Monday 30 Bhadra, 2071 |
Menu

अर्थ

अनलाइन कम्पनी दर्ताले राजधानी धाउने झञ्झट हट्यो

(0 votes)

चितवन – कुनै पनि कम्पनी संचालन गर्न तथा त्यसका अन्य गतिविधिको कानुनी प्रक्रिया पूरा गर्न राजधानी धाउनु नपर्ने भएपछि चितवनका व्यवसायी तथा उद्योगी प्रशन्न बनेका छन्। सेवामूलक हुन् वा नाफामूलक जुनसुकै खालका कम्पनी दर्ता तथा नवीकरण गर्न महिनौ धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोरिरहेका व्यसायीहरुले सबै सेवा अनलाइनमार्फत नै पाउने भएका छन्।

कम्पनी ऐन रजिष्ट्रारको कार्यालयले आफ्नो वेबसाइटमार्फत् सबै सेवा जिल्ला जिल्लामा दिने भएपछि उनीहरु ढुक्क बनेका हुन्। जिल्लाबाटै काम गर्न पाउनु सुखद भएको भन्दै कम्पनीको बारेमा रहने जानकारी गोप्य रहन सक्ने ग्यारेन्टी भए अनलाइन सेवा प्रभावकारी बन्ने व्यवसायी मोहनचन्द्र पोखरेलले बताए।

'पाँच दिन काठमाडौं बस्ने त्यसपछि वरपर झुम्मिनेहरुलाई काम छिटो गर्न पैसा बुझाउनु पर्ने समस्या अनलाइन सेवाबाट हट्ला जस्तो छ' ,व्यवसायी राजेन्द्र श्रेष्ठले भने।

मंगलबार कार्यालयले आफ्ना वेवसाइटका बारेमा चितवनका व्यवसायी तथा कम्पनी दर्ता गर्न इच्छुकहरुलाई जानकारी समेत दिएको छ। कम्पनी दर्ता गर्न चाहने जो कोहीले पनि www.ocr.gov.np लग अन गरी त्यहाँ दिइएको प्रकियाअनुसार दर्ता गर्न सक्नेछन्।

'दर्ता गर्न के गर्नुपर्छ र कस्ता कस्ता कागजपत्र पेश गर्नुपर्छ सबै प्रक्रिया र आवश्यक कागजातको सूचि साइटमै छ', इन्जिनियर शरसजंग देवानले भने- 'आफ्ना कम्पनीका गतिविधी तथा प्रतिवेदन पनि सहजै पोष्ट गरेर जानकारी दिनसकिनेछ।'

पहिले युजर नेम बनाउने र कम्पनीको नाम खोज्ने उनले भने कसैको नाममा कम्पनी रहेनछ भने स्वीकृत भएको इमेल वेबसाइटले पठाउछ। त्यसपछि कम्पनीको नियमावली, नागरिकताको फोटोकपी सहितका आवश्यक सामाग्रीको डिजिटल कपी वेबसाइटबाटै पठाउन मिल्ने व्यवस्था गरिएको छ।

'अब काठमाडौं पुगेर कुर्नुपर्ने समस्या हट्ने मात्र हैन रजिष्ट्रार शंकर अर्यालले भने फाइल हराउने, व्यवस्थापन गर्ने काम पनि अनलाइनबाटै सहज हुनेछ।' दैनिक ५० सम्म कम्पनी दर्ता गर्ने क्रम बढेकाले कम जनशक्तिले धान्न नसक्ने अवस्थाबाट वेबसाइटले मुक्ति दिने उनले बताए।

व्यवसायीले ढिला हुँदा तिर्नु पर्ने धेरै जरिवाना, वकिललाई लाग्ने दस्तुर र तथा कम्पनी दर्ताका नाममा हुने घुसखोरी नियन्त्रणमा पनि वेवसाइटको कार्य संचालनले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'वेबसाईटको राम्रो अध्ययन गरी बढीभन्दा बढी व्यवसायिक फाइदा लिनुस्', इन्जिनियर देवानले भने- 'प्राविधिक युगमा व्यवसायिक क्षेत्र यस प्रक्रियामा जानैपर्छ।'

वेबसाइटमार्फत् काम गर्दा हरेक कम्पनीको गोप्यता कायम रहने विश्वास दिलाउँदै उनले ढुक्क भएर आफ्नै जिल्लाबाट काम गर्न आह्वान गरे।

अनलाईन सेवा शुरु भएको पाँच महिनामा करिब नौसय कम्पनी दर्ता भएका छन्। कम्पनी राजिष्ट्राको कार्यालयले अनलाइनमा पठाएका सामाग्रीको वास्तविक कागजपत्र पनि जिल्लाबाटै संकलन गर्न सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघहरुसँग सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ।

'कामको बढी चापका बिच हामीले काठमाण्डौ गएर समय खेर फाल्नु नपर्ने भएको छ', नेपाल उद्योग बाणिज्य महासंघ प्रवर्द्धन समितिका संयोजक दिनेश श्रेष्ठले भने- 'सरल र सहज रुपमा व्यवसायीलाई सेवा दिने कार्य थालनी भैसकेको छ।'

कार्यालयले दिने सुविधाको उपभोगका लागि अनलाइन सेवा सहज बाटो भएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए। जिल्लाका कम्पनीमा कुनै समस्या भए त्यसलाई गोप्य रुपमा समाधान गर्ने व्यवस्था पनि भए अझ राम्रो हुने सुझाव दिए।
गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालन

काठमाडौं-व्यवस्थापन र मजदुरबीच झन्डै तीन महिना लामो विवादपछि ललितपुरस्थित गोदावरी भिलेज रिसोर्ट पुनः सञ्चालनमा आएको छ। मजदुरले राखेका मागमध्ये तीनवटा पूरा गर्न व्यवस्थापन सहमत भएपछि रिसोर्ट खुलेको हो।

विद्युत महसुल १४ प्रतिशत बढ्दै

विद्युत महसुल १४ प्रतिशत बढ्दै

काठमाडौं- विद्युत महसुल निर्धारण आयोगका सदस्य १३.७ प्रतिशतसम्म महसुल बढाउन सहमत भएका छन्। आयोगको आइतबार बसेको बैठकमा यस्तो सहमति भएको हो। आयोग पदाधिकारी र सदस्यको तीनवर्षे कार्यकाल पूरा भइसकेकाले औपचारिक...

दोस्रो चिनियाँ जहाज कहिले?

दोस्रो चिनियाँ जहाज कहिले?

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याउन लागेको दोस्रो जहाज आउने मिति अझै अनिश्चित भएको छ। चीनले यसअघि दिएको मितिअनुसार जहाज गत असार ३० मा आउनुपर्थ्यो।

टेलिकमको वाइम्याक्स अफर

टेलिकमको वाइम्याक्स अफर

काठमाडौं- सुबिसु क्यान सफ्टटेक मेलामा नेपाल टेलिकमले ग्राहकका लागि विभिन्न प्याकेज ल्याएको छ। बिहीबारबाट सुरु भएको मेलामा दर्शकले वाइम्याक्सका विभिन्न अफरमा फाइदा लिनसक्ने टेलिकमले जनाएको छ।

मलेसियाबाट एक करोड १२ लाख क्षतिपूर्ति

मलेसियाबाट एक करोड १२ लाख क्षतिपूर्ति

काठमाडौं— मलेसियामा दुर्घटनामा परी घाइते भएका पर्वत बाजुङका प्रेमबहादुर रेग्मीले तीन लाख ७२ हजार पाँच मलेसियन रिंगेट (करिब एक करोड १२ लाख रुपैयाँ) क्षतिपूर्ति पाएका छन्।

'तेल चोर' छुटाउने हडतालमा निगमकै सहयोग

'तेल चोर' छुटाउने हडतालमा निगमकै सहयोग

काठमाडौं— 'तेल चोर' लाई नपक्रन दबाब दिँदै पेट्रोलियम ढुवानी व्यवसायीले गरेको हडताललाई आयल निगमले नै सघाउ पुर्‍याएको पाइएको छ। गैरकानुनी माग राखेर हडतालमा उत्रिएका व्यवसायीलाई कारबाही गर्नुको साटो निगमले हडताल...

क्यान सफ्टेक आजबाट

क्यान सफ्टेक आजबाट

काठमाडौं- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्दै आएको सफ्टेक मेलाको सातौं संस्करण आज (बिहीबार) सुरु हुँदैछ। चार दिनसम्म चल्ने मेलाको मुख्य प्रायोजक सुबिसु रहेको क्यानले जनाएको छ।

आइफोन सिक्स सार्वजनिक

आइफोन सिक्स सार्वजनिक

काठमाडौं– एप्पलले मंगलबार बहुप्रतीक्षित आइफोन सिक्स सार्वजनिक गरेको छ। नेपाली समयअनुसार मंगलबार राति पौने ११ बजे आयोजना गरिएको एक समारोहमा एप्पलको नयाँ स्मार्टफोन आइफोन सिक्स, आइ वाच र नयाँ अपरेटिङ...