Monday 3 Kartik, 2071 |
Menu

अर्थ

अनलाइन कम्पनी दर्ताले राजधानी धाउने झञ्झट हट्यो

(0 votes)

चितवन – कुनै पनि कम्पनी संचालन गर्न तथा त्यसका अन्य गतिविधिको कानुनी प्रक्रिया पूरा गर्न राजधानी धाउनु नपर्ने भएपछि चितवनका व्यवसायी तथा उद्योगी प्रशन्न बनेका छन्। सेवामूलक हुन् वा नाफामूलक जुनसुकै खालका कम्पनी दर्ता तथा नवीकरण गर्न महिनौ धाउनुपर्ने र अनावश्यक झन्झट व्यहोरिरहेका व्यसायीहरुले सबै सेवा अनलाइनमार्फत नै पाउने भएका छन्।

कम्पनी ऐन रजिष्ट्रारको कार्यालयले आफ्नो वेबसाइटमार्फत् सबै सेवा जिल्ला जिल्लामा दिने भएपछि उनीहरु ढुक्क बनेका हुन्। जिल्लाबाटै काम गर्न पाउनु सुखद भएको भन्दै कम्पनीको बारेमा रहने जानकारी गोप्य रहन सक्ने ग्यारेन्टी भए अनलाइन सेवा प्रभावकारी बन्ने व्यवसायी मोहनचन्द्र पोखरेलले बताए।

'पाँच दिन काठमाडौं बस्ने त्यसपछि वरपर झुम्मिनेहरुलाई काम छिटो गर्न पैसा बुझाउनु पर्ने समस्या अनलाइन सेवाबाट हट्ला जस्तो छ' ,व्यवसायी राजेन्द्र श्रेष्ठले भने।

मंगलबार कार्यालयले आफ्ना वेवसाइटका बारेमा चितवनका व्यवसायी तथा कम्पनी दर्ता गर्न इच्छुकहरुलाई जानकारी समेत दिएको छ। कम्पनी दर्ता गर्न चाहने जो कोहीले पनि www.ocr.gov.np लग अन गरी त्यहाँ दिइएको प्रकियाअनुसार दर्ता गर्न सक्नेछन्।

'दर्ता गर्न के गर्नुपर्छ र कस्ता कस्ता कागजपत्र पेश गर्नुपर्छ सबै प्रक्रिया र आवश्यक कागजातको सूचि साइटमै छ', इन्जिनियर शरसजंग देवानले भने- 'आफ्ना कम्पनीका गतिविधी तथा प्रतिवेदन पनि सहजै पोष्ट गरेर जानकारी दिनसकिनेछ।'

पहिले युजर नेम बनाउने र कम्पनीको नाम खोज्ने उनले भने कसैको नाममा कम्पनी रहेनछ भने स्वीकृत भएको इमेल वेबसाइटले पठाउछ। त्यसपछि कम्पनीको नियमावली, नागरिकताको फोटोकपी सहितका आवश्यक सामाग्रीको डिजिटल कपी वेबसाइटबाटै पठाउन मिल्ने व्यवस्था गरिएको छ।

'अब काठमाडौं पुगेर कुर्नुपर्ने समस्या हट्ने मात्र हैन रजिष्ट्रार शंकर अर्यालले भने फाइल हराउने, व्यवस्थापन गर्ने काम पनि अनलाइनबाटै सहज हुनेछ।' दैनिक ५० सम्म कम्पनी दर्ता गर्ने क्रम बढेकाले कम जनशक्तिले धान्न नसक्ने अवस्थाबाट वेबसाइटले मुक्ति दिने उनले बताए।

व्यवसायीले ढिला हुँदा तिर्नु पर्ने धेरै जरिवाना, वकिललाई लाग्ने दस्तुर र तथा कम्पनी दर्ताका नाममा हुने घुसखोरी नियन्त्रणमा पनि वेवसाइटको कार्य संचालनले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'वेबसाईटको राम्रो अध्ययन गरी बढीभन्दा बढी व्यवसायिक फाइदा लिनुस्', इन्जिनियर देवानले भने- 'प्राविधिक युगमा व्यवसायिक क्षेत्र यस प्रक्रियामा जानैपर्छ।'

वेबसाइटमार्फत् काम गर्दा हरेक कम्पनीको गोप्यता कायम रहने विश्वास दिलाउँदै उनले ढुक्क भएर आफ्नै जिल्लाबाट काम गर्न आह्वान गरे।

अनलाईन सेवा शुरु भएको पाँच महिनामा करिब नौसय कम्पनी दर्ता भएका छन्। कम्पनी राजिष्ट्राको कार्यालयले अनलाइनमा पठाएका सामाग्रीको वास्तविक कागजपत्र पनि जिल्लाबाटै संकलन गर्न सम्बन्धित जिल्लाका उद्योग बाणिज्य संघहरुसँग सहकार्य गर्ने तयारी गरिरहेको जनाएको छ।

'कामको बढी चापका बिच हामीले काठमाण्डौ गएर समय खेर फाल्नु नपर्ने भएको छ', नेपाल उद्योग बाणिज्य महासंघ प्रवर्द्धन समितिका संयोजक दिनेश श्रेष्ठले भने- 'सरल र सहज रुपमा व्यवसायीलाई सेवा दिने कार्य थालनी भैसकेको छ।'

कार्यालयले दिने सुविधाको उपभोगका लागि अनलाइन सेवा सहज बाटो भएको उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष डा.तिलचन्द्र भट्टराईले बताए। जिल्लाका कम्पनीमा कुनै समस्या भए त्यसलाई गोप्य रुपमा समाधान गर्ने व्यवस्था पनि भए अझ राम्रो हुने सुझाव दिए।

नेपाली ठग्ने भारतीय एजेन्ट कारबाहीमा

काठमाडौं- नेपाल प्रहरीको लागि ल्याएको सामान जाँचपास प्रक्रियामा ठग्ने भारतीय कम्पनीकारबाहीमा परेको छ। कोलकातास्थ्ति नेपाली महावाणिज्यदूतावासले नेपाल प्रहरीको सामान ल्याउँदा ठगेको आरोपमा कोलकाताको रसेल स्ट्रिटस्थित शुभम इन्टरप्राइजेजलाई कारबाही गरेको हो।...

बैंकले खाइदियो ग्राहकको पाँच करोड

बैंकले खाइदियो ग्राहकको पाँच करोड

काठमाडौं-राजधानीको झोंछेस्थित न्यु एसिया प्यासिफिक ट्रेडर्सका सञ्चालक विश्वनाथ अग्रवाल त्यतिखेर छाँगाबाट खसेझैं भए, जब एचएन्डबी डेभलपमेन्ट बैंकमा रहेको आफ्नो खाताबाट झन्डै ५ करोड रुपैयाँ गायब भएको थाहा पाए।

पर्यटक बढे, व्यापार घट्यो

पर्यटक बढे, व्यापार घट्यो

पर्वत-अन्नपूर्ण पदयात्रामा जाने पर्यटक बढे पनि वीरेठाँटी क्षेत्रका होटलको व्यापार ओरालो लागेको छ। पोखरा हुँदै आउने पर्यटक वीरेठाँटी नझरी सवारी साधनमा सिधै ताम्ले पुगेपछि व्यापार घटेको हो।‘गत वर्षभन्दा पर्यटक निकै...

कस्ता छन् एप्पलका सबैभन्दा पातला आइप्याड?

कस्ता छन् एप्पलका सबैभन्दा पातला आइप्याड?

लन्डन— एप्पलले आइप्याड एयर टु र आइप्याड मिनी थ्री दुई नयाँ ट्याब्लेट छिटै बजारमा ल्याउँदैछ। विश्वको सबैभन्दा महँगो ब्रान्डको रुपमा स्थान जमाएको एप्पलकाअनुसार यी दुवै ट्याब अहिलेसम्मका सबैभन्दा पातला हुनेछन्।

माथिल्लो त्रिशूली–१ को म्याद थप्याथप्यै

माथिल्लो त्रिशूली–१ को म्याद थप्याथप्यै

काठमाडौं-दुई वर्षअघि करारमा दिइएको दुई सय १६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको अनुमतिपत्र म्याद सरकारले निरन्तर थप्दै आएको छ। करार सम्झौताअनुसार प्रवर्द्धक कम्पनीले सम्पूर्ण प्रक्रिया पूरा गरे पनि सरकारले आयोजना विकास...

तरकारी महँगियो

तरकारी महँगियो

काठमाडौं-तिहारको मुखमा राजधानीका बासिन्दाको भान्सा महँगिएको छ। एक महिनाको अवधिमा केही तरकारीको भाउ दोब्बरभन्दा माथि पुगेको छ। खुद्रा बजारमा रातो आलुको भाउ प्रतिधार्नी दुई सय रुपैयाँ र गोलभेंडा प्रतिकिलो सय...

पर्यटकीय गन्तव्यमा धमाधम नयाँ होटल

पर्यटकीय गन्तव्यमा धमाधम नयाँ होटल

पोखरा/ चितवन-लामो समय ट्राभल एजेन्सी चलाएका पर्यटन व्यवसायी बासु त्रिपाठीले लेकसाइडमा होटल खोलेका छन्। पर्यटन क्षेत्रमा सम्भावना देखेर होटल खोल्ने निर्णय गरेको उनले बताए। उनले लेकसाइडमा तीन करोड रुपैयाँभन्दा बढीको...

देशभरका विमानस्थलमा निषेधित क्षेत्र तोकियो

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रियसहित मुलुकभरका विमानस्थलका लागि निषेधित क्षेत्र तोकेको छ। यसबाट विमानस्थल सुरक्षामा उल्लेख्य मद्दत पुग्ने अनुमान सरकारले गरेको छ।