठमाडौं पुगेर कुर्नुपर्ने समस्या हट्ने मात्र हैन रजिष्ट्रार शंकर अर्यालले भने फाइल हराउने, व्यवस्थापन गर्ने काम पनि अनलाइनबाटै सहज हुनेछ।' दैनिक ५० सम्म कम्पनी दर्ता गर्ने क्रम बढेकाले कम जनशक्तिले धान्न नसक्ने अवस्थाबाट वेबसाइटले मुक्ति दिने उनले बताए।

व्यवसायीले ढिला हुँदा तिर्नु पर्ने धेरै जरिवाना, वकिललाई लाग्ने दस्तुर र तथा कम्पनी दर्ताका नाममा हुने घुसखोरी नियन्त्रणमा पनि वेवसाइटको कार्य संचालनले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'वेबसाईटको राम्रो अध्ययन गरी बढीभन्दा बढी व्यवसायिक फाइदा लिनुस्', इन्जिनियर देवानले भने- 'प्राविधिक युगमा व्यवसायिक क्षेत्र यस प्रक्रियामा जानैपर्छ।'

वेबसाइटमार्फत् काम गर्दा हरेक कम्पनीको गोप्यता कायम रहने विश्वास दिलाउँदै उनले ढुक्क भएर आफ्नै जिल्लाबाट काम गर्न आह्वान गरे।

अनलाईन सेवा शुरु भएको पाँच महिनामा करिब नौसय कम्पनी दर्ता भएका छन्। कम्पनी राजिष्ट्राको कार्यालयले अनलाइनमा पठाएका सामाग्रीको वास्तविक कागजपत्र पनि जिल्लाबाटै संकलन गर्न सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघहरुसँग सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ।

'कामको बढी चापका बिच हामीले काठमाण्डौ गएर समय खेर फाल्नु नपर्ने भएको छ', नेपाल उद्योग बाणिज्य महासंघ प्रवर्द्धन समितिका संयोजक दिनेश श्रेष्ठले भने- 'सरल र सहज रुपमा व्यवसायीलाई सेवा दिने कार्य थालनी भैसकेको छ।'

कार्यालयले दिने सुविधाको उपभोगका लागि अनलाइन सेवा सहज बाटो भएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए। जिल्लाका कम्पनीमा कुनै समस्या भए त्यसलाई गोप्य रुपमा समाधान गर्ने व्यवस्था पनि भए अझ राम्रो हुने सुझाव दिए।

सेयर बढेसँगै लाभकर उच्च

काठमाडौं- लगानीको वातावरणले गत वर्षदेखि अकासिएको सेयर कारोबारको प्रभाव पुँजीगत लाभकर असुलीमा देखिएको छ। आर्थिक वर्ष २०६९/०७० अघिका चार वर्षमा सेयर कारोबारमा लगानीको वातावरण नबन्दा लाभकर असुली बढ्न सकेको थिएन।...

‘जलविद्युत लगानीमा बाटो खुल्यो'

काठमाडौं-१८औं सार्क शिखर सम्मेलन भइरहँदा उद्योगी, व्यवसायीको ध्यान भने आर्थिक तथा व्यापारिक सम्झौतामा बढी केन्द्रित थियो। सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफबीचको ‘बढी ल्यांग्वेज'ले सबैको...

साताभित्र माटो प्रयोगशाला भ्यान सञ्चालनमा

साताभित्र माटो प्रयोगशाला भ्यान सञ्चालनमा

काठमाडौं-भारतले निःशुल्क उपलब्ध गराएको माटो प्रयोगशाला भ्यान आउने १९ गतेबाट औपचारिक सञ्चालनमा आउने भएको छ। १८औं सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रयोगशाला भ्यान नेपाललाई...

२६ वर्षदेखि औद्योगिक क्षेत्र विस्तार ठप्प

बुटवल-छब्बीस वर्षदेखि मुलुकमा साबिक औद्योगिक क्षेत्रको विस्तार र नयाँ स्थापना हुन सकेको छैन। औद्योगिक क्षेत्रको विस्तार तथा नयाँ स्थापनामा ध्यान नदिँदा मुलुकको औद्योगिकीकरणमा नकारात्मक प्रभाव परेको उद्योगी, व्यवसायीको भनाइ छ।

सार्क सदस्यबीच व्यापारमा झन्झटै झन्झट

काठमाडौं-नेपालबाट भुटानमा बियर, तयारी चाउचाउ, साबुन, जुस, धुप, हातेझोला लगायत वस्तु निकासी हुन्छ। त्यहाँ तरकारी, खाद्यान्न जस्ता वस्तुको बजार र माग दुवै राम्रो छ। तर नेपालले भुटानको मागअनुसार सामान पठाउन...

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

काठमाडौं–दिल्लीका बस यात्रुलाई बेलहियामा स्वागत

भैरहवा- नेपाल भारतबीच सरकारी स्तरबाटै काठमाडौं–दिल्ली रुटमा सञ्चालन गरिएको बसलाई बुधबार बेलहियामा स्वागत गरिएको छ। प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आ–आफ्नो झन्डा फहराएर सुरु गरेको बसलाई...

सीमा नराखी विदेशी लगानी नीति

काठमाडौं-उद्योग मन्त्रालयले लगानीको सीमा (थ्रेसहोल्ड) नराखी वैदेशिक लगानी नीतिको मस्यौदालाई अन्तिम रुप दिएको छ। मन्त्रालयले मन्त्रिपरिषदमा पेस गर्न ठिक्क पारेको मस्यौदामा विदेशीले नेपालमा लगानी गर्ने सीमा र नेपालीले विदेशमा लगानी...

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

साताभित्र सुनकोसी अस्थायी सञ्चालन

सिन्धुपाल्चोक-मांखा कान्ले पहिरोले क्षतिग्रस्त विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्र एक साताभित्र सञ्चालनमा आउने भएको छ। तत्कालका लागि अस्थायी रुपमा सञ्चालनमा ल्याउन लागिएको हो। झन्डै तीन महिनाअघि १०.०५ मेगावाट क्षमताको...